पोखरा, ९ माघ । चर्चित लोकदोहोरी गायिका ज्योती मगरमाथि लोक संगीतमा विकृति निम्त्याएको आरोप लाग्नु नौलो होइन। जतिसुकै आलोचना गरिएपनि उनले आफ्नो रफ्तार रोकेकी छैनन्। उनलाई निषेध गर्ने रे भन्ने सुन्दा पनि अचम्म नै लाग्ला, तर कुरा साचो नै हो।
लेखनाथ उद्योग वाणिज्य संघले आगामी माघ ११ गतेदेखि २२ गते सम्म गर्न लागेको प्रादेशिक औद्योगिक व्यापार मेलामा लोकदोहोरी गायिका ज्योती मगर जस्ता कलाकारलाई निषेध नै गर्ने जनाएको छ।
लेखनाथमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मेलामा उत्ताउलो पहिरनमा प्रस्तुत हुने ज्योती मगर जस्तालाई निषेध गरिने जानकारी दिइयो।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास एवम् समृद्धिको उद्देश्यका साथ मेला आयोजना गरिएकाले विकृती फैलाउने कलाकारलाई स्थान नदिइने स्पष्ट पारे।
विकृति फैलाउने कलाकारलाई प्रवेश नदिने भन्ने वित्तिकै पत्रकारले ज्योती मगरका बारेमा प्र्रश्न सोधे। प्र्रश्नको जवाफमा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले यसो भने – ‘ज्योती मगर जस्ता कलाकारलाई प्रवेश दिदैनौ।’
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं