जिउँदोमा मात्र हैन मरेपछि पनि काँग्रेसले हेर्ने, मृत्यु संस्कारमा १० हजार दिने प्रतिवद्धता

जिउँदोमा मात्र हैन मरेपछि पनि काँग्रेसले हेर्ने, मृत्यु संस्कारमा १० हजार दिने प्रतिवद्धता

congress-social-security

काठमाडौं। नेपाली काँग्रेसले जन्मिनु अघि कोखमा रहेको बेलादेखि मृत्युसम्मका संस्कारमा राज्यको अनुभुति दिलाउने एकिकृत सामाजिक सुरक्षा अवधारणा अघी सारेको छ। यो अवधारणालाई काँग्रेसले कोखदेखि शोकसम्मको नाम दिएको छ।

नेपाली काँग्रेसले आफ्नो घोषणापत्रको सारसंक्षेप यसलाई प्राथमिकताका साथ सार्वजनिक गरेको छ। काँग्रेस प्रचार प्रसार उपसमितिका संयोजक गगन थापाले यसको बारेमा काँग्रेसको तर्फबाट भिडियो समेत जारी गरेका छन्।

वृद्ध भत्ताको नाममा एमालेले राजनीति गरिरहँदा काँग्रेसले कोखमा रहेको बच्चादेखि व्यक्तिको मृत्युसम्मका संस्कारमा राज्यको भूमिका रहने गरि एकिकृत सामाजिक सुरक्षा अवधारणा ल्याएको हो।

यो अवधारणको पहिलो चरणमा कोखमा बच्चा रहेको बेलादेखि बच्चा जन्मेको १ हजार दिनसम्म आमा र शिशुको लागि पोषिलो खाना उपलव्ध गराउन पोषण कुपन उपलव्ध गराउने काँग्रेसले जनाएको छ।

शैक्षिक संस्थामा आवास, खाना, छात्रवृती, ससर्त नगद हस्तान्तरण र ल्यापटप साइकल जस्ता प्रोत्साहन पुरस्कार उपलव्ध गराउने काँग्रेसको एकिकृत सामाजिक सुरक्षा अवधारणाको दोस्रो चरणमा उल्लेख छ।

त्यसैगरि तरुण सीप वृतीलाई पनि एकिकृत सामाजिक सुरक्षा अवधारणामा काँग्रेसले समेटेको छ। यूवा स्वरोजगार एवं वेरोजगार भत्ता उपलव्ध गराउने पनि कााग्रेसले जनाएको छ।

काँग्रेसले अनिवार्य स्वास्थ्य वीमा साथसाथै कृषी, पशुधन दुर्घटना र वेरोजगारी सुरक्षा बीमाको अवधारणालाई पनि अघी सारेको छ।

काँग्रेसले १०० वटा निशुल्क औषधी र विशेष रोगको निशुल्क स्वास्थ्य उपचार गर्ने प्रतिवद्धता पनि एकिकृत सामाजिक सुरक्षा अवधारणामा ल्याएको छ।

गरिवका लागि बर्षको सय दिनको रोजगारको प्रत्याभूती पनि काँग्रेसले गरेको छ।

एकल महिला अपाङग र सीमान्तकृत समुदाय लगायतका लागि निशर्त नगद हस्तान्तरण कार्यक्रम पनि काँग्रेसले एकिकृत सामाजिक सुरक्षा अवधारणामा ल्याएको छ।

ज्येष्ठ नागरिक भत्ता र सेवाआश्रम अन्तर्गत दलित र कर्णालीमा ६० बर्षपछिका व्यक्तिले यो सुविधा प्राप्त गर्न सक्ने काँग्रसको अवधारणामा छ। देशभरका सबै महिलाले ६५ बर्षपछि र वाँकी सबै पुरुषले ७० बर्षपछि यो सुविधा लिन सक्ने व्यवस्था गर्ने गर्ने एकिकृत सामाजिक सुरक्षा अवधारणामा काँग्रेसले प्रतिवद्धता जनाएको छ।

जीवन रहँदा मात्र हैन जीवन सकिएर मृत्यु हुँदा पनि काँग्रेसले मृत्यु संस्कार र सम्मान खर्च स्वरुप १० हजार उपलव्ध गराउने जनाएको छ।

पार्टीका तर्फबाट व्यक्त यो राष्ट्रिय अठोटलाई पअझ वल प्रदान गर्न तथा दे्शलाई एकता शान्तिर समृतद्धीको बाटोमा अगाडी बढाउन लोकतन्त्र र विकासको एजेण्डामा संगठित गर्न र गाउँ नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन प्रतिनिधि सभा र प्रदेश सभामा  काँग्रेसलाई मत दिन पनि आग्रह गरेको छ।

Source – hamrakura.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀