निकुञ्ज तिवारी
पोखरा, ११ माघ। २५ वर्ष अगाडि नेपालीका लागि नेपाली भन्दै दक्षिण कोरियामा स्थापना गरिएको नेपाली सम्पर्क समिति (एनसिसि) स्थापना गर्दाको क्षण पोखरामा सम्झिएको छ ।
नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाको सबैभन्दा पुरानो संस्था हो । स्थापनाकालीन २२ सदस्यमध्य ५ जना पोखरेली रहेका र उनीहरुको उपस्थितिमा पोखरामा एक कार्यक्रम गरी सुरुका दिनमा कोरियामा राजदुतावास नहुँदाका पीडा र नेपालीले पाएको दुखका कारण एनसिसिको स्थापना गरिएको बताएका थिए ।
स्थापनाकालीन सदस्य निरज थापाले कोरियाले चरम विकासमा फड्को मार्न सुरु गर ेलगत्तै केही नेपालीहरु विभिन्न माध्ययमबाट दक्षिण कोरिया गएका र उनीहरुले त्यहाँ पाएको दुख, पीडा र भोगाइ आदनप्रदान गर्ने हेतुले एनसिसिको जन्म भएको बताए ।
उनले एनसिसिको स्थापना भएपछि कोरियामा ज्यान गुमाएका कास्की सिक्लेसका चन्द्रसिंह गुरुङका एक अपाङ्ग छोरालाई विभिन्न संस्थासंग हातेमालो गर्दै आर्थिक सहयोग गर्दै आएको र उनलाई सहयोग गर्न अनुरोध गरे ।
त्यस्तै अर्का सदस्य शिवजी कोइरालाले स्थापनाका केहि साथीहरु मिलेर पोखरामा केहि योजना संचालन गरेको जानकारी दिदैं कोरियामा आर्जन गरेको ज्ञान, सीप र अर्थलाई आफ्नै देशमा लगानी गर्न सके नेपाल नै कोरिया हुने विचार राखे । कोरियाबाट फर्केर नेपालमा राम्रो प्रगती गरेका केहि उदाहरण प्रस्तुत गरेका थिए ।
अर्का सदस्य कृष्णप्रसाद अधिकारीले कोरियामा सुरुका दिनमा पाएको कष्ट र दुखको सम्झना गर्दै कोरियामा आर्जन गरेको ज्ञान, सीप र अर्थलाई आफ्नै गाउँठाउँमा लगानी गर्नुपर्नेमा जोड दिए ।
कोरियाबाट फर्केर पोखरामा विश्वमैत्रि भाषा स्कुल संचालन गरेका यम जोशी र सिएम गुरुङ, बाराही टिसर्टका संचालक विजय साही, डिभिलेज रेष्टुरेण्टका संचालक कृष्ण पौडेल, पत्रकार निकुञ्ज तिवारी, तिलक थापा, लक्ष्मण क्षेत्री, देबीन्द्र पुन, सावित्रि गुरुङ पुन, उमाकान्त पराजुली, शक्तिमान गुरुङलगायतले कोरियाका अनुभव आदानप्रदान गरेका थिए ।
त्यस्तै, स्थापनाकालिन सदस्यमध्यका एक हाल अमेरिकामा रहेका भुपेन्द्र गिरीले फोनबाट एनसिसिलाई शुभकामना दिएका थिए ।
उक्त भेलाले आगामी दिनमा कोरियाबाट फर्केकाहरुको भेला आयोजना गर्ने र केही विकास र सामाजिक कार्यमा हातेमालो गर्ने निर्णय गरेको छ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं