पोखरा, ८ माघ । बैदाम तामाङ्ग सेवा समाजले आयोजना गरेको पाँचौँ मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जितेकी छन् ।
२८५४ औं सोनाम ल्होसारको अवसरमा पोखरा सभागृहमा भएको ग्राण्ड फिनालीमा १५ जना प्रतिष्पर्धीलाई पछिपार्दै तामाङ उपाधि जित्न सफल भएकी हुन् । उनले उपाधि सहित नगद ३० हजारको साथमा क्राउन, ट्रफी प्राप्त गरेकी छिन् । कविताले मिस ट्यालेण्टको सबटाईटल पनि जित्न सफल भईन् ।
त्यसैगरी, फष्ट रनरअप काठमाण्डौँ स्वयम्भुकी सुस्मिता गोले तामाङ र सेकेण्ड रनरअप लेकसाईडकी अमिता लामा भईन् । उनीहरु दुवैले क्रमशः नगद २० हजार र १५ हजारको साथमा क्राउन र ट्रफी प्राप्त गरे । सुस्मिताले फष्ट रनरअपको उपाधि सहित पब्लिक च्वईस र कन्फिडेण्टको सबटाईटल पनि प्राप्त गरिन् भने अमिताले सेकेण्ड रनरअप सहित फोटो जेनिकको सबटाईटल प्राप्त गरिन् ।
प्रतियोगितामा भियोर च्वईसको उपाधि लालीगुराँसटोलकी सोनी तामाङ्गले प्राप्त गरिन् । उनले नगद १० हजार सहित क्राउन र ट्रफी प्राप्त गरिन् । साथै उनले ब्यूटी विथ प्रपोज सबटाईटल पनि प्राप्त गरिन् ।
मालेपाटनकी निलम तामाङ मिस कल्चर, काठमाण्डौँ बालाजुकी मोनिका तामाङ मिस फ्रेण्डली, नयाँबजारकी ओमिशा घिसिङ मिस बेष्ट स्किन, याम्दीकी लक्ष्मी गोम्जा तामाङ वेष्ट हेयर, रत्नचोककी शसी तामाङ्ग मिस ब्यूटीफूल, मालेपाटनकी बिष्णु मोक्तान मिस डिसिप्लिन, सिम्पानीकी सोनाम बम्जन बेष्ट स्माईल, फुलबारीकी सुस्मिता तामाङ्ग बेष्ट वाक, लालीगुराँसटोलकी पनिता तामाङ मिस अर्गनाइजर च्वईस, लेकसाइडकी इशिका तामाङ बेष्ट पर्सनालिटी, मालेपाटनकी सेलिना मोक्तानले बेष्ट पर्फमरको सबटाईटल प्राप्त गरे ।
युवा पिंढीलाई तामाङ्ग संस्कृति र संस्कार बारे जानकारी दिनुका साथै तामाङ्ग समुदायका युवतीहरुको व्यक्तित्व र नेतृत्व क्षमता अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । प्रतियोगितामा पोखरा, काठमाण्डौं तथा देशका बिभिन्न भागबाट तामाङ्ग समुदायका १५ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।
उक्त अवसरमा बैदाम तामाङ्ग सेवा समाजलाई लामो समयदेखि सहयोग गर्दै आएका नेपाल तामाङ घेदुङ प्रदेश नं. ४ का अध्यक्ष दिपक वाईवालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ संघका केन्द्रिय अध्यक्ष मोहन गोलेले तामाङ जातिको संस्कृति संरक्षणको लागि युवापिढी लाग्नुपर्नेमा जोड दिए ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं