डेढ वर्षभित्र फेवातालदेखि सराङकोटसम्म केवलकार निर्माणको सम्झाैता

डेढ वर्षभित्र फेवातालदेखि सराङकोटसम्म केवलकार निर्माणको सम्झाैता

pokhara-cablecar-station2

अमृत सुवेदी

६ मंसिर, पोखरा । फेवाताल किनार सेदी बगरदेखि सराङकोटसम्म केबलकार निर्माणका लागि मंगलबार निर्माण सम्झौता भएको छ । आवश्यक प्रक्रिया सकिएर बुधबार निर्माण सम्झौता भएको हो ।

अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ र केबलकार निर्माणको जिम्मा पाएको चितवन कोइ कम्पनीका राजेशबाबु श्रेष्ठले निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन् । अब डेढ वर्षभित्र सबै निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको अध्यक्ष कालु गुरुङले जानकारी दिए ।

अहिले फेवातालदेखि गाडीमा आधादेखि पौने घन्टा लगाएर सूर्योदय र सूर्यास्तको स्वाद लिन सयौं पर्यटक सराङकोट पुग्ने गर्छन् । केबलकार निर्माण सम्पन्न भएपछि भने फेवातालको काखदेखि रमाउँदै ७ मिनेटमै सराङकोट पुग्न सकिने अध्यक्ष गुरुङले बताए । फेवातालको उत्तरी किनार सेदी बगरदेखि सराङकोटसम्म केबलकार निर्माण गर्न गएको मंसिर २९ गते शिलान्यास भएको थियो ।

‘केबलकार निर्माणको सम्पूर्ण डिजाइन सकिइसकेको छ । जग्गा खरिद, पहुँच मार्ग निर्माणदेखि सम्पूर्ण नीतिगत तथा स्थानीय सम्झौता सकिएर भौतिक निर्माणको काम सुरु भएको छ,’ अध्यक्ष गुरुङले भने, ‘प्राविधिक जाँच, मेसिनरी पाट्र्सको स्विकृति तथा सबै खरिद भइसकेको छ । डेढ वर्षभित्र फेवातालदेखि सराङकोट केबलकार चढेर पुग्न सकिने छ ।’

डिजाइन तथा प्राविधिक जाँच, मेसिनरी सामानको स्विकृति र खरिद प्रक्रियामा केही ढिलाइ भएकाले भौतिक पूर्वाधार निर्माण सुरु हुन ६ महिनाजति ढिलाइ भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

केबलकार निर्माण सम्पन्न गर्न १ अर्ब रुपैयाँबाट खर्च बढेर १ अर्ब १० करोड पुगेको छ । केबलकार निर्माणमा स्थानीयको १० प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र बाँकी अन्नपूर्ण केबलकार प्रालिको लगानी रहने छ ।

२ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १३ वटा टावर रहने रोपवे नेपालका अध्यक्ष एवं इन्जिनियर गुणराज ढकालले जानकारी दिए । उनका अुनसार १७ वटा डब्बाबाट सेवा सञ्चालन गरिने र यात्रुको संख्या बढ्दै गएमा ३५ वटासम्म डब्बा केबलमा राख्न सकिन्छ । ‘एउटा डब्बामा ८ जनाले यात्रा गर्न सक्छन्’ ढकालले भने, ‘१७ डब्बाबाट प्रतिघण्टा ५ सय जनालाई सेवा दिन सक्छ ।’

केबलमा ३५ वटा डब्बा राख्ने र १ हजार जनालाई सराङकोट पुर्‍याउने योजना प्रालिको छ । सराङकोट र सेदीबगरमा स्टेसन राख्नका लागि प्रालिले जग्गा खरिद गरिसकेको छ भने वन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना भइसकेको छ । सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृति दिएको छ ।

पछि पब्लिकलाई सेयर सुविधा दिने योजना कम्पनीले ल्याएको छ । ‘हामीले कम्पनीको शेयर जनतालाई दिने सोच बनाएका छौं ।,’ प्रालि अध्यक्ष गुरुङले भने, ‘५१ प्रतिशत संस्थापक सदस्यलाई र ४९ प्रतिशत जनतालाई शेयर दिन सकिन्छ, यसबारे हामीले गृहकार्य गरिरहेका छौं ।’ केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको छ । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्ऽागिरी केबलकारभन्दा यसमा नयाँ प्रविधि प्रयोग गरिने बताइएको छ ।

केवलकारको डिजाइन अन्तर्राष्ट्रिय स्तरको

जापानको निप्पोन केबलकारको प्रविधि र सामान अन्नपूर्ण केबलकारमा प्रयोग हुने इन्जिनियर ढकालले बताए । ‘केबलकार निर्माण गर्दा सुरक्षालाई प्राथमिकता दिइनेछ,’ ढकालले भने ‘केबलकार अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै बन्छ ।’ उनका अनुसार केलबलकार निर्माण गर्न ५ वर्षअघि नै सर्भे गरिएको थियो ।

‘केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियोडाँडा तथा पोखराको मनोरम दृश्यावलोकन गर्न मिल्छ,’ अध्यक्ष गुरुङले भने, ‘यसले सराङकोटमा पर्यटन प्रवर्द्धन गर्नुका साथै केबलकार नयाँ गन्तव्य बन्ने विश्वास लिएका छौं ।’ बिहान पाँचै बजे पर्यटकलाई सूर्योदय देखाउने गरी केबलकार सञ्चालनको तयारी गरेको उनले जानकारी दिए ।

केवलकार निर्माणपछि ६० जनाले रोजगारी पाउने कम्पनीले बताएको छ । केबलकार निर्माणमा सनराइज र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । शिलान्यास कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष भरतराज पराजुलीले पर्यटनको प्रवर्द्धनमा केबलकार कोषेढुंगा हुने बताए । सराङकोटमा दैनिक ३ हजार ५ सय देखि ४ हजार पर्यटक पुग्ने गर्छन् । पोखराबाट सराङकोट पुग्न ट्याक्सीले कम्तीमा १५ सय रूपैयाँ भाडा लिन्छ भने समय बढीमा ४५ मिनेट लाग्छ । यो केबलकार बनेसँगै ७ मिनेटमै ६ सय रूपैयाँको आसपासमा भाडा तिरेर पुग्न सकिने प्रालिले जनाएको छ ।

यसअघि लेकसाइडको बसुन्धरा पार्कदेखि पुम्दीभुम्दीको शान्ति स्तुपासम्म मनकामना दर्शन प्रालिले केबलकार बनाउन आवश्यक प्रक्रिया थाले पनि विवाद भएपछि काम रोकिएको थियो ।

केबलकारलाई लक्षित गरेर सराङकोट डाँडामा पाँच तारे होटल निर्माण भइरहेको छ । केबलकारका सेयरधनीसमेत रहेका जापानी मूलका नेपाली नागरिक ताकासी मियाहाराले एक अर्बभन्दा बढी लगानीमा सराङकोट डाँडामा लक्जरी होटल निर्माण गरिरहेका छन् । ‘होटल हिमालयन भ्यू’ नाम दिइएको होटलको निर्माण कार्य धमाधम भइरहेको छ ।

होटलमा करीब एक अर्ब ३० करोड रूपैयाँ लगानी हुने र ९ तले भवन बन्ने बताइएको छ ।

स्रोत ः अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀