एचआइभी तथा लागु औषध नियन्त्रण कार्यक्रमको दिगो व्यवस्थापनका लागि पहल

एचआइभी तथा लागु औषध नियन्त्रण कार्यक्रमको दिगो व्यवस्थापनका लागि पहल

DSC00494

पोखरा, १ माघ। पश्चिम क्षेत्र एचआइभी एड्स सञ्जालले एचआइभी तथा लागु औषध नियन्त्रणका लागि संचालित कार्यक्रमको दिगो व्यवस्थापनका लागि पहल थालेको छ।

दातृ निकायको सहयोग सकिएपछि संचालित कार्यक्रमहरुलाई अलपत्र पर्न नदिन त्यस्तो पहल थालिएको हो। पहल स्वरुप सञ्जालले पोखरामा एचआइभी र लागु औषध नियन्त्रणका लागि कार्यरत संघसंस्था र सरोकारवालवीच छलफल गरेको छ। छलफलमा सरकारी तथा गैरसरकारी संस्थाका २५ जना सहभागि थिए।

छलफलले स्थानीय सरकारसँग समन्वय गरी दिगो व्यवस्थापनका लागि एक समिति गठन गर्ने निर्णय गरेको सञ्जालका अध्यक्ष विश्वमोहन गौचनले जानकारी दिए। पोखरामा एचआइभी नियन्त्रणका लागि डेढ दर्जन बढि संघ संस्थाले काम गरिरहेका छन्।

पोखरामा कति एचआइभी संक्रमित छन् भन्ने एकिन नभएपनि झण्डै एक हजार पाँच सय संक्रमित रहेको अनुमान गरिएको छ। पोखरामा हाल ६ सयभन्दा बढि संक्रमितले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट नियमित निःशुल्क रुपमा एन्टि रेट्रो भाइरल(जीवन लम्ब्याउने औषधी)सेवन गरिरहेका छन्।

त्यस्तै, कास्कीमा हाल तीन हजार दुई सय जनाले सुईबाट लागु औषध सेवन गरिरहेको र सात हजारभन्दा बढि लागु औषध प्रयोगकर्ता रहेको कम्युनिटी सपोर्ट ग्रुपका टिम लिडर नवीन तुलाचनले जानकारी दिए।

कार्यक्रममा  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले एचआइभी र लागु औषध नियन्त्रणका लागि सवै मिलेर लाग्नुपर्नेमा जोड दिए। उनले लागु औषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले महाअभियान नै संचालन गरिरहेको बताए।

पोखरा लेखनाथ महानगरपालिकाका स्वास्थ्य विभाग संयोजक हेमन्त शर्मा पौडेलले महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा. राजन शर्माले लागु औषधको बारेमा एउटै धारणा बनाउन जरुरी भएको औल्याए।

त्यसअवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका एकनारायण लम्साल, प्रहरी निरीक्षक रविन्द्र गुरुङ, बाल तथा महिला शशक्तिकरण समाज नेपालका अध्यक्ष रजनी कोइराला, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, एचआइभी एड्स संक्रमितहरुको राष्ट्रिय सञ्जाल कास्कीका संयोजक कुसुम बानु आलम, रिकभरिङ नेपाल कास्कीका अध्यक्ष शिव न्यौपाने, लागु औषध नियन्त्रण तथा समाज सुधार आमा समूहका अध्यक्ष विष्णु गुरुङले बोलेका थिए।

पश्चिम क्षेत्र एचआइभी एड्स सञ्जालका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दिलिप गुरुङले गरेका थिए।

सो कार्यक्रममा कम्युनिटी सपोर्ट ग्रुपद्वारा संचालित सुई तथा सिरिन्ज साटासाट कार्यक्रमका अधिकृत स्मिता पौेडेल र सुस्मिता पौडेलले तीन महिनाको प्रगती प्रतिवेदन पेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀