पोखरामा कुलोको पानीबाट २ सय वाट बिजुली, कसरी निकालिन्छ ? हेर्नुहोस्

पोखरामा कुलोको पानीबाट २ सय वाट बिजुली, कसरी निकालिन्छ ? हेर्नुहोस्

Cappa 1

पोखरा, १९ कार्तिक/ डाइनामो जडित सानो मेसिन । मात्र ५७ किलोग्रामको तौल । बगेको सानो कुलो । पोखराको बिरौटोमा रहेको रामन्दिरनेरको नहरमा राख्नासाथ डाइनामो घुमिहाल्यो । राममन्दिर क्षेत्र उज्यालो बनिहाल्यो ।

नेपाल सरकार, जनसङ्ख्या तथा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र,जापानिज सहयोग नियोग (जाइका), पोखरा उद्योग वाणिज्य संघ तथा इवासेईको संयुक्त पहलमा राममन्दिर प्राङ्गणमा पिको हाइड्रोपावर जेनेरेटर (काप्पा) को प्रथम प्रदर्शनीको दृष्य थियो यो ।

जापानी नागरिक नोरियो किकुजीको नविनतम् खोजको उपज हो काप्पा । अक्सफोर्डकाउ उत्पादन किकुजीले बनाएको यो मेसिनबाट विद्युत उत्पादनको लागि जलासय वा कुनै उच्च बाँध चाहिँदैन । सामान्य बगेको कुलेसामा काप्पा राख्नको लागि न त कुनै दक्ष प्राविधिक नै आवश्यक पर्छ । विद्युतीकरण नभएको नेपालका दूर दराज क्षेत्रमा खेर गइरहेको पानीबाट २ सय वाटसम्म उत्पादित उर्जा विद्युतीय सामाग्री चार्ज गर्न तथा बत्ती बाल्न प्रयोग गर्न सकिन्छ । यो परियोजनाबाट उत्पादन भएको विजुली राम मन्दिर र वरपर प्रयोग भएको छ ।

‘सन् २०११ तिर जापानमा गएको भूकम्पले उर्जा आपूर्तिमा रोकिएपछि मैले सानो कुलोबाट आफूलाई आवश्यक पर्ने उर्जा उत्पादनको कल्पना गरेँ’, नोरियो किकुजीले भन्नुभयो,‘ यो प्रविधी नेपालजस्तो उर्जा संकट झेलिरहेको देशको लागि आवश्यक ठानेर यहाँ परीक्षण गरिएको हो ।’

करिब २० लाख लागतमा निर्मित डाइनामोसहितको मेसिन नेपालको हिमाली क्षेत्रको लागि उयगोगी हुने उहाँले सुझाउनुभयो ।जापानिज सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा संचालित यो परियोजनाअन्तर्गत पोखराको राममन्दिरसहित पोखरा लेखनाथ महानगरपालिका–१९ मा अवस्थित भारती भवन उच्च मावि तथा मादी गाउँपालिका–९स्थित चण्डिका प्राविमा पनि निकट भविष्यमा यो प्रविधी हस्तान्तरण हुने प्रवद्र्धनमा सघाएको पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिनुभयो ।

जाइकाका आवासीय प्रतिनिधी जुन साकुमाले खेर गई रहेको साना कुलो कुलेसाबाट उत्पादित विजुलीबाट हिमाली राज्य नेपालको ग्रामीण क्षेत्रको जीवनस्तर सुधारको लक्ष्य लिएको बताउनुभयो । निर्माण कम्पनी इवेसेईले नेपाली कच्चापदार्थ प्रयोग गरी कमभन्दा कम लागतमा यसको नेपालमै उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले नेपालमै निर्माण हुँदा यसको लागत ४ लाख रुपैयाँको हाराहारीमा हुन सक्ने अनुमान पनि लगाउनुभयो ।

निर्माण कम्पनाी इवेसेइका अध्यक्ष किकुजीले काप्पा जस्तै प्लाष्टिकको बोतलजत्रो साइजमा रहेको तथा १।५ मिटर उचाई भएको सानो झरनामा राख्न सकिने ‘किग्यो’ प्रविधीलाई पनि नेपालको ग्रामीण भेगमा प्रवद्र्धन गर्ने योजना अगाडि सार्नुभएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका रत्नबहादुर थापाले नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई मध्यम आययुक्त देश बनाउने लक्ष्य लिएको तर त्यो मितिसम्म नेपालीको विद्युतसम्मको पहुँच ७४ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको अवस्थामा नेपालको गरिबी घटाउनको लागि समेत यो प्रविधी सहायक हुने अपेक्षा राख्नुभयो । राममन्दिरमा जडित काप्पा जलविद्युत परियोजनाको कास्कीका प्रमुख जिल्ला अधिकारी तानानाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपालस्थित जापानी दूतावासका सल्लाहकार नारुओ कातेले ग्रामीण क्षेत्रमा उर्जाको सहज उपलब्धताले उद्यमशीलतामा वृद्धि हुने अपेक्षा राख्नुभयो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाल र जापानबीचको लामो मित्रता र सहयोगको चर्चा गर्दै काप्पा जलविद्युत परियोजनाले नेपालका दूरदराजका गाउँहरुलाई उज्यालो बनाउनमा मद्धत पुग्ने आशा व्यक्त गर्नुभयो ।

राममन्दिर व्यवस्थापन समितिका अध्यक्ष लिलाभक्त आचार्यले राममन्दिरमा जडित काम्पाको दीर्घकालीन सदुपयोगको लागि आफू निरन्तर लागिरहने बताउनुभयो । वडा नम्बर १७का वडाध्यक्ष तीर्थराज अधिकारीले यो प्रविधीलाई वडाका अन्य क्षेत्रमा समेत उपयोग गर्नेबारे आफूहरुले अध्ययन थालेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀