नेपालकै नमुना रंगशाला बन्ने भो पोखरामा । कस्तो हुनेछ ? राखेप सदस्यसचिव बिस्टले खुलाए

नेपालकै नमुना रंगशाला बन्ने भो पोखरामा । कस्तो हुनेछ ? राखेप सदस्यसचिव बिस्टले खुलाए

Pokhara-Rangasala-color

गण्डक न्युज पोखरा, २० कार्तिक / प्रतियोगिता सञ्चालन तथा खेलाडी प्रशिक्षणका लागि मुलुकमै पहिलो इण्डोर हल सुविधाको डोम पोखरा रंगशालामा निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टका अनुसार काम सुरु भएको ६ महिनाभित्रै निर्माण सम्पन्न हुने गरी एकदुई दिनमै टेण्डर आह्वानको तयारी छ ।

पोखरा रंगशालामा निर्मित भलिबल प्रशिक्षण केन्द्र तथा मिडिया सेन्टर शुभारम्भ अवसरमा उनले सागको पूर्व तयारी गर्न मिल्ने गरी तयारी भएको जनाए । त्यसको लागि बैदेशिक सहयोगको लागि आग्रह समेत गरिएको उनले बताए । । ‘११ करोडको लागतमा ६ महिनामा सक्ने गरी टेण्डर आह्वान हामी आजभोलि नै गर्नेछौं ।’ विष्टले भने– ‘नेपालमै पहिलो पटक यस्तो सुविधासम्पन्न ईन्डोर हल सहितको डोम पोखरा रंगशालामा बन्नेछ ।’

मिडिया सेन्टरको चाबी पत्रकार महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठ र खेलकुद पत्रकार मञ्च कास्की सचिव रञ्जन अधिकारीलाई हस्तान्तरण गरिँदै

 सचिव विष्टले एक वर्षभित्र पोखरा रंगशालामा कायापलट हुने दाबी गरे । साफ गेमसम्म विदेशीलाई समेत लोभ्याउने गरी पूर्वाधार तयार हुने उनको भनाई छ । सागको लागि पोखरामा एक अर्ब रुपैयाँको प्यारापिटसहितको भौतिक पुर्वाधार एक वर्षभित्रमा निर्माण गरिने बताए ।

अहिले मुलुकभर १२ सय २१ वटा पूर्वाधारका काम भईरहेको जानकारी दिँदै उनले वर्षमा ९२ पदक ल्याउने नेपालले अहिले ३५८ पदक ल्याएको बताए । आगामी वर्ष ५०० पदक ल्याउने उनको ठोकुवा छ । दुई वर्षमा आफूले खेलकूदको विकासमा ठूलो योगदान पु¥याएको भन्दै उनले १३ औं साग सहित आठौं राष्ट्रिय खेलकुद समेत अब दुई वर्षको बाँकी कार्यकालमै गर्ने जनाए । ‘१३ औं सागका छ वटा खेल पोखरामा हुने निश्चित भईसकेका छन् । अझै एक दुई खेल थप्न सकिनेछ । त्यतिबेलासम्म भौतिक पूर्वाधार कति बन्छन् हेरौं– उनले भने– ‘आठौं राष्ट्रिय खेलकुदका लागि पनि अब आउँदो भदौमा जिल्ला छनौट, तिहार छठपछि राष्ट्रिय प्रतियोगिताहरु हुनेछन् । नेपालगञ्ज र दाङ केन्द्रित गरेर मध्यपश्चिमाञ्चलमा आठौं राष्ट्रिय खेलकुद हुनेछ । ’ उनले राखेप च्याम्पियनशीपका केहि खेलहरु समेत पोखरामै हुने जनाए ।

प्याराग्लाईडिङमा पनि नेपालले एशियामा अवार्ड जित्ने सम्भावना रहेको जनाउँदै उनले ईन्डोनेशियामा हुने प्रतियोगितामा सहभागी हुने सोच रहेको उल्लेख गरे । खेलाडीहरुलाई अब खेलेरै बाँच्न सक्ने गरी अघि बढेको बताए । ‘अबको १० वर्षभित्रमा सबैभन्दा आकर्षक क्षेत्र खेलकुद हुनेछन् । पदक विजेता मात्र होईन, राष्ट्रिय खेलाडीले भत्ता सहितको सुविधा पाउनेछन् । ढुक्क भएर खेलकुदमा समर्पित हुनुहोस्’ – विष्टले भने– ‘अब डाक्टर, ईन्जिनियर, हाकिम भन्ने कुरा गौण हुनेछन् । विश्वलाई हेर्नुस् न, लोकप्रिय, धनी, सेलिब्रेटी खेलाडीहरु नै छन् ।’

कार्यक्रममा भौतिक पुर्वाधार निर्माण संयोजक एवं खेलकुद मन्त्रीका सल्लाहकार विजय बस्नेतले पोखरा रंगशालामा भौतिक पूर्वाधारका लागि बजेट अभाव नहुने बताए । ‘बजेट अभावको चिन्ता नगर्नुस् । बरु सागका आधा खेल नै पोखरा ल्याउने गरी अघि बढ्नुस् । सहयोगका लागि तयार छौं’ उनले भने ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई खेलकुदको राजधानी बनाउन अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने खुड्किलो उक्लन सुरु भएको बताए । ‘भलिबल प्रशिक्षण केन्द्रबाट सुरु भयो । क्रिकेट, फुटबल, स्वीमिङपुल, ह्याण्डबल, एथ्लेटिक्स ट्रयाक, मार्सल आर्टस्का सम्पूर्ण विधालाई समेट्दै तल्लो भागको स्केटिङसम्म पुग्नेछौं’ उनले भने– ‘अब पोखरामा फेवाताल, माछापुच्छ«े मात्र हुने छैनन् । गौरवलायक नमुना रंगशाला हामीमाझ हुनेछ ।’ उनले पूर्वाधार भएमात्र पदकको आश गर्न सकिने भएकाले अब पदक प्राप्त गर्ने दिन टाढा नभएको बताए । यस्तै, भलिबल कोर्टमा फाईवर विछ्याएर सागको वामअर्प गर्न पोखरा आउन सक्ने वातावरण तयार हुने गरी अघि बढेको जनाए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मिडिया सेन्टरले पत्रकारलाई समाचार सम्प्रेषणको लागि सहज हुने विश्वास व्यक्त गर्दै बहुउद्देश्यीय हलमा ठूलो कन्फरेन्स हलसहितको सुविधा उपलब्ध गराउन माग गरे । उनले मिडिया सेन्टर झट्ट सुन्दा पत्रकारका लागि भएपनि यो आयोजककै लागि उपयोगी रहने बताए ।

मिडिया सेन्टरको सञ्चालनको जिम्मा पाएको नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका सचिव रञ्जन अधिकारीले मिडिया सेन्टरको सुरक्षा र व्यवस्थापन पक्ष महत्वपूर्ण भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए । रंगशालाको अग्रभाग नै भलिबल प्रशिक्षण केन्द्र भएकाले यसलाई आकर्षक बनाउन आग्रह गरे । सञ्चारकर्मी दिनेश डिसीले पश्चिमाञ्चलका खेल गतिविधि राष्ट्रिय मिडिया ओगट्न सफल भएको भन्दै आफूले पनि सक्दो सहयोग गर्ने बताए । जिल्ला खेलकुद विकास समिति, कास्कीका अध्यक्ष यामबहादुर गुरुङले धन्यवाद ज्ञापन तथा भलिबल संघका केन्द्रिय सचिव डिबी नेपालीले कार्यक्रमको सञ्चालन गरेका थिए । मिडिया सेन्टरको चाबी पत्रकार महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठ र खेलकुद पत्रकार मञ्च कास्की सचिव रञ्जन अधिकारीलाई तथा खेलकुद प्रशिक्षण केन्द्रको गेटको चाबी जिल्ला खेलकुद विकास समिति अध्यक्ष यमबहादुर गुरुङ र कार्यालय सचिव प्रकाश बरालाई हस्तान्तरण गरिएको थियो ।

पोखरा रंगशालामा ९४ लाख लगानीमा भलिबल प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । १४ रोपनी जग्गामा सात सयजनाले एकै पटक बसेर हेर्ने गरी चार कोर्ट क्षमताको भलिबल प्रशिक्षण स्थल तयार छ । यस्तै, १९ लाख लागतमा मिडिया सेन्टर निर्माण भएको हो । मिडिया सेन्टरमा अहिले दशवटा कम्प्युटर, दुई ल्यापटप, प्रोजेक्टर, प्रिन्टर, द्रुत गतिको ईन्टरनेट सुविधा रहेको नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए । । समाचार सम्प्रेषण गर्न सहजताको लागि सञ्चालित मिडिया सेन्टर बहुउद्देश्यीय भवन निर्माण पश्चात फराकिलो स्थानमा सर्नेछ । १४ करोडको बहुउद्देश्यीय भवन निर्माणको अन्तिम चरणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀