बिहे रोक्न पञ्चेबाजा

बिहे रोक्न पञ्चेबाजा

news pyuthan pic

शमशेरविक्रम जिसी

प्युठान- मसिंरको अन्त्यसँगै सुनसान हुने गाउँमा जहाँ बिहेका कुरा हुँदैनन् र बज्दैनन् पञ्चेबाजा पनि।

मसिंरको सुरुदेखि नै गाउँभरि बज्ने पञ्चेबाजाहरु अहिले भने प्युठानमा मसिंरको अन्त्य र पुसको सुरुवाती समयमै बजेको छ। यो कुनै विवाहमा बजेको बाजा भने  होइन।

गाउँमा पञ्चेबाजा वजाएर विवाह गर्ने प्रचलन जहाँतहिँ छ, तर प्युठानमा पुसको पहिलो दिनमै बालविवाह गर्नुहुन्न भनी गाउँलेहरु पञ्चेबाजा बजाएर जनचेतनामा लागेका हुन्।

मल्लरानी गाउँपालिका अन्तरगतको ३ नम्बर वडा आज जिल्लाकै पहिलो बालविवाहमुक्त वडा घोषणा भएको छ ।

सुरुवाती समयदेखि बालविवाह बढी हुने धरमपानी क्षेत्र अहिले भने जिल्लाकै नमुना बनेको छ बालविवाहमुक्त वडा घोषणा गरेर । जिल्लामै बालविवाहले विकराल रुप लिइरहेका बेला यहाँको मल्लरानी गाउँपालिकाको वडा नम्बर ३ मा भने बालविवाहमुक्त वडा घोषणा भएको छ ।

जिल्लाकै सबैभन्दा धेरै बालविवाह हुने वडाको रुपमा रहेको मल्लरानी गाउँपालिका अन्तरगतको धरमपानीलाई शनिबार एक कार्यक्रमको आयोजनागरी जिल्लाकै पहिलो बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

२०७० सालबाट बालविवाहमुक्त वडा बनाउने कार्यमा लागेको साविकको धरमपानी गाविस चार वर्षपछि सफल भएको छ । २०१५ सालमा ६० प्रतिशत बालविवाह रहेको धरमपानी गाविस लगातार बालबालिकाको क्षेत्रमा सफल बन्दै अहिले भने जिल्लाकै सबैभन्दा कम बालविवाह हुने गाविसमा परेको छ।

दुई वर्ष पहिले ६० प्रतिशत बालविवाह भएको धरमपानी गाविस २०१६ मा भने त्यो संख्या घटेर ५३ प्रतिशतमा झर्‍यो। अहिले यहाँको बालविवाह ९ दशमलव ५ प्रतिशत छ । ४५ प्रतिशत बालविवाह प्युठानको अहिलेको तथ्याङ्कमा छ । मल्लरानी– ३, मुन्डाडाका खोमबहादुर घर्तीमगर सबैलाई आपूm परिपक्व भएपछि र आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गर्न सुझाए।

बालविवाहको रोकथामका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्रयास नभएको भने होइन । प्युठानमा बालविवाह रोक्नका लागि अहिले सेभ द चिल्डे«न, कालिका विकास केन्द्रलगायतका संस्था लागिपरेका छन् ।

विद्यालय स्तरदेखि बालक्लब र समाजमा बालविवाहका विषयमा जानकारी  दिँदै हिँडेका संघसंस्था अहिले केही हदमा भए पनि सफल भएका छन् । सन् २०२२ सम्म प्युठानलाई बालविवाहमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य छ । पुस ५ गते स्वर्गद्वारी नगरपालिकाको वडा नम्बर ५ पनि बालविवाहमुक्त वडा घोषणा हुँदै आएको छ।

स्रोतः नागरिकन्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
24 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 23 Nov 2025 18:50 UTC
Latest change: 23 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.18
Indian Rupee 
Indian Rupee
89.44
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
156.4down
US Dollar 
US Dollar
1
24 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 23 Nov 2025 18:50 UTC
Latest change: 23 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀