पोखरा, ५ माघ। पोखरामा हुन लागेको मिस तामाङ्ग पोखराको अन्तिम प्रतिस्पर्धा माघ ६ गते शनिवार हुदैछ ।
बैदाम तामाङ्ग सेवा समाजको आयोजनामा प्रतियोगिता हुन लागेको हो । युवा पिंढीलाई तामाङ्ग संस्कृति र संस्कार बारे जानकारी दिनुका साथै तामाङ्ग समुदायका युवतीहरुको व्यत्तित्व र नेतृत्व क्षमता अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए ।
समाजले हरेक बर्ष ल्होसारको अवसरमा ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा गर्दै आएको छ । ६ गते शनिबार पोखरा सभागृहमा हुने प्रतियोगितामा पोखरा, काठमाण्डौं तथा देशका बिभिन्न भागबाट तामाङ्ग समुदायका १५ जना सहभागिहरु प्रतिस्पर्धा गर्दैछन ।
सहभागिहरुमा सुस्मिता लामा गोले स्वयम्भु काठमाण्डौ, सोनाम बम्जन सिम्पानी पोखरा, अनिता लामा लेकसाइड, इशिका तामाङ्ग लेकसाइड, सुस्मिता तामाङ्ग फुलबारी, लक्ष्मी तामाङ्ग याम्दी, शसी तामाङ्ग रत्नचोक, ओमिसा लामा नयाबजार, पनिता तामाङ्ग, सोनी तामाङ्ग लालिगुरास टोल, कविता लामा योन्जन रामेछाप, मोनिका तामाङ्ग बालाजु काठमाण्डौ, विष्णु मोक्तान, सेलिना मोक्तान, निलम तामाङ्ग मालेपाटन रहेका छन् ।
पोखरा सभागृहमा हुने अन्तिम प्रतिस्पर्धामा प्रथम नेपाल आइडल बुद्ध लामालाई सम्मान गरिने छ । कार्यक्रममा गायक अभिनाश घिसिङ्ग ,सोनिका लामा के.सी लगायत राष्ट्रिय ख्यातीप्राप्त कलाकारको प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य रहने छन् ।
कार्यक्रमको उद्देश्य पोखराको लेकसाईडमा निर्माणाधिन रिन्छिन तोर्जेत शान्ति गुम्बालाई सहयोग गर्ने रहेको छ ।
– सिमा गुरुङ(विद्यार्थी पत्रकार)
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं