पोखरा, ११ मंसिर । मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेकी छोरी माथि कुटपिट भएको छ ।
१३ वर्षिया नम्रता पाण्डेलाई बाम गठबन्धनका कार्यकर्ताले घरमा नै गएर कुटपिट गरेका हुन् ।
कुटपिटबाट पाण्डेको टाउकोमा गम्भिर चोट लागेको छ ।
नगरपालिकाका प्रमुख पाण्डेकी छोरी सहित उनका छिमेकी मदन न्यौपानेका छोरा स्काई न्यौपानेलाई पनि उनीहरुले कुटपिट गरेका छन् ।न्यौपानेको देव्रे हात भाँचिएको छ । उनीहरुको उपचार भईरहेको छ ।
निर्वाचनकै दिन आफु निर्वाचन सफल बनाउन लागिरहेका बेला घरमा गई परिवार माथि निर्घात कुटपिट भएकोमा पाण्डेले आपत्ति जनाएका छन् । पाण्डे नेपाली काँग्रेसको तर्फबाट प्रमुख हुन्।
आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बाम गठबन्धनका कार्यकर्ताले कपोकल्पित आरोप लगाएको गुनासो गरे । अनावश्यक आरोप लगाउदै रिस पोख्न परिवारका सदस्यमाथि आक्रमण भएको उनको भनाई छ ।
आफुले कसैलाई कुटपिट नगरेको भन्दै उनले भने – ‘अनाहकमा मेरो परिवारका सदस्यमाथि भएको आक्रमणको भत्र्सना गर्दछु।’
उनले आक्रमणमा जो सुकैको संलग्नता भएपनि दोषी माथि कडा कारबाहीको हुनुपर्ने माग गरेका छन्। घटना आइतबारको हो।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं