पोखरा, १५ माघ। सुनचाँदी व्यवसायी संघ कास्की र व्यापार तथा निकासी प्रवद्र्वन केन्द्र पुल्चोक ललितपुरले संयुक्त रुपमा आयोजना गरेको परम्परागत गरगहना बनाउने तालिम आइतबार सकिएको छ।
परम्परागत गरगहना बनाउन सक्ने दक्ष जनशक्ति अभाव भएकाले तालिम आयोजना गरिएको हो। तालिमपछि गरगहना बनाउनका लागि विदेशबाट कालिगढ ल्याउनु पर्ने अवस्था अन्त्य हुने व्यवसायीको अपेक्षा छ। एक महिनासम्म सञ्चालन हुने तालिममा ३५ जना सहभागी थिए।
तालिममा वरिष्ठ कालिगढ दीपक सुनार, सुरेन्द्र बिक, हर्कबहादुर बिक, रञ्जनकुमार बुद्वाचार्य र दीपक घिमिरेले सहजिकरण गरेका थिए।
तालिम समापनमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै व्यापार तथा निकासी प्रवद्र्वन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सुनचाँदी व्यवसायीका समस्या समाधान गर्न पहल गर्ने बताए।
उनले कालिगढका लागि तालिम आवश्यक रहेको बताउँदै यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
त्यस अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य दुर्गाबहादुर सुनार, संघका सल्लाहकार कृष्णमान लाभाजु, स्वर्णकार कल्याण समिति कास्कीका अध्यक्ष भुवन लोहनी, प्रशिक्षक सुरेन्द्र बिकले तालिमको आवश्यकता र महत्वबारे बोलेका थिए।
सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजेशमान बुद्वाचार्यले धन्यवाद ज्ञापन र महासचिव मनबहादुर लाम्गादेले सञ्चालन गरेका थिए।१५
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं