सेनाका ओलम्पियन कमललाई स्वर्ण

सेनाका ओलम्पियन कमललाई स्वर्ण

Kamal Bahadur Adhikari of Nepal Army

पोखरा, २८ पुस । नेपाली सेनाका ओलम्पियन कमल बहादुर अधिकारीले राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत भएको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् ।

राष्ट्रिय किर्तिमानमा सुधार गर्ने उदेश्यले मैदानमा उत्रेका अधिकारीले स्वर्णमानै चित्त बुझाए । ७७ केजी तौलमा उनले स्नाचमा १२० केजी उचाले । यसमा उनकै नाममा १२२ केजीको किर्तिमान कायम छ । यस्तै क्लिन एण्ड जर्कमा उनले १५३ केजीका साथ कुलमा २७३ केजी भार बहनका साथ स्वर्ण हात पारेका हुन् ।

नेपाली सेनाकै यज्ञबहादुर सारुले स्नाचमा ९७ केजी र कुलमा २१२ केजी गरि रजत पाए भने क्लिनमा ११५ केजी मात्र उचाली प्रहरीका प्रेमप्रकाश भन्दा पछाडी रहंदै कास्य पाए । बैश्यले क्लिनमा ११८ केजी भार बहन गर्दै रजत पाए पनि स्नाचमा ९० केजी र कुलमा २०८ केजी गरि कास्य पाए ।

पोखराको उद्योग बाणिज्य संघको कभर्डहलमा भएको प्रतियोगिताको महिला ६३ केजी तौल समूहमा नेपाली सेनाकी मनिता श्रेष्ठले कुल १४० केजी भार बहन गर्दै स्वर्ण हात पारिन् । उनले स्नाचमा ६० र क्लिन एण्ड जर्कमा ८० केजी भार बहन गरेकी थिईन् ।

दोश्रो स्थानमा रहेकी सेनाकै सारदा चौधरीले १२८ केजीका साथ रजत पाईन् । चौधरीले स्नाचमा ५६ र क्लिन एण्ड जर्कमा ७२ केजी उचालिन् ।

महिलाकै ६९ केजीमा नेपाल प्रहरीकी राज्य लक्ष्मी थापाले स्नाचमा ६०, क्लिन एण्ड जर्कमा ८३ केजीका साथ कुल १४३ केजी भार बहनका साथ स्वर्ण हात पारिन् ।

सेनाकी उषा खड्काले स्नाचमा ५२ केजी, क्लिनमा ७० केजी र कुलमा १२२ केजी भार बहन गर्दै रजतमा खुम्चिईन् । प्रहरीकी जानकी बुढाले ११० केजी कुल भारका साथ कास्य पाईन् । उनले स्नाचमा ४५ केजी र क्लिनमा ६५ केजी उचालिन् ।

दक्षिण एशियाली खेलको लागि छनोट प्रतियोगिता समेत रहेको प्रतियोगिताको ७५ केजी तौल समूहमा नेपाल प्रहरीकी लक्ष्मी वनले १४२ केजी भार बहन गरिन् । उनले स्नाचमा ६२ र क्लिनमा ८० केजी भार बहन गर्दै स्वर्ण पदकमा आफ्नो नाम लेखाईन् । सेनाकी मनकुमारी कुमालले स्नाचमा ५८ र क्लिनमा ७६ केजी गरि कुलमा १३४ केजीका साथ रजत पाईन् ।

सप्तरीकी शान्ति चौधरीले १२५ केजीका साथ कास्य पाईन् । शान्तिले स्नाचमा ५५ र क्लिनमा ७० केजी उचालिन् । ९० केजी तौलमा एकल प्रतिस्पर्धा गरेकी नेपाल प्रहरीकी तारादेवी पुनले स्नाचमा ७०, क्लिनमा ९७ केजी गरि कुल १६७ केजीका साथ स्वर्ण हात पारिन् ।

पुरुषको ६२ केजी तौलमा नेपाली सेनाका राजु चौधरीले स्नाचमा ८६ र कुलमा १९३ केजी गरी दुई स्वर्ण पाए । क्लिनमा उनी नेपाल प्रहरीका मुई लामासंँग पछि परे । मुईले १०८ केज भार बहन गर्दै स्वर्ण पाए । क्लिनमा चौधरीले १०७ केजी उचाल्दै रजत पाए ।

स्नाचमा मुईले ८५ केजी र कुलमा १९३ केजी उचाल्दै रजत पाए । तेश्रो स्थानमा सशस्त्रका सुवाष कुमार शाहले १६३ केजीका साथ कास्य पाए । उनले स्नाचमा ७३ र क्लिनमा ९० केजी उचाले ।
६९ केजी तर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका विकास थापाले स्नाच र कुलमा स्वर्ण पाए । उनी क्लिनमा १२५ केजी भार बहन गर्दै बाँकेका प्रकाश के.सीसँंग पछाडी पर्दै रजतमा खुम्चिए ।

विकासले स्नाचमा ११२ र कुलमा २३७ केजी उचाले । प्रकाशले क्लिनमा १३० केजी उचाल्दै स्वर्ण पाए । तर प्रकाशले स्नाचमा १०६ र कुलमा २३६ केजीका साथ रजत पाए । यस्तै बाँकेका सुरज बैश्यले क्लिनमा १०५ र कुलमा १८० केजीका साथ दुई कास्य पाए । स्नाचमा कास्कीका धनबहादुर झाक्रीले ८० केजी भारका साथ कास्य पाए ।

भारोत्तोलनका नियमानुसार च्याम्पियनसिपमा स्नाच, क्लिन एण्ड जर्क र कुलमा गरि तीन पदक वितरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀