नयाँ वर्ष मनाउने अचम्मको तरीका, पढ्दा सवै दंग

नयाँ वर्ष मनाउने अचम्मको तरीका, पढ्दा सवै दंग

Happy-New-Year 1

नयाँ वर्ष आ-आफ्नो समय तथा संस्कार अनुसार पूरै विश्वभर एक उत्सव तथा पर्वको रुपमा मनाइन्छ । विश्वका देशहरुले आ आफ्नो तिथिमिति तथा परम्परा अनुसार नयाँ पर्वलाई उत्सवको रुपमा मनाउँछन् । नयाँ वर्ष मनाउने केही संस्कार निकै अनौठा छन् ।

इटालीमा एउटा भनाई निकै प्रचलित छ, ‘आउट विथ दी गोल्ड’ अर्थात् बाहिर फ्याँक्नुभन्दा राम्रो केही छैन । र, यो उखानको पालना गर्ने सबैभन्दा राम्रो मुहुर्त चाहीँ नयाँ वर्ष सुरु हुने दिनको अघिल्लो रात, अर्थात् न्यू इयर इभ ।

इटालियनहरुका अनुसार न्यू इयर इभमा घरको झ्यालबाट कुनै न कुनै पूरानो चिजविज फ्याँक्नैपर्दछ । चाहे टोस्टर होस् वा ताप्के वा टिभी, जे सुकै किन नहोस् ।

यसो गर्नाले नयाँ वर्षमा घरभित्र पूरानोको ठाउँमा नयाँ चिजवस्तु भित्रिन पाउँछन् र घरमा सम्वृद्धि आउँदछ भन्ने मान्यता रहेको छ ।

· स्टोनियामा न्यू इयर इभमा मानिसहरुले आफुले विभिन्न परिकार खानपान गर्नु त छँदैछ खानेकुराका ७, ९ वा १२ परिकार दराजभित्र राखिदिन्छन् । ज

ति धेरै परिकार दराजभित्र राख्न सक्यो उति नै धेरै सौभाग्य प्राप्त हुन्छ भन्ने मान्यता त्यहाँ छ । ३१ डिसेम्बरको रातमा आफ्ना मृतक पूर्वजहरु घरमा खाना खान आउने हुनाले दराजभित्र थरीथरीका परिकार राखिदिएमा पूर्वजहरुले पेटभर खान पाउने मान्यता रहिआएको छ ।

· ब्राजिलमा न्यू इयर इभ सेलिब्रेट गर्ने दुई तरिका छन् । मानिसहरु सेतो कपडा लगाएर मध्यरातमा समुद्रमा गएर पौडी खेल्दछन् । समुद्रका सात लहरसम्म तैरिएर आउन सकेमा इश्वर खुसी हुने र आगामी वर्ष सुख सम्वृद्धिले भरिपूर्ण हुने विश्वास उनीहरुमा छ ।

त्यस्तै मानिसहरु फूल, गहना तथा विभिन्न उपहार लिएर डुंगामा बस्दछन् । डुंगामै चढेर मानिसहरु रातमा समुद्रको बीचमा पुग्दछन् ।

· स्पेनमा न्यू इयर इभका फरक खालको संस्कार छ । रातो रंगको एक जोडी अण्डरवेयर खरीद गर्ने चलन छ । यसो गर्नाले नयाँ वर्षमा गुडलक आउने विश्वास छ । रातो रंग मािनसहरुको सौभाग्यको सूचक हो ।

मानिसहरु न्यू इयर इभ रातको १२ बज्नु १२ सेकेण्ड अघिबाट मनाउन सुरु गर्दछन् । अनि १२ बजे अगाडिका ती १२ सेकेण्डमा एक एक गेडा अंगूर खान्छन् । यसरी १२ गेडा अंगुर खानाले गुडलक आउने विश्वास गरिन्छ ।

· इक्वेडरमा मानिसहरु चर्चित सेलिब्रेटीहरुका ठूला ठूला पुत्ला बनाउँछन् । अनि रात ढल्किँदै गर्दा आगो बालेर पुत्ला दहन गर्दछन् । यसो गर्नाले गुडलक आउने विश्वास गरिन्छ ।

· डेनमार्कमा मानिसहरुले घरमा टुटेफुटेका सरसामानहरु वर्षदिनभर जतन गरेर राख्दछन् अनि न्यू इयर इभमा छिमेकीको दैलोमा लगेर फ्याँकिदिन्छन् । नयाँ वर्षको पहिलो बिहानीमा आफ्नो ढोका बाहिर टुटेफुटेका सरसामानहरु देख्न पाएमा सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ ।

· फिलिपिन्समा मानिसहरुहरु गोलो आकृतिलाई सौभाग्यको प्रतिक मान्दछन् । न्यू इयर इभमा १२ थरी फलफूल जम्मा पार्दछन् । हरेक फल एक महिनाको प्रतिक हुन्छ । १२ थरी फललाई टेबुलमा सजाइन्छ ।

यी १२ फलले वर्षका बाह्रै महिना समृद्धि ल्याउने विश्वास गरिन्छ । यी सबै फलहरु गोलो आकारका हुन्छन् । गोलो आकारका फल मात्र होइन मानिसहरु गोलो आकारका गहना पनि लगाउने गर्दछन् ।

स्रोत ः अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀