पोखरा, २६ पुस। डा. गोविन्द केसी पक्राउको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भैरहेको छ।
उनको पक्राउको विरोधगर्दै चिकित्साक्षेत्रदेखि दलका नेता र स्वतन्त्र नागरिक समेत प्रदर्शनमा सहभागि भैरहेका छन्।
डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरी रातारात हिरासतमा राखेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा. केसीलाई गिरफ्तार गरेको प्रधानमन्त्री देउवाको गुनासो छ ।
राजधानीको माइतीघर मण्डला र पोखरामा पनि उनको रिहाईको मागगर्दै प्रदर्शन गरिएको छ।
विरोध प्रदर्शनमा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा र विवेकशील साझा पार्टीका रविन्द्र मिश्र लगायत सहभागि थिए।
विरोध प्रदर्शनमा सहभागि भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले डा. गोविन्द केसीलाई मानहानी मुद्दा लाग्छ भने सबैलाई लाग्नुपर्ने बताएका छन्।
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले डा. गोविन्द केसीको गिरफ्तारी सरकारका लागि लज्जाजनक भएको बताएका छन् ।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी १४ औ पटक अनशन बसेका थिए।
अनशन सुरु गरे लगत्तै सर्वाेच्च अदालतका न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले अवहेलना मुद्दामा केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
न्यायलयलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै अनशन शु्रु गर्नुअघि उनले भनेका थिए – ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन।’
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं