पोखरा, २७ कात्तिक। असोज २३ गते सोमबार ४४ जनाको संख्यामा रहेको
बेलायती टोली पोखरा लेखनाथ महानगरपालिका वडा नं २० को मौजामा पुग्यो।
त्यति ठूलो संख्यामा एकैपटक बेलायती नागरिक मौजा पुगेपछि मौजाबासि
अचम्ममा परे। तर त्यो टोलि मौजाको हिमायल माविमा पुगेर जब धमाधम काम
गर्न थाले तब मौजाबासि दंग नै परे। देख्ने वित्तिकै त लाग्यो उनीहरु मौजा
घुम्न आएका होलान् तर कुरा त्यसो रहेनछ एक स्थानीयले भने– ‘जब उनीहरुले
बन्दै गरेको विद्यालय भवनका लागि काम गरे हामी त दंग प¥यौ।’
मौजा पुगेको बेलायती टोली पाँच दिनसम्म विद्यालय भवन निर्माणमा
श्रमदान गरी बेलायत फर्केको छ। पोखरामा रहेको पाहार ट्रष्ट नेपाल
र बेलायतको च्यारिटी च्यालेञ्ज संस्थाको समन्वयमा विद्यालय भवनका लागि श्रमदान
गर्न बेलायती टोलि मौजा पुगेको हो।
उनीहरु श्रमदान गर्न पुगेपछि स्थानीयपनि श्रमदान गर्न झनै उत्साहित बने। मौजामा पुगेर पाँच दिनसम्म श्रमदानगर्न पाउँदा बेलायती नागरिकले पनि खुशी व्यक्त गरे। आफ्नै खर्चमा श्रमदानकालागि उनीहरु मौजा पुगेका थिए। बेलायती नागरिकले विद्यालयका लागि श्रमदान मात्रैगरेन् उनीहरुले आफैले रकम संकलन गरी विद्यालय वरपर बृक्षारोपण गरी ७०वटामा ट्रिगार्ड समेत लगाइदिएका छन्।
बालुवा चाल्ने, ढुङ्गा बोक्ने, रङग लगाउने र सिडी बनाउने काम गरे
विद्यालयका प्रधानाध्यापक मणिराज परियारले भने – ‘उनीहरुले मेहनत र अनुशासनका
साथ भवन निर्माणमा सहयोग गर्दा हामी खुशी भयौ।’
११ कोठामा पठन÷पाठन भइरहेपनि विद्यालय भवन जिर्ण बनेका कारण अहिले
विद्यालयमा चार कोठे पक्कि भवन निर्माणाधिन अवस्थामा छ। पाहार ट्रष्टको ८० र
स्थानीय समुदायको २० प्रतिशत लगानीमा भवन निर्माण गर्न लागिएको ट्रष्टका
महासचिव बिजुलीबहादुर गुरुङको भनाई छ। भवन निर्माणका लागि झण्डै ६५ लाख
५० हजार खर्च लाग्ने अनुमान छ। आउँदो फागुनसम्ममा भवन निर्माण सक्ने
विद्यालयको योजना छ।
एक सय ५० जना विद्यार्थी अध्ययन गरिरहेको हिमालय माविको आर्थिक स्रोत
नहुदाँ विद्यालय संचालनमा कठिनाई भैरहेको छ। पाहार
ट्रष्टले दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यका लागि काम गरिरहेको छ। हालसम्म दुई
सयभन्दा बढि योजनामा काम गरको पाहार ट्रष्ट नेपालका प्रमुख कार्यकारी छवि
गौडेलले जानकारी दिए।
मौजा पुगेका बेलायती नागरिकलाई आँटीघर आमा समूहले दुई दिनसम्म
स्थानीय कला र संस्कृति पनि देखाए। उनीहरुकै सम्मानमा दुई दिनसम्म सांस्कृतिक
कार्यक्रम गरियो। नेपाली मौलिक कला र संस्कृतिमा उनीहरु खुव रमाए फर्किए।
भर्खरै
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं