१२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी

१२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी

Pokhara Marathon Main

पोखरा, ३० पुस। भूतपर्व खेलाडी मञ्च नेपालले १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४ को तयारी सुरु गरेको छ ।

मञ्चले पोखरामा शनिवार पत्रकार सम्मेलन गरी फागुन ७ गते म्याराथन गर्न लागेको जनाएको छ। पोखरा म्याराथनलाई सुजल डेरी उद्योगको उत्पादन सफल दुधले दुई वर्षदेखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले प्रतियोगिताले पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गर्न तथा खेलकुद पर्यटन शहरको रुपमा विकास गर्न टेवा पु¥याउने उल्लेख गरे।
उनले पोखरालाई स्र्पोट्स टुरिज्मका रुपमा प्रवद्र्धन गर्न र वर्षको एक दिन शहरको उत्सवको रुपमा मनाउन पनि प्रतियोगिताले भूमिका खेल्ने विश्वास गरे।

पोखरामा धेरै भन्दा धेरै विदेशी खेलाडी भित्र्याउन यसबर्ष देखि मञ्चले नेपाल एड्भेन्चरस् स्र्पोट्स प्रालिसँग सम्झौता गरेको छ। पत्रकार सम्मेलनमा मञ्च अध्यक्ष गुरुङ र प्रालिका तर्फबाट निर्देशक शिखर पाण्डेले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै कम्पनीले पोखरा म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमा बजार प्रवद्र्धनको जिम्मेवारी पाएको छ।

सोही क्रममा स्थानीय बजार पवद्र्धन गर्न मञ्चले पोखराको ट्रेनर नेपालसँग सम्झौता गरेको छ । सम्झौतामा मञ्चका अध्यक्ष गुरुङ र कम्पनीका तर्फबाट पुजन कोइरालाले हस्ताक्षर गरे।

पोखरा म्याराथनमा यसवर्ष पुरस्कार राशीमा समेत बृद्वि गरिएको र केही क्याटोगरी पनि थपिएको छ। यसवर्ष प्रथम हुनेले नगद ७० हजार, दोश्रोले ४५ हजार, तेश्रोले ३० हजार, चौथोले सान्त्वना स्वरुप नगद पाँच हजार रुपैया प्राप्त गर्ने छन् ।

१० कि.मी. पुरुष–महिला दौडमा प्रथमले १५, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पाउँने छन । यसैगरी, पाँच किलोमिटर छात्र–छात्रामा प्रथमले १० हजार, दोश्रोले सात र तेश्रोले चार हजार पाउँने छन्।

प्रतियोगितामा चार सय मीटर ह्विल चेयर पुरुष–महिला र एक सय मिटर दृष्टिबिहिन दौड पनि समावेश गरिएको छ। ति क्याटोगोरीमा बिजेता प्रथम, दोश्रो र तेश्रोले क्रमशः नगद पाँच, तीन र दुई हजार पाउँने छन्। यस बाहेक मनोरञ्जन दौडका रुपमा करिव तीन हजार जनालाई ‘रन फर फन’ को रुपमा दौडाउने योजनामा रहेको अध्यक्ष गुरुङले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ५० हजार लाग्ने मञ्चका सदस्य एवंम प्रचार प्रसार संयोजक केशव पाठकले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
24 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.35
Indian Rupee 
Indian Rupee
85.18
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.22
US Dollar 
US Dollar
1
24 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀