पोखरा,२० पुस। पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ सृजनाचोक नजिकै खिचिएको हो यो तस्विर।
४८ वर्षिय जीवन गिरीलाई सकि नसकि उनका ६ वर्षिय छोरा समर र ९ वर्षिया छोरी सितलले गन्तव्यतर्फ पु¥याउँदैछन्। समरले ह्वील चेयर तानेका छन् भने सितलले पछाडीबाट धकेलिरहेकी छन्।
परिवार पाल्नको लागि सडकमा बसेर माग्नु जीवनको दैनिकी हो। अपाङ्गता भएका जीवनलाई यसरी नै उनका छोराछोरीले प्रत्यक दिने ह्वील चेयर तान्ने र धकेल्ने गरी साथ दिइरहेका छन्। जहाँ मानिसको बाक्लो चलहपहल हुन्छ त्यहाँ÷त्यहाँ ह्वील चेयर रोकेर सहयोग थाप्नु अनि त्यसैबाट पाएको पैसाबाट गुजारा चलाउनु र कोठा भाडा तिर्नु पहिलो आवश्यकता हो त्यो परिवारको।
कत्तिले जीवनको अपाङगता त कत्तिले ती बालबालिकको मलिनो अनुहारप्रति दया देखाएर सहयोग गर्छन्।दैनिक गुजारा चलाउनुपर्ने समस्यामा जेलिएका जीवनलाई आफ्ना छोराछोरी विद्यालय पढाउन मन नलागेको भने होइन तर के गर्ने त्यसका लागि उनीसँग कुनै उपाय नै छैन। छोराछोरी पढाउन मन लागेर के गर्नु जीवनले भने – ‘एक त पैसा छैन, अर्काेतर्फ यिनैको सहारामा म आफै हिडेर परिवारको पेट पाल्नुपर्छ।’
एक श्रीमती सहित जीवन, समर र सितल पोखराको मालेपाटनमा कोठा भाडामा लिएर बसिरहेका छन्। स्याङ्जा लामागे घर बताउँने जीवन गिरी ०५५ सालदेखि पोखरामा बस्दै आइरहेका छन्। १३ वर्षको उमेरमा ‘पोलियो प्यारालाईसिस’ भएपछि उनी दुवै खुट्टा टेक्न नसक्ने गरी अपाङ्ता भएका हुन्।
उनको अपाङ्गतासँगै ती बालबालिकाको भविष्य समेत थलिएको छ। ती बालबालिकाको लागि केहि गर्न सक्छौ भने सोच्ने हो कि ?
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं