२० कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सार्वजनिक बेइज्यती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् ।
पूर्वराष्ट्रपति यादव ललितपुर- ४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्दै आएको थियो ।
घरबेटी विष्टले सोमबार एउटा राष्ट्रिय दैनिक पत्रिकाको पाँचौं पृष्ठमा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र भाडा तिरेर घर खाली गरिदिन भनेका छन् ।
घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा भनिएको छ-‘सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी १०७४/४/१ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भर्इ जाने व्यहोरा सादर अनुरोध छ ।’
हेर्नुहोस् सूचना

पूर्वराष्ट्रपति यादवलाई राष्ट्रपति कार्यालय शीतल निवासले आवास सेवा उपलब्ध गराउँदै आएको विष्टले जारी गरेको सूचनामा उल्लेख छ । तर, गत साउनदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्टपछि यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा नतिरेको विष्टले गुनासो गरेका छन् ।
घरबेटीले भनेका छन्, घरबहाल सम्झौता नवीकरण नगरी बहाल तथा विजुलीको बिल रकमसमेत भुक्तानी नगरी जबरजस्ती रुपमा बस्ने बसाउने कार्य भइरहेको छ ।
आफूले राष्ट्रपति कार्यालय शीतलनिवास र पूर्वराष्ट्रपति यादवलाई पनि पटक-पटक ताकेता गर्दा पनि घरबाट नहटेकाले बाध्य भएर सूचना जारी गर्नुपरेको घरबेटीको तर्क छ ।
नेपाल सरकारले उच्च सम्मान गर्नुपर्ने पूर्वराष्ट्रपतिले भाडा तिर्न नसकेर यस्तो सूचना निस्कनु स्वयं पूर्वराष्ट्रपतिको त अपमान हो नै, यसबाट सिंगै राष्ट्रले लज्जित हुनुपर्ने अवस्था देखापरेकाे छ ।
सरकारले पूर्वप्रंधानमन्त्रीलाई समेत मासिक घरभाडा उपलब्ध गराउँदै आएको छ ।
Onlinekhabar
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं