पोखरा, १३ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित युवा टोल सुधार समिति कुँडहरको शनिवार सम्पन्न चौथो साधारणसभा तथा प्रथम अधिवेशनले आगामी तीन वर्षका लागि विकास श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा सावित्रि कोइराला, सचिवमा सुरज भण्डारी, सहसचिवमा विवेक श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष नेपाली छन्। सदस्यमा पूर्णकला घर्ति, राजेश विक, उत्तम श्रेष्ठ, सन्देश थापा, प्रतिक श्रेष्ठ, सुरेन्द्र सुनार, सोममाया श्रेष्ठ र मञ्जु रानाभाट छन्।
साधारणसभाले सचिव सुरज भण्डारीले प्रस्तुत गरेको वार्षिक र सदस्य शारदा भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।
यसअघि साधारणसभाको उद्घाटनगर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले युवा टोल सुधार समिति कुँडहरले छोटो समयमा नै राम्रो काम गरेका कारण सवैको प्रशंसा पाएको उल्लेख गरे।
संस्थाका सल्लाहाकार योगेन्द्रमान श्रेष्ठले समाज सुधारको अभियान चलाउने संस्थालाई साथ दिनु सबैको कर्तव्य भएको बताए।
त्यसअवसरमा सल्लाहाकार किरणराज घिमिरे, राजेन्द्र भण्डारी, नवीन सिग्देल, पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का पूर्व वडाध्यक्ष नारायण गुरुङ, वीपी मार्ग आमा समूहकी अध्यक्ष मिना श्रेष्ठ, सचिव सिता कोइरालाले बोलेका थिए।
युवा टोल सुधार समिति कुँडहरका अध्यक्ष रामकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शारदा भण्डारीले स्वागत र सचिव सुरज भण्डारीले संचालन गरेका थिए।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं