ईपीएल खेल्न पोखरा राईनोजमा तीन पाकिस्तानी खेलाडी

ईपीएल खेल्न पोखरा राईनोजमा तीन पाकिस्तानी खेलाडी

Pokhara-Rihno-2

रञ्जन अधिकारी पोखरा, २९ मंसिर / आगामी पुस ३ (१८ डिसेम्बर) देखि काठमाडौं किर्तीपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमीयर लिग (ईपीएल) मा सहभागी टोली पोखरा राइनोजमा तीन पाकिस्तानी खेलाडी अनुबन्ध भएका छन् ।

प्रतियोगितामा सहभागिताका लागि तयारी गरिरहेको पोखराको क्लबमा तीन विदेशी खेलाडी सहभागी गराउनैपर्ने नियमानुसार पाकिस्तानका खेलाडीहरु हालै अनुबन्धित भएका हुन् । इसरार उल्लाह, अली आशिफ र ताज वालीलाई पोखरा राइनोजले भित्राएको हो । ३० वर्षीय उल्लाह क श्रेणीको पेशावरका लागि खेल्छन् । २६ वर्षीय अली आशिफ इस्लामाबाद युनाईटेडमा खेलिसकेका हुन् भने ताजवाली पनि क श्रेणीकै खेलाडी रहेको जनाईएको छ । लेफ्ट ह्याण्ड ब्याट्सम्यान ताजवाली दुई वर्ष अघि काजी ई ट्रफी प्रतियोगितामा ४ बलमा ४ विकेट लिने पहिलो खेलाडी हुन् ।

शक्ति गौचन नेतृत्वको पोखरा टीममा यी तीन विदेशी खेलाडीसँगै विनोद भण्डारी, विक्रम सोब, विपिन खत्री, नुरध्वोज सेन, किशोर महतो, राजेश पुलामी मगर, सुनिल धमला, शौरभ खनाल, सन्तोष भट्ट, सुशन भारी र देव शाह रहेका छन् । विपिन खत्री र देव शाह पोखराका उत्पादन हुन् । १६ वर्षीय उदयीमान क्रिकेटर शाहलाई नियमानुसार ट्यालेण्ट हण्टबाट चयन गरिएको हो ।

पोखरामा हालै खेलाडी छनौटका लागि एक सय २० मध्येबाट २४ चयन गर्दै उत्कृष्ट ७ छनौट गरिएकोमा देव भाग्यमानी ठरिएका हुन् । उनले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडीसँग खेल्न पाउँदै गर्दा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिए । नेपालमा नै पहिलो लेफ्ट आर्म स्पीनर चाइनाम्यान देव जस्तो खेलाडी ईन्टरनेशनल क्रिकेटमै आधा दर्जन पनि नभएको शक्ति गौचन बताउँछन् ।

तीन पाकिस्तानी खेलाडीले एक स्वरमा पोखरामा आएर अभ्यास गर्न पाउँदा आफू पाकिस्तानमै खेलेको जस्तो अनुभूति भएको र आफ्नो टीम पर्फेक्ट भएको बताए । चार दिन अघिदेखि पोखरा आएको टीमले पोखराको मैदानमा क्रिकेट अभ्यास गरिरहेको छ ।

शंकर ग्रुप अन्तर्गत जगदम्बा मोटर्सका प्रमुख निर्देशक शाहिल अग्रवाल यस टीमका मालिक हुन् । मुलुकका ६ शहरको नामबाट फ्रेन्चाइज टिम बनाइएको छ । काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन् । जसमा पारस खड्का विराटनगर, ज्ञानेन्द्र मल्ल ललितपुर, शक्ति गौचन पोखरा, शरद भेषावकर भैरहवा, सोमपाल कामी काठमाडौं, र दिपेन्द्रसिंह ऐरी चितवनका लागि मार्की खेलाडी हुन् ।

भारतको ख्यातीप्राप्त आईपीएलकै फम्र्याटमा नेपालमा सर्वाधिक धनराशीको इपीएल आयोजना गरिएको हो । राउन्ड रोबिन लिगको ढाँचामा १२ दिनसम्म चल्ने उक्त प्रतियोगीतामा ६ समुहले १९ प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टिमले लिगमा एक अर्कासँग खेल्नेछन् । र, शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख प्राप्त गर्नेछ, जुन नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक पुरस्कार राशी हो । यसअघि प्रधानमन्त्री कपको विजेताले रु २० लाख पुरस्कार पाएको थियो । म्यान अफ दि सिरिजले एउटा मोटरबाइक र म्यान अफ दि म्याचले नगद पुरस्कार प्राप्त गर्नेछ ।

एक टिममा १५ खेलाडी रहनेछन् । प्रतियोगितामा सहभागिताका लागि अक्सन मार्फत प्रत्येक टिमले १०–१० खेलाडी आफ्नो टिममा भित्राएका थिए । प्रत्येक टीमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छानेका हुन् । एक जना मार्केट प्लेयर पनि राख्न पाउने छ । कम्पनी मोडलमा दर्ता भएको हरेक टिमसँग ईपीएलले १० वर्षको सम्झौता गरेको छ, र कम्तिमा तीन वर्ष नियमित सहभागिता जनाउनुपर्नेछ । यसैगरी टिमले पनि आफ्ना मार्की प्लेयरसँग ३ वर्षको सम्झौता गरेको छ । उनीहरूले तीनै वर्ष अनिवार्य सहभागिता जनाउनुपर्नेछ ।

पहिलो संस्करणको ईपीएलमा पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टरलाई हराउँदै ५ लाख पुरस्कार राशीको उपाधि जितेको थियो । जसमा पोखरा राईनोज टीम जगदम्बा राईनोज नाममा थियो र ऊ चौथो स्थानमा थियो । त्यसअघि, २०१४ मा नेपालमै पहिलो एनसेल एनपीएल च्याम्पियनशीप हुँदा पञ्चकन्या तेजले नै उपाधि जित्दा जगदम्बा जायन्ट्स उपविजेता बनेको थियो । जगदम्बा जायन्ट्स, जगदम्बा राईनोज हुँदै पोखरा राईनोज् नामाकरण भएको हो । जसको नेतृत्व शक्ति गौचनले सम्हाल्दै आईरहेका छन् । यसपटक भने उपाधि नै जित्ने गरी तयारी गरिरहेको कप्तान गौचन बताउँछन् ।

पोखरामा विहीबार आयोजित पत्रकार सम्मेलनमा टीम कोच नविन सिंह, असिस्टेन्ट कोच, रिजेन प्रजु, फिजियो विक्रम न्यौपाने, सपोर्टिङ स्टाफ मनिश उषा, तथा म्यानेजमेन्ट मेम्बर आभाष घिमिरे, ब्राण्ड अफिसर उत्सव प्रधानाङ्ग लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀