पोखरा, ८ पुस। गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कारका लागि एक लाखको अक्षयकोष स्थापना भएको छ ।
पुरस्कारका लागि एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले बुबा बेलबहादुर गुरुङको स्मृतिमा १ लाख १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
साहित्यको क्षेत्रमा पनि केही योगदान गर्न सकियोस् र साहित्यलाई हौसला तथा संरक्षणमा टेवा पुगोस् भनेर गजल प्रतिभा पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको हुँ, दाता लालबहादुरले भन्छन्, ‘‘यो पुरस्कारले नेपाली गजललाई फराकिलो बनाउन र गजलकारलाई सम्मानमा सहयोग पु¥याउने छ।’
प्रत्येक महिनाको दोस्रो शनिबार सन्ध्याले गर्दै आएको नियमित गजल वाचनको शृंखलामा लालबहादुर तर्फबाट पूर्व अध्यक्ष तथा सल्लाहकार उदीपराज ढुंगानाले सन्ध्याका अध्यक्ष अमृत सुवेदीलाई रकम हस्तान्तरण गरे भने सल्लाहकार रुपिन्द्र प्रभावी र पत्रकार महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठले दाताका छोरा विवेकलाई धन्यवाद पत्र हस्तान्तरण गरे ।
अक्षयकोषबाट प्राप्त ब्याजले प्रत्येक वर्ष एक जना गजलकारलाई प्रतिभा पुरस्कार प्रदान गर्ने सन्ध्याले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रमा पुस्तक निकालेका एक जना स्रष्टालाई पुरस्कार प्रदान गर्दै आइएको छ । अक्षयकोषले पुरस्कारको दायरा बढाएको छ, पूर्व अध्यक्ष प्रभावीले भने, ‘अब पुरस्कार प्रदान गरिने क्षेत्र पनि राष्ट्रियस्तरकै हुन सक्छ ।’
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सन्ध्याले पोखरेली गजलको पाठशालाको काम गरेको बताए ।
सल्लाहकार तथा पूर्व अध्यक्षहरु मन क्षेत्री, उदीपराज ढुंगाना र कपिल शर्माले पुरस्कारको अक्षयकोषपछि पुरस्कारको आयतन बढेको र अब गजल प्रतिभा सम्मानलाई पनि अक्षयकोष स्थापना गरेर लैजानुपर्ने बताए ।
सन्ध्याले प्रत्येक वर्ष पुस्तक निकालेका एक जना गजलकारलाई प्रतिभा पुरस्कार र निरन्तर नेपाली गजलको क्षेत्रमा क्रियाशील एक जनालाई प्रतिभा सम्मान प्रदान गर्दै आएको छ । सन्ध्याका अध्यक्ष सुवेदीले अक्षयकोष स्थापना गर्ने साहित्यप्रेमी तथा गजलपे्रमी लालबहादुरप्रति धन्यवाद दिँदै पुरस्कार र सम्मानलाई व्यवस्थित गर्दै लैजाने बताए ।
अक्षयकोष स्थापनासँगै शनिबार नै भएको नियमित गजल वाचन शृंखलामा झन्डै २० जना गजलकारले गजल वाचन गरेको कार्यक्रमको सञ्चालन सचिव मोहन भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं