सहारा साँझ हङकङबाट बचत साढे २२ लाख मध्ये पोखरालाई १५ लाख, विद्यालयलाई ५ लाख

सहारा साँझ हङकङबाट बचत साढे २२ लाख मध्ये पोखरालाई १५ लाख, विद्यालयलाई ५ लाख

sahara hongkong (3)

हङकङ । सहारा क्लव हङकङले आयोजना गरेको तेस्रो सहारा साँझबाट २२ लाख ५३ हजार पाँच सय सात रुपैयाँ (१७०,७६ हङकङ डलर) बचत भएको छ ।

संस्थाले आईतवार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरेको हो । संस्थाका सहकोषाध्यक्ष कुमार गुरुङले सार्वजनिक गरेको आयव्यय विवरण अनुसार संस्थाले तेस्रो सहारा साँझबाट ४७ लाख ८१ हजार पाँच सय ६७ रुपैयाँ (३६०,८७३ हङकङ डलर) आम्दानी गरेको छ भने २५ लाख २८ हजार साठी रुपैयाँ (१९०,७९७ हङकङ डलर)खर्च भएको छ ।

आत्मासाक्षी राखी “मन बचन कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्देश्यका साथ स्थापित सहारा हङकङले जेठको तेस्रो साता सञ्चालन गरिएको तेस्रो सहारा साँझबाट बचत रकममध्ये १५ लाख रुपैयाँ सहारा एकेडेमी पोखरालाई सहयोग गर्ने उद्घोष गरेको छ भने पाँच लाख रुपैयाँ भुकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक हैबुङको माध्यमिक विद्यालयलाई भवन निमाणार्थ सहयोग गर्ने भएको छ ।

कार्यक्रममा बोल्दै सहारा क्लव हङकङका प्रमुख सल्लाहाकार तुलसी कुमार गुरुङले तेस्रो सहारा साँझ सफल भएकोमा खुसी व्यक्त गरे । उनले हङकङ जस्तो व्यस्त शहरमा हुने अधिकांश कार्यक्रम असफल हुने बताउँदै सहारा हङकङले जति सहयोग रकम संकलन गर्न सक्यो त्यो निकै कठिन कार्यले सम्भव भएकोमा टिमलाई धन्यवाद दिए । साथै, उनले पव्लिकको रकम कत्ति पनि तलमाथि पार्न नहुने बताए ।

कठिन परिस्थिती एवं विपन्न वर्गका बालकहरुको सहयोगार्थ आयोजना गरिएको तेस्रो सहारा साँझ सम्पन्न गर्नको लागि कार्यक्रमको मुख्य प्रायोजकमा ईन्द्र बराह ज्वेलरी, सहआयोजकमा समाजसेवी तथा कानुन व्यवसायी देव गुरुङ, गोल्ड प्रायोजकमा सहारा क्लव हङकङका प्रमुख सल्लाहाकार तुलसी कुमार गुरुङ र प्रायोजितमा तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ (कान्छा)ले सहयोग गरेका थिए ।

कार्यक्रममा हङकङ सरकारबाट चिप एक्जुकेटिभ अवार्डबाट सम्मानित व्यक्तित्व सहारा क्लव हङकङका सल्लाहाकार तथा एनआरएन हङकङका अध्यक्ष राधिका गुरुङ (टिका) लगायत सहारा हङकङलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

क्लवका अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब सरोज गुरुङ (खम ) र स्वागत मन्तव्य क्लवका उपाध्यक्ष तथा तेस्रो सहारा साँझ कार्यक्रमका संयोजक वृmष्णकुमारी गुरुङ (रेणुका ) ले गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
16 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 15 Sep 2025 18:30 UTC
Latest change: 15 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.14down
Indian Rupee 
Indian Rupee
88.17down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.73
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
147.48down
US Dollar 
US Dollar
1
16 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 15 Sep 2025 18:30 UTC
Latest change: 15 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀