पोखरा, ३० कात्तिक । पत्रकार विजय नेपाल ‘विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार–२०७४’ बाट सम्मानित हुने भएका छन् ।
गीत संगीत क्षेत्रको विकास र संगीतककर्मीको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले पत्रकार नेपाल सहित देशभर ९ जना पत्रकारलाई उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो।
हाल राजधानी दैनिक र आदर्श समाज दैनिकमा कार्यरत नेपाल मोफसलबाट सम्मानित हुने एक मात्र पत्रकार हुन् ।
झण्डै १५ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील पाल्पा स्थायी घर भएका नेपालले अंग्रेजी साहित्यमा एमए गरेका छन् ।
मंसिर २ मा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य समारोहबीच ख्यातिप्राप्त कलाकारको प्रस्तुति साथमा विन्ध्यवासिनी सम्मान तथा संगीत साँझमा पत्रकार नेपालसँगै अमरध्वज लामा, अनुपा श्रेष्ठ, विष्णुप्रसाद गौतम, ध्रुव लम्साल, जीवन पराजुली, मधु शाही, प्रतिमा श्रेष्ठ र रीता लिम्बुलाई नगदसहित सम्मान गर्ने फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी दिइन् ।
यस्तै, यस वर्ष ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७४’ बाट वरिष्ठ गायक दीप श्रेष्ठलाई ५० हजार रुपैयाँसहित सम्मान गरिनेछ । पुरस्कृत प्रतिभाको नाम गठित जुरी कमिटीले छनोट गरेको हो ।
यसैगरी, मुक्तिनाथ विकास बैंकको प्रस्तुति आठौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७४ मा ३२ विधाको मनोनयनमा पर्ने संगीतकर्मीको सोही कार्यक्रममा नामावली घोषणासहित प्रमाणपत्र प्रदान गरिने फाउन्डेसनका सदस्य सुवास रेग्मीले जनाए ।
अवार्ड कार्यक्रम पुस १५ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ । जसमा विन्ध्यवासिनी म्यूजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड, विन्ध्यवासिनी संगीत रत्न सम्मान, विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान र विन्ध्यवासिनी चलचित्र सम्मानसमेत प्रदान गरिनेछ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं