पुस्तकालय स्थापनापछि ….., ‘अव त पुस्तकालय बिना विद्यार्थी नै बाच्दैनन् कि जस्तो पो भएको छ।’

पुस्तकालय स्थापनापछि ….., ‘अव त पुस्तकालय बिना विद्यार्थी नै बाच्दैनन् कि जस्तो पो भएको छ।’

3

सरला भण्डारी

पहिला विद्यार्थी आकर्षित हुदैन कि भने लागेपनि अहिले अवस्था सोचेभन्दा बेग्लै भएको छ नरोदय मावि स्रोत केन्द्रका स्रोत व्यक्ति हिमलाल न्यौपानेले भने– ‘अव त पुस्तकालय बिना विद्यार्थी नै बाच्दैनन् कि जस्तो पो भएको छ।’

पोखरा, २७ पुस। सामुदायिक विद्यालयहरुमा संचालित पुस्तकालयप्रति आकर्षण बढ्दै गएको छ।

पुस्तकालयबाट शैक्षिकसँगै अतिरिक्त ज्ञान समेत पाउन थालेपछि विद्यार्थी, शिक्षक र समुदायको आकर्षण बढ्दै गएको हो।

पाहार ट्रष्ट नेपालले सामुदायिक विद्यालयमा संचालन गरेका पुस्तकालयबाट विद्यार्थी, शिक्षक र समुदायले लाभ लिइरहेका छन्।

शुरु शुरुमा पुस्तकालय संचालनगर्दा विद्यार्थी नै जादैनन् कि भन्ने चिन्ता नभएको भने होइन। तर विद्यालयमा पुस्तकालय संचालन गरेपछि सवैभन्दा बढि विद्यार्थी नै आकर्षित बने।

पहिला विद्यार्थी आकर्षित हुदैन कि भने लागेपनि अहिले अवस्था सोचेभन्दा बेग्लै भएको छ नरोदय मावि स्रोत केन्द्रका स्रोत व्यक्ति हिमलाल न्यौपानेले भने– ‘अव त पुस्तकालय बिना विद्यार्थी नै बाच्दैनन् कि जस्तो पो भएको छ।’

स्याङजाको अमरज्योती माविका निमित्त प्रधानाध्यापक सुदर्शन पौडेलले विद्यालयमा रहेको पुस्तकालयले विद्यार्थी र शिक्षकको पढ्ने बाँनीको विकास भएको बताए।

शिक्षकका लागि अतिरिक्त सामाग्री पनि उपलब्ध भएको छ,  समुदायपनि आकर्षित छ उनले भने – ‘पुस्तकालयमा ससाना बालबालिकाका लागि चित्र सहितका पुस्तक, खेलकुद सामाग्री हुदाँ उनीहरु पनि आकर्षित छन्।’

ट्रष्टले हालसम्म लमजुङमा सात, कास्कीमा १०, स्याङ्जामा १७, बाग्लुङ र तनहुँका एक÷एक विद्यालयमा पुस्तकालय संचालन गरिएकोमा कास्कीका ६, लमजुङको ७, तनहुँ र बाग्लुङको एक÷एक विद्यालयको पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरिएको छ। प्रत्यक पुस्तकालयका पाँचदेखि २० लाख रुपैयासम्म लगानी परेको छ।

 पुस्तकालय मात्र संचालनगर्दा थोरै र भवन सहित पुस्तकालय संचालनगर्दा बढि लगानी हुने गरेको छ। हालसम्म पाहार ट्रष्टले पुस्तकालयका लागि मात्रै तीन करोडभन्दा बढि लगानी गरिसकेको छ।

पाहार ट्रष्ट नेपालकी पुस्तकालय विकास अधिकृत बालकाशी गुरुङका अनुसार, सन् २०१६ मा विद्यालयमा संचालन गरिएका पुस्तकालयहरु एक लाख ३० हजार एक सय १० जनाले उपयोग गरे।

 ४३ हजार सात सय ३३ वटा पुस्तक पढ्नका लागि घर लगियो। पुस्तकालय उपयोग गर्नेमा ८९ प्रतिशत विद्यार्थी, आठ प्रतिशत शिक्षक÷शिक्षिका र तीन प्रतिशत समुदायका व्यक्ति छन्। जसमध्य ९४ प्रतिशत विद्यार्थी, चार प्रतिशत शिक्षक÷शिक्षिका र दुई प्रतिशत समुदायकाले पुस्तक घरमा लगेर अध्ययन गरेको तथ्यांक छ।

पाहार ट्रष्ट नेपालले केन ट्रष्ट युकेको आर्थिक सहयोगमा सन् २००९ अक्टुबरदेखि लमजुङको पसगाउँ ठाँटी माविबाट पुस्तकालय परियोजना शुरु गरेको थियो। हालसम्म ९९ जना शिक्षक÷शिक्षिकाहरुलाई पुस्तकालय व्यवस्थापन तालिम दिएको छ भने ७५ हजार दुई सय ४८ पुस्तक उपलव्ध गराएको छ। त्यस्तै, पुस्तकालयका लागि आवश्यक फर्निचर, कार्पेट लगायतका सामाग्री उपलब्ध गराएको छ।

पुस्तकालयप्रतिको आकर्षण बढेपछि पाहार ट्रष्टले सन् २०१८ मा १० वटा विद्यालयमा पुस्तकालय थप गर्न हौसिएको छ।

उसले कास्की, स्याङ्जा, म्याग्दीमा  पुस्तकालय थप गर्ने योजना तय गरेको हो। पाँच विद्यालयमा पुस्तकालय स्थापना गर्न र पाँच विद्यालयमा भवन सहित पुस्तकालय बनाउने जनाएको छ। त्यसका लागि झण्डै डेढ करोड लगानी गरिदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀