गजल पुरस्कारका लागि एक लाखको अक्षयकोष

गजल पुरस्कारका लागि एक लाखको अक्षयकोष

IMG_8298

पोखरा, ८ पुस। गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कारका लागि एक लाखको अक्षयकोष स्थापना भएको छ ।

पुरस्कारका लागि एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले बुबा बेलबहादुर गुरुङको स्मृतिमा १ लाख १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

साहित्यको क्षेत्रमा पनि केही योगदान गर्न सकियोस् र साहित्यलाई हौसला तथा संरक्षणमा टेवा पुगोस् भनेर गजल प्रतिभा पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको हुँ, दाता लालबहादुरले भन्छन्, ‘‘यो पुरस्कारले नेपाली गजललाई फराकिलो बनाउन र गजलकारलाई सम्मानमा सहयोग पु¥याउने छ।’

प्रत्येक महिनाको दोस्रो शनिबार सन्ध्याले गर्दै आएको नियमित गजल वाचनको शृंखलामा लालबहादुर तर्फबाट पूर्व अध्यक्ष तथा सल्लाहकार उदीपराज ढुंगानाले सन्ध्याका अध्यक्ष अमृत सुवेदीलाई रकम हस्तान्तरण गरे भने सल्लाहकार रुपिन्द्र प्रभावी र पत्रकार महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठले दाताका छोरा विवेकलाई धन्यवाद पत्र हस्तान्तरण गरे ।

अक्षयकोषबाट प्राप्त ब्याजले प्रत्येक वर्ष एक जना गजलकारलाई प्रतिभा पुरस्कार प्रदान गर्ने सन्ध्याले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रमा पुस्तक निकालेका एक जना स्रष्टालाई पुरस्कार प्रदान गर्दै आइएको छ । अक्षयकोषले पुरस्कारको दायरा बढाएको छ, पूर्व अध्यक्ष प्रभावीले भने, ‘अब पुरस्कार प्रदान गरिने क्षेत्र पनि राष्ट्रियस्तरकै हुन सक्छ ।’

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सन्ध्याले पोखरेली गजलको पाठशालाको काम गरेको बताए ।

सल्लाहकार तथा पूर्व अध्यक्षहरु मन क्षेत्री, उदीपराज ढुंगाना र कपिल शर्माले पुरस्कारको अक्षयकोषपछि पुरस्कारको आयतन बढेको र अब गजल प्रतिभा सम्मानलाई पनि अक्षयकोष स्थापना गरेर लैजानुपर्ने बताए ।

सन्ध्याले प्रत्येक वर्ष पुस्तक निकालेका एक जना गजलकारलाई प्रतिभा पुरस्कार र निरन्तर नेपाली गजलको क्षेत्रमा क्रियाशील एक जनालाई प्रतिभा सम्मान प्रदान गर्दै आएको छ । सन्ध्याका अध्यक्ष सुवेदीले अक्षयकोष स्थापना गर्ने साहित्यप्रेमी तथा गजलपे्रमी लालबहादुरप्रति धन्यवाद दिँदै पुरस्कार र सम्मानलाई व्यवस्थित गर्दै लैजाने बताए ।

अक्षयकोष स्थापनासँगै शनिबार नै भएको नियमित गजल वाचन शृंखलामा झन्डै २० जना गजलकारले गजल वाचन गरेको कार्यक्रमको सञ्चालन सचिव मोहन भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀