पोखरा, ३ पुस/पोखरामा भारतीय नागरिकले सञ्चालन एक पसलबाट करोडौं ठगेर व्यवासायी फरार भएका छन् ।
सस्तो मुल्यमा सामानहरु पाउने आशाले अग्रिम रकम बुझाएका पोखरेलीहरु ठगिएका हुन् । भारतीय नागरीक राजेन्द्र थेङवेलले सयौंको सङख्यामा विभिन्न व्यक्तिसंग रकम संकलन गरी सम्पर्क विहिन भएपछि उपभोक्ता ठगिएका हुन् ।
अक्सिजन ट्रेडर्सको नामबाट थेङवेले केहि समय अघि जनतासंग विश्वास जित्न ईलेक्टिक, फर्निचर लगायतका सामानहरु बजार मुल्य भन्दा करिब ३५ प्रतिशतले सस्तो दिएका थिए । तर शुक्रबार पछि फरार भएपछि उपभोक्ता ठगिएको महसुस गरेका हुन् । पोखरा ७ कि सगुन बरालले एक लाख भन्दा बढि रुपैया बुझाएर सामान अडर गरेको बताइन् ।
अधिकाशं व्यक्तिहरुलाई आज सोमबार पुष ३ गते देखि लगातार सामान दिने गरी उक्त ट्रेडर्सबाट सयौंको सङख्यामा उपभोक्ताहरुले खरिद अडर गरेका थिए । अग्रिम रकम बुझाउनेलाई प्यान नम्बर सहित र मोवाईल नम्बर सहित विल दिए पनि उक्त प्यान विलमा भने अर्कोको नाम देखिन्छ । उक्त ट्रेडर्सका सम्बन्धित व्यक्तिको मोवाईल स्विच अफ गरिएको छ ।
आज विहानै देखि उक्त ट्रेडर्स अगाडीको सडक सृजनाचोक क्षेत्रमा सयौंको सङख्यामा उपभोक्ताहरु भिडभाडले गर्दा ट्राफिक जाम समेत भएको छ । केहि दिन पहिले ठगे भन्दै व्यवसायीले उजुरी दिए पछि प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा थुनेको थियो । तर प्रहरीले प्रक्रिया अनुसार नै सञ्चालन गरेको भन्दै छाडेको थियो । व्यवसायीहरुले करकार्यालयमा पनि उजुरी दिएको भए पनि कर कार्यालय चुपचाप बसेका थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं