स्वार्थसँग जोडिएको पार्टी ‘बाम गठबन्धन’ हुन सक्दैन ः श्रेष्ठ

स्वार्थसँग जोडिएको पार्टी ‘बाम गठबन्धन’ हुन सक्दैन ः श्रेष्ठ

shukra kaka

पोखरा, १८ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले एमाले र माओबादीको गठबन्धनलाई ‘बाम’ भन्न नसकिने तर्क गरेका छन् ।

उनले नेतृत्वको स्वार्थसँग जोडिएको यस्तो खाले गठबन्धनलाई ‘बाम’ भनेर कुनै पनि हालतमा भन्न नहुने उल्लेख गरे।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आइतवार पोखरा–२५, हेमजाको मिलनचोकमा सम्पन्न कोणसभामा बोल्दै पार्टीका प्रमुख सचेतक समेत रहेका श्रेष्ठले सो कुरा बताएका हुन् ।

उनले एमाले र माओवादीको गठबन्धनलाई बाम गठबन्धन नभई कम्युनिष्ट गठबन्धन भएको संज्ञा दिए ।

नेता श्रेष्ठले लोकतन्त्रको जग बलियो बनाउन रुखमा भोट हाली लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने आवश्यकता औल्याउदै नेपालका कम्युनिष्टहरुले सत्ताका लागि पटक पटक बोली फेर्ने गरेको तथा लोकतन्त्रमाथि थुपै्रपटक प्रहार गरेको आरोप समेत लगाए।

नेपाली काँग्रेस क्षेत्र नं. ३ प्रतिनिधिसभाका उम्मेदवार शुक्रराज शर्माले विगतमा परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले मात्र गर्दै आएको स्मरण गर्दै काँग्रेससँग मात्रै सबै पार्टीलाई मिलाएर लैजानसक्ने क्षमता रहेको धारणा राखे ।

उम्मेदवार शर्माले जनताले विश्वास गरी चुनाव जिताएमा मासिक दुई हजारको सामाजिक सुरक्षा भत्तालाई बढाएर पाँच हजार पु¥याउन पहल गर्ने, आफुले पाउने तलव भत्ता आधुनिक शिक्षामा लगानी गर्ने पनि बताएका थिए ।

उनले नेपाललाई सम्पन्नताको देश बनाउन काँग्रेसले अगुवाई र त्यसमा आफुले इमान्दार पुर्वक देखिने गरी भुमिका खेल्ने प्रष्ट पारे।

प्रदेशसभा ३ क की उम्मेदवार शारदा पौडेलले हेमजाको कृषियोग्य जमिनको व्यवस्थापनमा उचित ध्यान दिनुपर्ने बेला आएको छ भन्दै सुईखेत खोला नियन्त्रण तथा राजमार्गलाई व्यवस्थित बनाउन आफुले पहल गर्ने जनाइन् ।

समानुपातिक उम्मेदवार आनन्दराज मुल्मीले काँग्रेस प्रतिष्पर्धामा विश्वास राख्ने पार्टी भएको धारणा राख्दै आगामी निर्वाचनमा लोकतन्त्रको रक्षाका लागि जनताले काँग्रेसलाई भोटदिनुपर्ने औल्याए।

सो अवसरमा महासमिति सदस्य रामचन्द्र त्रिपाठी, पोखरा नगर महिला संघकी सभापति माया वराल, नेपाल अमेरिका जनसम्पर्क समितिका सचिव विश्वराज बास्तोला, पुर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवर, हेमजा महिला संघकी सभापति सिर्जना सापकोटा लगायतले काँग्रेसको जीतले मात्रै नेपालमा लोकतन्त्र संस्थागत हुने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
12 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 12 Aug 2025 00:10 UTC
Latest change: 11 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.26
Indian Rupee 
Indian Rupee
87.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.88
US Dollar 
US Dollar
1
12 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 12 Aug 2025 00:10 UTC
Latest change: 11 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀