पोखराकै मध्य भागका स्थानीय बासिन्दाले एउटै माग छ बाटो निर्माण । भोट माग्न घरदैलो पुगेका नेपाली काँग्रेसका उम्मेदवारलाई घर अगाडि भेट्दै घर प्रवेश गर्ने बाटो निर्माण गरिदिनुपर्ने पहिलो सर्त अगाडि सारे ।
कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य देवराज चालिसे र प्रदेश सभा सदस्य खका उम्मेदवार विन्दुकुमार थापालाई बयोबृद्धादेखि युवापुस्ताले बाटोको बेहाल भएको देखाउँदै चुनावी मुद्धा मात्रै नबनाई विकासको काम गरिदिन आग्रह गरे ।
पोखरा लेखनाथ महागरपालिका वडा नं ८ सिदार्थचोकभन्दा दक्षिण तर्फ भित्री क्षेत्रमा उम्मेदवार दुवै घरदैलोमा जुटेका थिए । घरदैलो अभियानमा रहेको उनीहरुलाई अधिकांश मतदाताले विकासलाई प्राथमिकतामा राख्दै तत्कालै आवश्यकताको बाटो निर्माण गरेर सहयोग गरिदिनुपर्ने माग राखे ।
वडा नं ८ नेपाली काँग्रेसको पकट क्षेत्र मानिन्छ । प्रदेश सभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले व्यवस्थित बस्ती विकाससँगै बस्तीलाई अत्यावश्यक पुर्वाधार निर्माणमा आफनो प्रतिबद्धता जनाए । ‘मेरो उम्मेदवारी समृद्ध समाज निर्माणको लागि हो ।’उनले भने– ‘अत्यावश्यब पुर्वाधार सदैव प्राथमिकतामा रहने छ।’
थापाले अव्यवस्थित बन्दै गएको पोखरालाई व्यवस्थित ढल निर्माण, सडक विस्तार, ट्राफिक व्यवस्थापन, फोहोर मैलाको व्यवस्थापन तथा रिङरोडको अवधारणालाई आफनो घोषणापत्रमा उल्लेख गरेका छन् । घरदैलोमै उनले आफनो एजेण्डालाई सुनाईरहँदा कार्यकर्ता र कलाकार भने संगीतमा रमिरहेका थिए । कलाकार चोलेन्द्र पौडेलले भन्दै थिए–“को कस्तो चिनियो, रुखमै भोट दिनी हो ।”
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं