पोखरा, २३ मंसिर। नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला जारी मतपरिणाममा फराकिलो मतान्तरले अगाडी छन्।
डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका कांग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतले अग्रता लिएका छन्।
देउवाले ७७८८ मत पाएका छन् उनका प्रतिष्पर्धी माओवादीका खगराज भट्टले ४७९७ मत पाएका छन्।
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पनि २ हजार बढी मतका साथ अग्रता लिइरहेका छन्।
कोइरालाले ७७४१ मत पाएका छन् भने माओवादी वाम गठबन्धनबाट माओवादी केन्द्रका भविश्वर पराजुली ५३१५ मतका साथ दोस्रोमा छन्।
त्यस्तै, सुनसरी –४ मा नेपाली कांग्रेसका उम्मेदवार अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले अग्रता बढाएका छन्।
पछिल्लो मत परिणाम अनुसार कार्कीले ८६५६ मत पाएका छन् भने एमालेका रमेश श्रेष्ठले ६४९७ मत पाएका छन्।
जारी मतगणनामा मोरङ –२ मा नेपाली कांग्रेसका उम्मेदवार मिनेन्द्र रिजालले मतान्तर फराकिलो बनाएका छन्।उनले एमालेका ऋषी पोखरेलभन्दा १६ सय बढी मत ल्याएका छन्।
नवलपरासी निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेस नै अगाडी छ । यहाँ पनि कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीले ६४२१ मत प्राप्त गरी अगाडी छन्। उनलाई पनि बामगठबन्धनका तिलक महतले ५६४७ मतले पछ्याइरहेका छन्।
अहिलेसम्म कांग्रेसले रसुवा, काठमाडौं १, ४ र १०मा जित हात पारेको छ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं