सिर्जना बरालपोखरा, कात्तिक। चाउरिएको अनुहार, कुप्रिएको शरिर, अनि दाया हातमा
लट्ठी टेकेका। टाउकोमा न्यानो ऊनीको टोपी,खुट्टामा मोजासँगै चप्पल,
हातमा पञ्जा अनि कोट लगाएका। नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका
वडा नं १२ को घरदैलो हुदाँ भेटिएका ८२ वर्षका बृद्व फत्तेबहादुर कार्की
थिए।
काँग्रेससँग जुध्नका लागि बामगठबन्धन आइरहेका बेला प्रजातन्त्र खतरामा पर्न लागेको निष्कर्ष सहित बुढ्यौली बिर्सेर घरदैलोमा सहभागि भए।
नेपाली काँग्रेसको चार तारे झण्डा बोकेर जोस÷जागर सहित घरदैलोका लागि लम्किएका उनी सवैका लागि आकर्षण बने। उनले घरदैलोमा सहभागि तथा
उम्मेदवार समेत रहेका कानुन मन्त्री यज्ञबहादुर यज्ञबहादुर थापा र कास्की काँग्रेस
सभापति कृष्ण केसीलाई आशिर्वाद समेत दिए। उनले आशिर्वादले उम्मेदवारलाई
समेत हौसला थप्यो।
घरदैलोमा सहभागि एक नेताले भने – ‘तपाई यो उमेरमा पनि हामीसँग
घरदैलोमा सहभागि हुनुहन्छ। यो हाम्रो लागि गर्वको बिषय हो। तर
तपाईलाइ यसरी हिड्न गाह्रो हुनेछ । तपाइ गाडीमा बसिदिनुस्।’
घरदैलोमा सहभागि सबैले उनलाई सवारी साधनमा नै हिड्न अनुरोध गरे। तर
उनले मान्दै मानेनन् । खुट्टाले हिडेर नै घरदैलो कार्यक्रम गर्ने अनि प्रदेश
र प्रतिनिधिसभाको चुनावमा नेपालि काँग्रेसले नै जितेको हेर्ने रहर रहेको
बताए ।
उनले भने – ‘काँग्रेसलाई जिताउने जति पनि हिड्न तयार छु। तर देश र
जनताको हितको लागि काँग्रेसले जित्नै पर्छ।’ काँग्रेसले चुनाव जितेको हेर्ने
रहर बोकेका फत्तेबहादुर दिनभर उत्साहका साथ घरदैलो गरे।
आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि
युवा वर्ग मात्र होइन बृद्धबृद्धाको पनि जोस÷जागर र उत्साहमा कमि छैन।
आफ्नो पार्टीलाई जिताउन हरेक पार्टिका नेता तथा कार्यकर्ता कम्मर कसेर
लागिपरेकै छन्। यसरी लागिपर्नेमा काँग्रेसको पक्षमा चट्टान जस्तै गरी उभिएका
ती बृद्व एक फरक उदाहरण हुन्।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं