पोखरा,२९ कात्तिक । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले सत्ता कब्जा गरी हालीमुहाली गर्न गठबन्धनहरुको बनेको बताएका छन्।
संघीय समाजवादी फोरम कास्की क्षेत्र नं. ३ को चुनावी प्रचारप्रसारकै क्रममा अन्नपुर्ण गाउपालिका वडा नं. १ नाउँडाडाचोक आयोजित कोणसभामा बोल्दै नेता गुरुङले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन सत्ता कब्जा गरी हाली मुहाली गर्न बनाइएको दावी गरे।
जनता र मुलुकका लागि उत्तरदायी हुन भने काँग्रेस, एमाले, माओवादी पार्टीका नेताहरुले पटक पटक सत्ता सञ्चालन गरिरहदा किन नेपाल र नेपालीलाई समृद्ध बनाउन सकेनन् उनको प्रश्न छ।
चुनावको बेला आश्वासन बाँड्ने अनि आफ्ना स्वार्थ पुरा गर्नेहरुलाई जनताले साथ दिनेछैनन् उनले भने –‘बैकल्पिक शक्ति संघीय समाजवादी फोरमको मसाल चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गर्दछौं।’
निर्वाचन क्षेत्र नं. ३ चुनाव परिचालन समितिका संयोजक पदमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. ३ प्रदेश १ का उमेदवार सुवेदार तुलबहादुर गुरुङ, समानुपातिक उमेदवार रामबहादुर नेपाली लगायतले बोलेका थिए।
यसैबीच, मसाल चिन्हमा मतदान गर्न आग्रह गर्दै उमेदवारहरु डिलबहादुर नेपाली, सुवेदार तुलबहादुर गुरुङ, रामबहादुर नेपाली, प्रेमराज भण्डारी, तारा नेपाली लगायत प्रचार प्रसार समितिले नाउडाडामा घरदैलो गरेको थियो ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं