कास्की काँग्रेसको चुनावी आमसभा १३ गते

कास्की काँग्रेसको चुनावी आमसभा १३ गते

np}ncp5

पोखरा, ९ मंसिर। नेपाली काँग्रेस कास्कीले मंशिर १३ गते बुधबार चुनावी आमसभा गर्ने भएको छ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आमसभा गर्न लागेको हो।

उम्मेदबार, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसंस्था सहित कास्की काँग्रेसको शनिवार बसेको बैठकले आमसभा गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।आमसभा पोखराको अमरसिंहचौरमा गरिने छ।

आमसभालाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने छन्।

आमसभालाई जतिसक्दो सभ्य र भव्य बनाउने छौ कास्की काँग्रेसका कार्यबाहक सभापति सुदिपमोहन भट्टराईले भने – ‘सबैबाट सहयोग, सुझाव र सद्भावको आशा राखेका छौ।’

आमसभालाई सफल बनाउनका लागि विभिन्न ९ वटा उपसमितिहरु गठन गरिएको छ। पार्टी कोषाध्यक्ष लक्ष्मी पाण्डेको संयोजकत्वमा बुद्विमान गुरुङ, सुनिल गुरुङ, तोयबहादुर भट्टराई, पोषनाथ शर्मा, माधव बास्तोलॉमधु’, विर्जमान गुरुङ, महेन्द्र अधिकारी, जीवनाथ पौडेल, बोधबहादुर कार्की र माइकल कर्माचार्य सदस्य रहेको अर्थ समिति गठन गरिएको छ।

सचिव रामराज लामिछाने संयोजक र महिला नेतृ सरस्वती गुरुङ सहसंयोजक रहेको मञ्च व्यवस्थापन तथा जिल्ला सदस्य नवीन सिग्देलको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ।

कलाकार चोलेन्द्र पौडेलको संयोजकत्वमा सांस्कृतिक, पोखरा लेखनाथ महानगरपालिका सभापति बजिरमान श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन, तरुण दल कास्की सभापति मनोज गुरुङको संयोजकत्वमा युवा तथा स्वंयसेवक परिचालन समिति गठन गरिएको छ।

त्यस्तै, जिल्ला सदस्य देवेन्द्र रानाभाटको संयोजकत्वमा शुभेच्छुक संस्था परिचालन, शंकर ढुंगानाको संयोजकत्वमा भातृ संस्था परिचालन र गौरी सापकोटाको संयोजकत्वमा खानेपानी व्यवस्थापन समिति गठन गरिएको छ।

बैठक कास्की काँग्रेसका कार्यबाहक सभापति सुदिपमोहन भट्टराईको अध्यक्षतामा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀