एनआइबिएल क्यापिटल मार्केटस्को सेवा बिस्तार

एनआइबिएल क्यापिटल मार्केटस्को सेवा बिस्तार

Nibl Capital (1)

पोखरा, २९ कात्तिक । एनआइबिएल क्यापिटल मार्केटस् लि.ले सेवा विस्तार गरेको छ ।

पोखरामा बुधबार एक कार्यक्रमका बीच शाखाको उद्घाटन गरिएको छ । सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ अन्र्तगतका विभिन्न सेवाहरु सर्वसुलभ तरिकाले प्रदान गर्न शाखा बिस्तार गरिएको विज्ञप्तिमा उल्लेख छ । उपत्यका भित्र लगनखेल ललितपुर पनि बुधबार नै सेवा सञ्चालनमा आएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले एक समारोहबीच लगनखेल ललितपुरस्थित शाखा कार्यालय उद्घाटन गरेका हुन् । उक्त समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डे, एनआइबिएल क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल, एनआइबिएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे, नेपाल धितोपत्र बोर्डका प्रतिनिधीहरु लगायत नेपाल इन्भेष्टमेन्ट बैंक लि. र एनआईविएल क्यापिटल मार्केटस् लि. का उच्च पदाधिकारीहरु उपस्थित थिए ।

एनआईविएल क्यापिटल मार्केटस् लि. ले शाखा कार्यालयहरुबाट पनि सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट उत्कृष्ट सेवा दिने विश्वस्तका साथ शाखा बिस्तार गरिएको बताइएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैक लि. को सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट्स लि.ले प्रथम चरणमा दुई वटा शाखा विस्तार गरेको नेपाल इन्भेष्टमेन्ट बैंक लि. का प्रमुख धिरज थापाले जानकारी दिए । निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा समेत शाखा कार्यालयहरु खोली आफ्ना सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ सम्बन्धी सेवाहरु सर्वसुलभ तरिकाबाट प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

एनआइविएल क्यापिटल मार्केट्स लि. ले मर्चेन्ट बैकिङ अन्तर्गत निश्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्रको प्रत्याभुति सेवा लगायत सामुहिक लगानी कोष, निक्षेप सदस्य तथा लगानी व्यवस्थापनको सेवाहरु आफ्नो सेवाग्राहीहरुलाई प्रदान गर्दै आइरहेको छ ।

निकट भविष्यमा नेपाल धितोपत्र बोर्डको स्वीकृती लिई परामर्श सेवाहरु समेत संचालनमा ल्याउने बताइएको छ । कम्पनीले हाल बैंक÷वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३१ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀