पोखरा,६ माघ। नेपाल निर्माण व्यवसायी महासंघले इन्धन तथा प्रमुख निर्माण सामाग्रीमा अप्राकृतिक तथा अप्रत्याशित मूल्यवृद्धि गरेको भन्दै गम्भिर ध्यानाकर्षण जनाएको छ ।
देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको यस्तो मूल्यवृद्धि अविलम्ब विना शर्त फिर्ता हुनुपर्ने महासंघले पोखरामा पत्रकार सम्मेलन गरी माग गरेको छ ।
महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले पत्रकारमाझ पाँच बुँदे मागबारे जानकारी गराउँदै निर्वाचन अघि र पछि छडको मूल्यमा १८ रुपैंयासम्म मूल्यवृद्धि, सिमेन्टमा २ सय, अलकत्रामा प्रतिकेजी १० रुपैंयासम्म वृद्धि गरिएकोमा १५ गतेभित्र फिर्ता लिन आग्रह गरे ।
‘हाल निर्माण व्यवसायीहरुबाटै विकास बजेटको लगभग ६० प्रतिशत रकम खर्च हुँदै आएको छ भने कृषि पछिको सबै भन्दा बढी लगभग ११ लाखलाई रोजगारी पनि यसै व्यवसायले दिँदै आएको छ ।’– अध्यक्ष श्रेष्ठले भने– ‘राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिँदा दिँदै पनि निर्माण व्यवसायीहरु राज्यबाटै पीडित छन् ।’ उनले राज्यबाट संचालित भई सम्पन्न भइसकेका परियोजनाहरुको निर्माण कार्य बापतको भुक्तानी प्राप्त नहुँदा देशभरका व्यवसायीहरु अत्यन्त ठूलो मारमा परेको समेत जनाए ।
महासंघका अनुसार ४० देखि ४२ अर्ब रकम राज्यबाट प्राप्त हुन सकेको छैन । अर्थमन्त्रालयले ७ अर्ब हाराहारीमा मात्र दिने तयारी गरेको महासचिव रामशरण देउजाले जानकारी दिए । उनले मूल्यवृद्धि फिर्ता र राज्यले भुक्तानी नगरे महासंघ कडा आन्दोलनमा उत्रन बाध्य हुने बताए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं