‘फोटो खिच्न सधैं उक्साउने पोखरा’ (फोटो फिचर)

‘फोटो खिच्न सधैं उक्साउने पोखरा’ (फोटो फिचर)

Rupa Begnas

शरद ऋतु। खुलेको मौषम। आँखैमा टाँस्सिन आइपुग्ने अन्नपूर्ण र कुमारी माछापुच्छ्रे। फेवातालको कञ्चल पानी। अनि त्यही पानीमा देखिने अन्नपूर्ण र माछापुच्छ्रेको छायाँ। र, प्रविधिले हातहातै थमाइदिएको क्यामेरासहितको मोवाइल फोन।

तपाईँ फेवातालतिर हुनुहुन्छ भने कानमा ठोक्किन आइपुग्छ– खिचिक्क, खिचिक्क, खिचिक्क ! मोवाइल मात्र हैन,ठूला क्यामेराको ‘सटरस्पिड’ दबाउनेहरुको पनि कमी हुँदैन यहाँ।

पोखराका तन्नेरी फोटो पत्रकार कृष्णमणि बरालले भने, ‘हेर्दा लाग्छ, पोखरा देशकै सबैभन्दा बढी फोटो खिचिने ठाउँ हो।’ उनी मात्र कहाँ हो र? पोखराका पाका फोटोग्राफर विश्व शाक्यको अनुभव पनि उस्तै छ। ‘सुन्दर पोखरालाई तस्वीर उतार्ने हिमाल खुलेकै बेला हो’, पोखराका पुराना फोटोग्राफर विश्व शाक्यले भने, ‘हातहातमा मोवाइल भएपछि त झन के चाहियो?’

आफूले उतारेकामध्ये सरद ऋतुकालीन तस्वीरहरु नै बढी मात्रामा राम्रा र देश विदेश पुगेको सुनाउन समेत भ्याए। त्यसो त, पोखरा हरेक मौषममा सुन्दर रहेको बताउन उनी चुकेनन्।

२०२० सालतिरदेखि फोटो खिच्न थालेका र वरपरको दृष्यलाई ‘पैसा’मा परिणत गर्ने श्रेय पाएका उनले असोजबाट माघसम्म पोखराको सबै ठाउँ फोटो खिच्नको लागि उपर्युक्त भएको बताए।

धान पाकेको, गाउँले आइमाईहरुको दैनिकी तथा सुन्दर हिमालको संयोजन मिलाएर फोटो खिच्दै आएका उनले भने, ‘क्याप्सन नै नेलेखे पनि यो फोटो पोखराको हो भनेर चिनिनुले पनि पोखरा फोटोग्राफरको लागि प्रिय ठाउँ भएको हो।’

पोखराका पुराना डाक्टर कुमार शमशेर राणाको घरमा पोखराकै हिमालको तस्वीर देखेपछि पोखराको सौन्दर्यलाई बेच्न सकिन्छ भन्ने सोच बनाएका उनले स्वदेशी र विदेशीलाई माछापुच्छ्रे, अन्नपूर्ण र फेवाताल लगायतका दृष्यको सयौँ तस्वीर बेचेको सुनाए। बढीमा ८ हजार रुपैयाँसम्ममा एउटा फोटो बेचेको उनलाई याद छ।

त्यसो त, पोखराको सुन्दरतालाई शब्दमा र तस्वीरमा वर्णन गर्न थालिएको भने धेरै भयो। बिहानको लालीमासँगै माछापुच्छ्रे र अन्नपूर्ण फेवातालमा पौडी खेल्छन्। दिन ढल्दै जाँदा माछापुच्छ्रे र अन्नपूर्णले रुप बदल्छन् अनि तामाजस्तै टल्कन्छन्। हावाको दूरीमा पोखराबाट करिब ३५ किलोमिटर टाढा रहेका माछापुच्छ्रे र फेवातालबीचको यही साइनोलाई गायक प्रेमप्रकाश मल्लले शब्दमा उतारे। र, भने, ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै’छ, पोखरा त साँच्चिकैको पोखरा पो रै’ छ …।’

अझ, नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेलेका जापानी भिक्षु इकाइ कागागुचीले सन् १८९९ मा पोखरा भ्रमण गरेपछि भनेका थिए, ‘यदि संसारमा कहिँ स्वर्ग छ भने त्यो पोखराको उत्तरी भागबाट सुरु हुन्छ।’

उनको यो भनाईलाई माछापुच्छ्रे र अन्नपूर्णको सुन्दर दृष्यले लोभिएका स्वीस नागरिक टोनी हेगनले तस्वीरमार्फत् संसारभर पुर्‍याउने काम गरे। सन् १९५० ताका नेपालको १४ हजार किलोमिटर भूभाग पैदल यात्रा गरेका उनले पोखराको सुन्दर तस्वीरलाई विश्वमाझ पुर्‍याएका थिए।

हेगनको तस्वीरमा देखिने स्वच्छ फेवाताल र त्यसमा माछापुच्छ्रे, अनि अन्नपूर्णको छायाँले नेपाललाई अद्धितीय सुन्दरता भएको राष्ट्रको रुपमा परिचय दिएको समेत दिएको छ।

पोखरा र वरपरको यति नै तस्वीर खिचियो भन्ने आँकडा नभए पनि त्यो करोडौँ सङ्ख्यामा भएको अग्रज फोटो पत्रकार विश्व शाक्यको अनुमान छ। पछिल्लो समय प्रविधिमा आएको विकास र हातहातमा हुने क्यामेराका कारण त्यो संख्या अझ बढेको उनको अनुमान छ।

त्यसो त, नेपालीहरुले मात्र नभएर केही प्रख्यात विदेशी फोटोग्राफरले समेत पोखराको तस्वीर व्यवसायिक रुपमै विश्वमाझ पुर्‍याएका छन्। शाक्यको विचारमा, पोखरा र वरपरका दृष्य समेटिएका सयौँ पोष्टकार्ड र फोटोहरु विश्वमाझ पुगेका छन् र अधिकांश फोटाहरु असोजदेखि माघसम्म खिचिएका नै छन्।

तर, बढ्दो प्रदुषणले पोखरा पहिलाजस्तो भने छैन। पोखरामा अग्ला घर बनेपछि हिमाली दृष्य छेकिन थालेको छ भने फोहरले फेवातालमा माछापुच्छ्रेको छायाँ परेको दृष्य हेर्न समेत धौ–धौ पर्न थालेको छ।

पाका फोटो पत्रकार विश्व शाक्यको भनाइमा, सुन्दर दृष्यले नै मानिसलाई फोटो खिच्न उक्साउने गर्छ। फोटो खिच्न मान्छेलाई उक्साइहाल्ने पोखरासँग जादू भएको उनको ठम्याई छ।

वाशुदेव मिश्र/नेपाल खबर

फोटो खिच्न सधैं उक्साउने पोखरा

तस्वीरहरु : अशेष शाक्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀