सुत्केरीको मृत्युपछि जिएमसी तनावग्रस्त, आफन्त आन्दोलित, प्रहरीले पारे तितरवितर

सुत्केरीको मृत्युपछि जिएमसी तनावग्रस्त, आफन्त आन्दोलित, प्रहरीले पारे तितरवितर

GMC 1

Zolpidem Purchase रञ्जन अधिकारी पोखरा, १८ कार्तिक / सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । शुक्रबारदेखि नै आन्दोलित उनीहरु शनिबार मध्यान्ह नयाँबजार सडक नै बन्द गरी टायर बालेर अस्पताल, प्रशासन र प्रहरी विरुद्ध नाराबाजीमा उत्रिए ।

शल्यक्रिया मार्फत छोरो जन्माएकी स्याङ्जा अर्जुनचौपारी १ की गीता अर्याललाई शुक्रबार बिहान ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । १९ वर्षीया अर्यालको मृत्यु अस्पतालको लापरबाहीले सुत्केरी हुँदैमा भएको र एक हप्तासम्म बेहोस् भन्दै घटना लुकाएको आफन्तजनको आरोप छ । अस्पतालले भने खण्डन गरेको छ ।

गत कार्तिक १० गते शुक्रबार बेलुकी जिएमसी पुगेकी अर्यालले भोलिपल्ट शनिबार बिहान ११ बजे छोरो जन्माएकी थिईन् । त्यसपछि पाँच दिनसम्म बेहोस् अवस्थामा भेन्टिलेटरमा थिईन् । मृत्युको खबरपछि आक्रोशित आफन्तले शुक्रबारदेखि अस्पताल प्रशासनमा तालाबन्दी गरेका छन् । अस्पतालनै बन्द गरेका उनीहरुले पछि मात्रै खोलेका थिए । कास्कीका सिडिओकहाँ ध्यानाकर्षणपत्र बुझाउन जाँदा अस्पतालसँग नै कुरा गर्नुस् भनेर नबुझी फर्काईदिएको उनीहरुको गुनासो छ ।

आफन्तजनले दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र क्षतिपूर्ति नदिएसम्म शब नउठाउने बताएका छन्। शल्यक्रिया डा. टीका गुरुङको टीमले गरेको जेठाजु राजन अर्यालले बताए । अस्पताल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शनिबार मध्यान्ह ठूलो हुलले अस्पताल गेटबाट भित्र छिरी तालाबन्दी गर्ने प्रयास असफल भयो । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए । आफन्तजनले प्रशासन र प्रहरी विरुद्ध नाराबाजी गर्दै टायर पनि जलाए । प्रहरीले पछि निभाएका थिए । प्रहरीले बल प्रयोग गरी बन्द नयाँबजार सडक खुलायो भने दुई जनालाई भ्यानमा हालेर लगेपछि भिड तितरबितर बनायो । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, बगरका प्रमुखहरु समेत आएर भिड तितरबितर बनाएका थिए ।

आक्रोशित भिडले प्रहरी र सिडिओ विरुद्ध नाराबाजी लगाउँदै अस्पताल प्रशासनसँग मिलेमतो गरेको आरोप लगाए । सवारी चलाएको भन्दै पत्रकारमाथि पनि केहि उच्छ«ंखल भिडले दुव्र्यवहार गरेका थिए । पाका व्यक्तिहरु आएपछि घटना साम्य भयो ।

पर्वत लुंखुदेउराली माईत भएकी गीताको गत मंसिरमा मात्र बिहे भएको थियो । उनका श्रीमान् कृष्ण अर्याल वैदेशिक रोजगारीका सिलसिलामा युएईमा छन् । गीता कक्षा १२ मा पढ्दै थिईन् । सकुशल जन्मेका छोरा पोखरा नागढुंगा स्थित आफन्तकहाँ छन् । अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति हुन सकेको छैन । सहमति नभएसम्म शव नबुझ्ने उनीहरुले बताएका छन् ।

Buy Ultram अघिल्लो समाचार

https://theyoopergirl.com/2015/03/whole-wheat-cranberry-walnut-bread-vegan/ जिएमसीमा फेरि सुत्केरीको मृत्यु, एक हप्तासम्म नभनेको आफन्तको आरोप, अस्पताल भन्छ– ‘लापरबाही पुष्टि गर्न चुनौति भो’ (भिडियो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
06 Dec · Rastra · USD/EUR
Buy Xanax Without Rx Nepal Rastra bank
Online Pharmacy For Xanax Check: 06 Dec 2025 00:45 UTC
go Latest change: 05 Dec 2025 18:19 UTC
https://arthritisdiabetescenter.com/osteoporosis API: CurrencyRate
Buy Ambien Without Rx Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://jpdepc.org/contact-us/ Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.15
US Dollar 
US Dollar
1
06 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 06 Dec 2025 00:45 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀