दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने

दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने

DSC00341(1)

पोखरा, २० पुस । दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने भएको छ ।

आयोजक एपी इन्टरटेनमेन्ट प्रालिले पोखरामा पत्रकार गरी कन्टेस्टको बारेमा जानकारी दिएको हो। कन्टेस्टका लागि आवेदन फाराम खुल्लागर्दैै देशव्यापी आवेदन आह्वान गरेको छ ।

नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित हस्पिटालिटी सेक्टरका व्यक्तिहरुले कन्टेस्टमा सहभागिता जनाउने छन्। अतिथि सत्कारको लागि पर्यटकीय होटल, रेस्टुरेन्ट बढि सम्बन्धित छन्। यो कन्टेस्टमा सोहि क्षेत्रसँग आबद्ध रहेका सबै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन्।

हस्पिटालिटी क्षेत्रमा आबद्ध हुनेहरुको लागि यो एउटा विशेष मञ्च हुने एपी इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए।

इभेन्टको पहिलो अडिसन पोखरामा माघ ७ गते हुनेछ भने दोस्रो अडिसन बुटवलमा माघ १३ गते हुनेछ । त्यस्तै पहिलो चरणको अन्तिम अडिसन काठमाण्डौमा हुनेछ । पहिलो चरणको अडिसनमा ८० जना प्रतिस्पर्धीले आवेदनदिने अनुमान गरिएको छ भने ३० जनालाई मात्रै अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिनेछ।

प्रतिस्पर्धीलाई पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरसिप तथा सेल्फमार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगायतका विषयमा प्रशिक्षण दिईनेछ।

बिजेतालाई दुबई र थाइल्याण्डको भ्रमणसँगै विभिन्न तारे होटलहरुमा जागिरको व्यवस्था गरिने छ।

त्यस्तै, भिडियो तथा फोटो सुटसँगै विभिन्न कम्पनीको विज्ञापन, फेशनशो, म्यूजिक भिडियो र म्यागजिनको कभरमा बिजेताहरुलाई ‘स्पेस’ दिईने आयोजकको भनाई छ।

विजेतालाई नगद २५ हजार, फस्ट रनरअपलाई १५ हजार र सेकेन्ड रनरअपलाई १० हजार रुपैयाँ नगद पनि प्रदान गरिने छ।

पत्रकार सम्मेलनमा अघिल्लो संस्करणमा पुरुषतर्फ बिजेता रेशम कुमाल र महिलातर्फ बिजेता प्रर्मिला गुरुङले बिजेता बनि सकेपछि थुप्रै अवसरहरु प्राप्त गरेको बताउँदै नयाँ आउने प्रतिस्पर्धीहरुलाई ढुक्क भएर प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀