कास्कीका तीनै क्षेत्रमा काँग्रेसको चुनावी माहौल

कास्कीका तीनै क्षेत्रमा काँग्रेसको चुनावी माहौल

DSC00057

पोखरा, २४ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुलाई जिताउनका लागि नेपाली काँग्रेस कास्कीले प्रचारलाई तिव्रता दिएको छ ।

नेपाली काँग्रेस कास्कीले उम्मेदवारहरुका लागि प्रचार तालिका नै बनाएर प्रचारप्रसारलाई तिव्रता दिएको हो ।

प्रदेश र प्रतिनिधिसभामा उम्मेदवारी दिएका कास्की काँग्रेसका ९ जना प्रत्यक्ष सहित समानुपातिक उम्मेदवारहरुलाई समेत हामीले सेड्युल उपलब्ध गराईसकेका छौँ’ नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले भने – ‘एकदमै व्यवस्थित तरिकाले उहाँहरुको घरदैलो र चुनावी सभाको तयारी गरेका छौँ ।’

नेपाली काँग्रेस क्षेत्र नं १(ख) कास्कीले पनि घरदैलोलाई तिव्र पारेको छ। मङ्गलबार पोखरा लेखनाथ महानगरपालिका वडा नं १० मा घरदैलो गरेको काँग्रेसले बुधबार वडा नं १२ र बिहीबार वडा नं १३ मा घरदैलो गरेको निर्वाचन परिचालन समितिकी संयोजक सरस्वती गुरुङले जानकारी दिईन्।

घरदैलोमा कानुन मन्त्री तथा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदबार यज्ञबहादुर थापा, कास्की जिल्ला सभापति एवं प्रदेश १(ख)का उम्मेदबार कृष्ण केसी, क्षेत्र नं १ का सभापति बृजमान गुरुङ लगायतका नेता तथा कार्यकर्ता सहभागि थिए।

यसैवीच, पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ पुरानोधारामा स्थापना गरिएको इकाइको प्रचार कार्यालय पनि उद्घाटन गरिएको छ।

कार्यक्रममा कानुन मन्त्री एवं क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदबार यज्ञबहादुर थापाले लोकतन्त्र जनताको चाहाना भएको उल्लेख गरे। उनले काँग्रेसले मात्र मुलुकको हित गर्न सक्ने दावी गरे।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले ढुक्क भएर काँग्रेसमा मतदान गर्न आग्रह गरे।

कास्की काँग्रेसका सभापति एवं प्रदेश १(ख)का उम्मेदबार कृष्ण केसीले राष्ट्रसेवा र जनसेवाका लागि समर्पित भएर लाग्ने बताए।

त्यसअवसरमा समानुपातिक उम्मेदबार रसकुमारी गुरुङ, काँग्रेस क्षेत्र नं १ कास्कीका सचिव कृष्ण कोइराला लगायतले बोलेका थिए।

नेपाली काँग्रेस क्षेत्र नं २ को सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। कार्यालयको उद्घाटनगर्दै नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले देशको गतिशिलताका लागि काँग्रेसको विकल्प नभएको उल्लेख गरे ।

तलब भत्ता लिन्न – चालिसे

नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले चुनाव जितेपछि सांसदको तलवभत्ता नलिने घोषणा गरेका छन् ।

क्षेत्र नम्बर २ को चुनावी प्रचार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सांसदको लागि आउने तलवभत्ता पूरै वालवालिकाको शिक्षा र पोखराको विकासका क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाए ।

कास्की क्षेत्र नम्बर २ (ख)का प्रादेशिक उम्मेदवार गुरुप्रसाद बरालले वाम गठबन्धनबाट संविधान कार्यान्वयनमा ब्यवधान खडा भएको बताए । उनले दुवै कम्युनिष्ट पार्टीले ४ पटकसम्म सरकारको नेतृत्व गर्दा देशलाई गति दिन नसकेको भन्दै संविधान विरोधी पार्टीलाई जनताले मतबाटै पाखा लगाउने बताए ।

कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाले २०७० मा ब्यहोरेको क्षति अहिलेको चुनावले फर्काउने बताए । स्थानीय चुनावमा पनि हामी पराजीत भयौं, उनले भने–सबै चुनावको सावा ब्याज सहित अहिले फर्काउने बेला आएको छ । हामी क्षति असुल गरिछाड्छौं ।’

नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ बाट समानुपातिक प्रतिनीधि सभाका उम्मेदवार आनन्दराज मुल्मीले कम्युनिष्टका चिल्ला कुराले देशमा खतरा निम्त्याएको बताए । गठबन्धन अनैतिक प्रकृतिको भएको भन्दै उनले एमालेसँग राजनीतिक सिद्धान्त नभएको बताए ।

त्यस्तै निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस कास्की वडा नम्बर ८ मा कार्यकर्ता भेला भएको छ।

नेपाली काग्रेस कास्की क्षेत्र नं १ मा पनि काँग्रेसका उम्मेदवारहरुले घरदैलो कार्यक्रम शुरु गरेका छन् । त्यस्तै, कास्की क्षेत्र नम्बर ३ पनि काँग्रेसका उम्मेदवारहरु प्रचारमा खटिएका छन्।

प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार शुक्रराज शर्मा सहित प्रादेशिक उम्मेदवारहरु शारदा पौडेल, शिकन्दर गुरुङ ‘भोजबहादुर’ र अन्य समानुपातिक उम्मेदवारहरु पनि भोट अपिल गर्दै आफ्नो क्षेत्रमा दौडधुप गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
09 Dec · Rastra · USD/EUR
https://fiddleandpick.com/instructors/ Nepal Rastra bank
Ambien Without Rx Check: 09 Dec 2025 00:30 UTC
https://thermocomfort.ca/st-catharines/ Latest change: 08 Dec 2025 18:19 UTC
Buy Klonopin API: CurrencyRate
https://thermocomfort.ca/contact/ Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://www.alyssasmusic.ca/studio-information/studio-policy/ Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.12
Indian Rupee 
Indian Rupee
90.03
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.47
US Dollar 
US Dollar
1
09 Dec · FX SourceRastra 
go Nepal Rastra bank
https://llleaguesportsvideos.com/?p=51515 Check: 09 Dec 2025 00:30 UTC
Tramadol Prices Latest change: 08 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀