पोखरा, १३ मंसिर। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट शासन स्थापित भए मुलुक बर्बाद हुने बताएका छन्।
कम्युनिष्ट मिलेर तानाशाही शासन ल्याउन खोज्दैछन् उनले भने – ‘कम्युनिष्ट शासनमा बोल्न, लेख्न र अन्याय भयो समेत भन्न पाईदैन, जनता डराउनुपर्छ।’
कम्युनिष्टले लोकतन्त्र मास्न खोजेकोभन्दै जनता एकजुट हुनुपर्नेमा उनले जोड दिए। उनले जनतालाई मालिक बनाउने काम काँग्रेसले गरेकोभन्दै ढुक्क भएर विश्वास गरी जिताउन आग्रह गरे।
नेपाली काँग्रेस कास्कीले पोखराको अमरसिंहचौरमा बुधबार आयोजना गरेको चुनावी आमसभालाई सम्बोधनगर्दै सभापति देउवाले कम्युनिष्ट शासन आर्थिक विकासको पनि बाधक हुने स्पष्ट पारे।
कम्युनिष्ट शासनका कारण स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित नहुनेभन्दै त्यस्तो अवस्थामा आर्थिक विकास ठप्प हुने उनको भनाई थियो।
उनले अहिलेको निर्वाचन लोकतान्त्रिक शासन र कम्युनिष्ट शासन व्यवस्था बीचको प्रतिष्पर्धा भएको उल्लेख गरे।
बरिष्ठ नेता रामचन्द्र पौडेलले बामगठबन्धनले विश्वमा हराइसकेको साम्यवाद नेपालमा ल्याउन खाजेर मुलुकलाई प्रयोगशाला बनाउन खोजेको बताए।
बामगठबन्धन मुलुक, जनता र लोकतन्त्रको हितमा नरहेको उनको भनाई छ।उनले नेपालका कम्युनिष्ट चरम अवसरवादी र महत्वकांक्षी भएको टिप्पणी गरे।
नेपाली काँग्रेसका महामन्त्री डा शसांक कोइरालाले काँग्रेसको पक्षमा देशभर लहर आइरहेको बताए।
आमसभामा काँग्रेसका केन्द्रीय सदस्यहरु बालकृष्ण खाँड, डा रामशरण महत, धनराज गुरुङ, आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसी, कुमार खड्का, नेता विनोद चौधरी लगायतले बोलेका थिए।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं