हात्ति सयर गरेर पोखरा महोत्सव हेर्न पाईने, को को आउनुहुन्छ ?

हात्ति सयर गरेर पोखरा महोत्सव हेर्न पाईने, को को आउनुहुन्छ ?

elephant

पोखरा, २६ पुस। पोखरामा पुस २७ देखि माघ ८ गतेसम्म हुन लागेको आठौं पोखरा महोत्सवको तयारी पूरा भएको छ।

आयोजक युनाइटेड क्लबले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जनाएको छ।महोत्सव पोखरा अमरसिंहचौरमा हुने छ।

 महोत्सवको सवै तयारी पूरा भएको छ क्लबका महासचिव राजु श्रेष्ठले भने – ‘विगतका वर्षहरुमा झै यसपटक पनि साथ र सहयोगको अपेक्षा गरेका छौं।’

 उनले पोखरा महोत्सवको आम्दानी समाजकै हितका लागि शिक्षा, स्वास्थ्य र पर्यटनमा खर्च गरिने भएकाले अरु महोत्सवभन्दा पोखरा महोत्सवले छुट्टै महत्व बोकेको दाबी गरे।

विगत आठ वर्षदेखि शिक्षा, स्वास्थ्य र पर्यटन विकासका लागिभन्दै क्लबले महोत्सव गर्दै आइरहेको छ। कला, संस्कृति, भेषभुषा संरक्षण, सूचना प्रविधि बारे सर्वसाधारणलाई जानकारी गराउँने, प्रतिभा प्रस्फुटन, विभिन्न उत्पादनको बजारिकरणमा सघाउने जस्ता उदेश्यले महोत्सव गर्न लागिएको हो।

महोत्सवमा कृषि, पर्यटन, अटो र विभिन्न उत्पादनसँग सम्वन्धीत दुई सय ३५ स्टल रहने छन्। महोत्सव अवधीभर दिउँसो विभिन्न कलाकारले सांस्कृतिक कार्यक्रम र साँझ लाइभ पप कन्सर्ट हुनेछ।

 प्रदेश स्तरीय लोक दोहारी गित प्रतियोगिता, बाल उद्यान, हस्तकला, औद्योगिक उत्पादन, कृषि – अटो मेला महोत्सवको आकर्षणका रुपमा रहने छन्।

यसपटक नयाँ आकर्षणका रुपमा हात्ति सयर कार्यक्रम थप गरिएको छ। महोत्सवमा आउँनेहरुले हात्ति सयर गरी मनोरञ्जन लिन सक्ने छन्। बुधबार साँझसम्म हात्ति पोखरा ल्याइसक्ने आयोजकको भनाइ छ।

महोत्सव झण्डै दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १२ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ। महोत्सवबाट एक करोड १४ लाख आम्दानी, ७९ लाख खर्च हुने र ३५ लाख बचत हुने अनुमान छ।

महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई ८० र विद्यार्थीलाई ५० रुपैयाको टिकट व्यवस्था गरिएको छ। प्रत्यक टिकट विक्रीको एक रुपैया सेती नदी संरक्षणका लागि प्रदान गरिनेछ।

युनाइटेड क्लबका अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत र महासचिव राजु श्रेष्ठले संचालन गरेका थिए।

क्लबकै पहलमा पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ मा चिडियाखानका लागि आवश्यक पुर्वाधार तैयार भैरहेको छ। महोत्सवको आम्दानीबाट चिडियाखानका लागि क्लबले ३५ लाख ८५ हजार हजार रुपैया खर्च गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
10 Dec · Rastra · USD/EUR
go Nepal Rastra bank
Ambien Online Pharmacy Check: 10 Dec 2025 00:45 UTC
Get Xanax Without Prescription Latest change: 09 Dec 2025 18:19 UTC
get link API: CurrencyRate
Zolpidem Price Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://vedentp.com/gallery/ Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.81
Indian Rupee 
Indian Rupee
89.84
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
156.15
US Dollar 
US Dollar
1
10 Dec · FX SourceRastra 
go to site Nepal Rastra bank
go to site Check: 10 Dec 2025 00:45 UTC
Buy Clonazepam Usa Latest change: 09 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀