पोखरा। यसपटकको निर्वाचनमा नेपाली काँग्रेसले प्राप्त गरिरहेको परिणाम निराशाजन रहेको छ। काँग्रेसका थोरै उम्मेदवारले मात्र जित हासिल गर्न सकेका छन्।
काँग्रेसभित्रका स्थापित र लोकप्रिय नेताहरुले समेत पराजय भोग्नुपरेको अवस्था छ। बामगठबन्धको प्रभावका कारण काँग्रेसले अकल्पनिय परिणाम प्राप्त गरेको छ।
पराजय भोग्ने क्रममा यसपटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समेत परेका छन्। काँग्रेसभित्र इमान्दार नेताका रुपमा स्थापित पौडेल आफ्नैभित्रको असतुष्ठी र बामगठबन्धनको शिकार बने। तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनलाई बामगठबन्धनका एमाले उम्मेदवार किसानकुमार श्रेष्ठ पराजित गरे।
पौडेललाई एमाले नेता किसानले ६ हजार ४१४ मतान्तरले पराजित गरेका हुन्।विजयी श्रेष्ठले ३४ हजार ४८९ मत ल्याए। पराजित पौडेलले २७ हजार ६७५ मत मात्र पाए।
यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पनि पौडेल र किसान श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला पौडेल ४५ सय मतले विजयी भएका थिए। पौडेल पार्टीको तेहै महाधिवेशनमा सभापतिमा पराजित बनेका थिए।
डेढ दर्जन पटक प्रधानमन्त्रीको निर्वाचनमा असफल भई थलिएका पौडेल यसपटकको निर्वाचनमा समेत पराजित बनेपछि उनको अबको राजनीति कसरी अघि बढ्ला सवैको चासो बढेको छ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं