पोखरा, ११ माघ। माओवादी द्वन्द्वकालमा भएका दुःखद् घटनामध्य दर्दनाक घटनाको रुपमा लिइन्छ चितवनको बाँदरमुढे घटना। घटना भएको १२ वर्षभन्दा बढी समय भयो तर त्यसले दिएको पीडा ताजै जस्तो लाग्छ। सो घटनामा झण्डै एक सय ५० यात्रु बोकेको यात्रुबाहक बसलाई विद्युतिय धरापमा पारिएको थियो।
२०६२ साल जेठ २३ गते यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको मृत्यू भएको थियो। घटनाका पीडितले पटक पटक राज्यसँग न्याय मागिरहेपनि अहिलेसम्म सुनुवाई हुन सकिरहेको छैन।
घटना घटेको १२ वर्षभन्दा बढि समयपछि सरकारले सो दुःखद घटनामा मारिएकालाई सहिद घोषणा गर्ने तयारी गरिरहेको समाचार प्राप्त भएको छ।
आज साँझ बस्ने मन्त्रीपरिषद् बैठकमा चितवन घर भएका वनमन्त्री विक्रम पाण्डेले सो घटनाका मृतकलाई सहिद घोषणा गर्नका लागि प्रस्ताव लैजाने बताइएको छ। सम्भवत् मन्त्रीपरिषद्ले सो प्रस्ताव पारित गर्ने छ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं