व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुला गरेको छ ।
समावेशीतर्फ आदिवासी-जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद सिर्जना गरेको आयोगले आदिवासी-जनजाति मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि विभिन्न कोटा तोकेको छ ।
आयोगले ४ चरणको परिक्षापछि अन्तिम नामावली प्रकाशित गर्ने व्यवस्था गरेको छ । आयोगका अनुसार लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता पछि अन्तिम नामावली प्रकाशित हुनेछ अनलाइनबाटै दरखास्त फारम भर्न सकिने छ । दरखास्त आगामी पुस १८ गतेसम्म दिन पाइने छ । दोब्बर दस्तुरमा पुस २५ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।
दरखास्तवालाले आन्तिरक प्रतियोगिता र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टा-छुट्टै ४ सय रुपैयाँ बुझाउनु पर्नेछ ।
आयोगले दरखास्तको लागि बुझाइने रकम आयोगको केन्द्रीय कार्यालय तथा काठमाडौं उपत्यकाका संकलन केन्द्र, क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु र आयोगको कार्यालय भएका जिल्ला बाहेकका जिल्ला हुलाक कार्यालयहरुमा गएर समेत जम्मा गर्न सकिने छ ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं