जेलबाटै चुनावी चलखेल

जेलबाटै चुनावी चलखेल

sanjaya

मिथिलेश यादव

सिरहा – धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डल सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ । यो टक्करमा जित कसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ।

निधि–महतो भिडन्तमा जेलमा रहेका सञ्जय साह ‘टक्ला’ को प्रवेशले झन् रोचक बनाइदिएको छ । यो निर्वाचन क्षेत्रमा जनकपुर उपमहानगरपालिकाका २५ वडामध्ये १७ वटा, नगराइन नगरपालिका, विदेह नगरपालिकाको ९ नम्बर वडा तथा मुखियापट्टी मुसरनिया र धनौजी गाउँपालिका पर्छन् । यहाँ वैश्य समुदायको बाहुल्य छ । यो समुदायमा तेली, सुडी, कानू, कलवार, रौनियार, कसेरा, कथवनिया, सुनार, लहेरी, ठठेरीलगायत जात पर्छन् ।

असोजमा सम्पन्न स्थानीय तह चुनावमा जनकपुर उपमहानगरपालिका मेयरमा राजपाका लालकिशोर साहले करिब ११ हजार मतान्तरमा जित हासिल गरेका थिए । यो जितमा जातीय मत निर्णायक थियो । साहको जितबाट हौसिएर महतो धनुषा ३ बाट उम्मेदवार बनेका छन् । महतोलाई मेयर साहले बल दिइरहेका छन् । वैश्य  समुदायको जातीय मत विभाजन नभए यही मत यो क्षेत्रका उम्मेदवारका लागि जितको प्रमुख कारण बन्ने स्थानीय विश्लेषक बताउँछन् । वैश्य (सुडी, कलवार, तेली) समुदायको मत विभाजन गरेर महतोलाई कमजोर बनाउन विभिन्न अपराध मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सञ्जय साह प्रयोग भएका छन् । उनले जेलबाटै मत प्रभावित गर्ने खेल सुरु गरेका छन् ।

साहले जेलबाटै महतोलाई मतदान नगर्न अभियान थालेका छन् । कांग्रेस उम्मेदवार निधिलाई कडा टक्कर दिइरहेका महतोलाई मतदान नगर्न भन्दै साहले सिरहा कारागारबाट ‘रेडियो अन्तर्वार्ता’ समेत दिएका छन् । उनले  फोनमार्फत मतदातालाई महतोको पक्षमा मतदान नगर्न भनिरहेका छन् ।

साहले जेलबाटै फोन गरेर सञ्चारकर्मीलाई समेत प्रभावित पारिरहेका छन् । फोन गरेर सञ्चारकर्मीलाई उनले महतोलाई सहयोग नगर्न आग्रह गरिरहेका छन् । साहले आफूलाई कारागारको नम्बरबाट फोन गरेर निर्वाचनमा महतोलाई सहयोग नगर्न आग्रह गरेको काठमाडौंकेन्द्रित भई पत्रकारिता गर्दै आएका वीरेन्द्र केएमले बताए । अन्य पत्रकारलाई समेत फोन गरी महतोको विपक्षमा लाग्न साहले  भनेको उद्धृत गर्दै वीरेन्द्रले बताए । साहले वीरेन्द्रलाई महतोविरोधी गतिविधिमा सहयोग गरे जुनसुुकै सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

सञ्जयको कारागार यात्रा 

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाअन्तर्गत धनुषा जिल्ला अदालतको आदेशमा सञ्जय साह ०७१ वैशाख २९ गते पुर्पक्षका लागि सिरहा कारागार चलान भएका थिए । तेस्रो मधेस आन्दोलनको उत्कर्षमा २०७२ भदौ १७ गते उनलाई रातारात काठमाडौंस्थित डिल्ली बजार कारागार सरुवा गरियो । मधेस आन्दोलन चर्केको बेला हुनसक्ने खतरालाई ध्यानमा राखेर साहलाई काठमाडौं सरुवा गरिएको त्यो बेला स्थानीय प्रशासनले जनाएको थियो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन मुखमा साह पुनः सिरहा कारागार ल्याइएका छन् । उनलाई ०७४ मंसिर ७ गते सिरहा जिल्ला कारागार ल्याइएको जेलर शंकरलाल कर्णले बताए ।

प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले ‘कैदीसँग जेलमा राजनीतिक अन्तर्वार्ता लिन दिनु कारागार प्रसाशनको कमजोरी भएको बताउँदै भने, ‘मलाई यस विषयमा सोधिएन, जेलरले कसरी अनुमति दिए उनैले जानून् ।’

जेलमै राजनीतिक भेटघाट

मंसिर ७ गते डिल्लीबजार कारागारबाट सिरहा कारागार आएका साहले राजनीतिक भेटघाट तीव्र बनाए जसमा साथ दियो सिरहा कारागार व्यवस्थापनले । जनकपुरबाट तीन घन्टाको दूरी तय गरेर आफूसँग भेट्न आउनेलाई साहले हाकाहाकी महतोलाई हराउन सम्पूर्ण शक्ति प्रयोग गर्न निर्देशन दिएका छन् ।

पाँच दिनअघि उनले जनकपुरस्थित मिथिलाञ्चल एफएमका पत्रकार अजय अनुरागीलाई जेलबाटै अन्तवार्ता दिएर सनसनी मच्चाए । सो एफएम रेडियोबाट प्रसारित अन्तर्वातामा साहले महतोको विपक्षमा मतदान गर्न धनुषा ३ का जनतालाई आग्रह गरेका छन् ।

चुनावको मुखमा जेलमा थुनुवाले राजनीतिक अन्तर्वार्ता दिन पाउने÷नपाउने विषयमा सिरहा कारागारका प्रमुख कर्णले भने, ‘थुनुवासँग उनको मुद्दा (अभियोजन) बाहेक विषयमा कुरा गर्न नपाउने कानुनी व्यवस्था छ ।’  कर्णले यसो भने पनि उनी र कारागार सुरक्षार्थ खटिएका सुरक्षा अधिकारी साहले अन्तर्वार्ता दिँदा त्यहीं थिए । कर्णले भने, ‘कानुनले नमिल्ने काम भयो ।’ आफूबाट गम्भीर गल्ती भएको पनि कर्णले स्वीकारे । त्यो घटनापछि अहिले कारागार सुरक्षा व्यवस्थासँगै भेटघाटमा कडाइ गरिएको उनले बताए ।

को हुन् सञ्जय साह

पाँच जनाको ज्यान जानेगरी २०६९ वैशाख १८ गते जनकपुरको रामानन्दचोकमा गराइएको बम विस्फोट तथा २०६६ फागुन १७ गते शिवचोकमा सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या अभियोगमा जिल्ला अदालत धनुषाले ०७१ वैैशाख २९ गत्ते साहलाई पुर्पक्षका लागि जेल पठाएको थियो । साह धनुषा लोहनाका स्थायी बासिन्दा हुन् । उनका बुबा साधु साह व्यापारको सिलसिलामा जनकपुर आएर बसेका थिए । साहको बाल्यकाल जनकपुरमै बितेको हो । रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेको उनी स्वयंले रेडियो अन्तवार्तामा बताएका छन् ।

उनले व्यावसायिक जीवनको सुरुवात जिल्ला विकास समिति धनुषाको कवाडी ठेक्काबाट गरेका थिए । २०५४÷०५५ सालमा रामचरित्र साह जिविस सभापति भएका बेला सुरु भएको उनको यो ठेक्का झन्डै चार वर्षसम्म चलेको थियो । यस क्रममा उनले राम्रो कमाइ गरेका थिए । त्यसपछि पूर्व–पश्चिम राजमार्गमा पर्ने विराटनगरदेखि मकवानपुरसम्मका झन्डै सबै जिविसको कवाडी ठेक्का उनले पाएका थिए । उनले प्रहरी तथा नेपाली सेनालाई रासन उपलब्ध गराउने ठेक्का पनि पाएका थिए । उनले निर्माणका ठेक्का पनि पाएका थिए । यस अतिरिक्त जग्गा खरिदबिक्रीबाट पनि उनले राम्रै कमाइ गरेका थिए ।

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट उम्मेदवार हुनु अघिसम्म उनी नेपाली कांग्रेससँग आबद्ध थिए । उनले त्यतिबेला एमालेका प्रभावशाली नेता रघुवीर महासेठलाई ठूलो मत अन्तरले पराजित गरेका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचन, २०७० मा उनी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट विजयी भए । उनले सो चुनावमा नेपाली कांग्रेसका जिल्ला सभापति रामसरोज यादवलाई पराजित गरेका थिए ।

स्रोत ः नागरिकन्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀