कास्कीमा प्रतिनिधिसभाको लागि ३७ र प्रदेशमा ७६ जनाको उम्मेदवारी (सम्पूर्ण नामावली सहित)

कास्कीमा प्रतिनिधिसभाको लागि ३७ र प्रदेशमा ७६ जनाको उम्मेदवारी (सम्पूर्ण नामावली सहित)

kaski-chunab

पोखरा, १६ कार्तिक । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको विहीवार भएको मनोनयनमा कास्कीमा विभिन्न राजनीतिकदल तथा स्वतन्त्र गरि १ सय १३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिधिसभाको ३ निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ ६ क्षेत्र रहेकोमा प्रतिनिधि सभामा ३७ र प्रदेश सभामा ७६ को उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । कास्कीमा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभामा १३ जनाले उम्मेदवारी दर्ता भएको छ । १ मा वामगठवन्धनको तर्फवाट पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेकपा एमालेका खगराज अधिकारी र नेपाली काँग्रेसको तर्फवाट कानुन तथा न्यायमन्त्री यज्ञवहादुर थापाले उम्मेदवारी दिएका छन् । त्यसैगरि एकिकृत राप्रपा राष्टवादीवाट सञ्जय कार्की, संघीय समाजवादी फोरमवाट मनवहादुर गुरुङ,राष्ट्रिय जनमोर्चावाट मदनमुरारी घिमिरे, नयाँ शक्तिपार्टीवाट सौगात पोखरेल,नेपाली काँग्रेस(विपी) चन्द्रवहादुर रानाभाट,देशभक्त जनगणतान्त्रिक मोर्चावाट टेकवहादुर गुरुङ्ग , विवेकसिल साझाका दिपक पौडेल, मंगोल नेशनल अर्गनाईजेशनवाट रियाल गुरुङ्ग, आमुल परिर्वतन मसिया पार्टीवाट पदमवहादुर गुरुङ, नेपाल दलित पार्टीवाट राजु परिवार तथा स्वतन्त्र ज्ञानेन्द्रवहादुर कार्कीले पनि मनोनयन दर्ता गराए ।

कास्की क्षेत्र नम्बर १ को (क) मा १५ जनाको उम्मेदवारी परेको छ । बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका दीपक कोइराला ‘रुपक’, नेपाली कांग्रेसका जीवन परियार, राप्रपाका देउबहादुर गुरुङ, नेपाली कांग्रेस (बिपी)का रामबहादुर केसी, मंगोल नेसनल अर्गनाइजेसनकी जानु गुरुङ, राप्रपा प्रजातान्त्रिकका लक्ष्मीकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका दीपककुमार थापा, विवेकशील साझा पार्टीका नवराज खनाल, नयाँशक्ति पार्टीका नारायणहरी तिवारी, राष्ट्रि जनमुक्ति पार्टीका सीता श्रीस मगर, नेपाल दलित पार्टीका मानबहादुर कामी, देशभक्त जन गणतान्त्रिक नेपाल पार्टीका श्रीधन राई, स्वतन्त्र उम्मेद्वार द्वय अजिम बक्स मिया र टिकाराम पंगेनीले उम्मेद्वारी दर्ता गरेका हुन् ।

क्षेत्र नम्बर १ प्रदेश (ख) मा ११ जनाले उम्मेद्वारी दिएका छन् । बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका मनबहादुर गुरुङ, नेपाली कांग्रेसबाट कृष्ण केसी, मंगोल नेसनल अर्गनाइजेसनका मानबहादुर थापा, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रबहादुर कार्की, संघीय समाजवादी फोरम नेपालका काशीमाया गुरुङ, राष्ट्रिय जनमोर्चाका गिरबहादुर कुवर, नयाशक्तिका कमल थाप, विवेकशील साझा पार्टीका फडिन्द्रमोहन कडेल, राप्रपाका नारायण गुरुङ, नेपाल दलित पार्टीका भीमबहादुर दर्जी र देशभक्त जन गणतान्त्रिक नेपाल पार्टीका प्रेमराज मस्र्याङगीले उम्मेद्वारी दर्ता गरेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा पनि प्रतिनिधि सभा तर्फ १३ जनाको उम्मेदवारी परेको छ । वामगठवन्धनवाट नेकपा एमालेका रविन्द्र अधिकारी, नेपाली काँग्रेसवाट देवराज चालिसे र संघीय फोरमवाट रत्न भट्टचनले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चावाट दालकुमारी खत्री, नयाँ शक्तिपार्टीवाट दीपक भण्डारी, विवेकशिल साझा पार्टीवाट श्रीकृष्ण श्रेष्ठ,,देशभक्त जनगणतान्त्रिक मोर्चावाट कर्णवहादुर पुन , नेकपा मालेवाट टेकनाथ भण्डारी, दलित पार्टीवाट लक्ष्मी विक, मंगोल नेशनल अर्गनाईजेशनवाट ज्ञानराज गुरुङ्ग,संघीय लोकतान्त्रिक मंचवाट वालकुमार राई, राष्ट्यि जनमुक्ती उमा दर्लामी र स्वतन्त्र उम्मेदवार निर्मल खत्रीको मनोनयन दर्ता भएको छ।

क्षेत्र नं २ प्रदेश (क) मा ९ जनाले उम्मेद्वारी दिएका छन् । सो क्षेत्रमा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका कृष्ण थापा, नेपाली कांग्रेसका गुरु बराल, नयाँ शक्ति पार्टीका हेमबहादुर थापा पराजुली, विवेकशील साझा पार्टीका चिरञ्जीवी वराल, राष्ट्रिय जनमोर्चाका टिकाराम अधिकारी, राप्रपाका विष्णु खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर थापा मगर, मंगोल नेसनल अर्गनाइजेसनका निर्मल आले र संघीय समाजवादी फोरम नेपालका कुलबहादुर भुजेलले उम्मेद्वारी दर्ता गरेका छन् ।

क्षेत्र नं २ प्रदेश (ख) मा १० जनाले उम्मेद्वारी दिएका छन् । यस क्षेत्रमा बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङ ‘करण’, नेपाली कांग्रेसका बिन्दुकुमार थापा, नयाँशक्ति पार्टीका डम्बरबहादुर केसी, राष्ट्रिय जनमोर्चाका गणेश अधिकारी, नेपाल दलित पार्टीका मिठू परियार, राप्रपा प्रजातान्त्रिकका देवेन्द्रकिशोर बास्तोला, संघीय समाजवादी फोरम नेपालका किसन विश्वकर्मा, राप्रपाका विष्णुबहादुर खत्री, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर राना र नेपाली कांग्रेसका नेता नरेश शंकर पालिखेले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ वाट ११ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको लागि वाम गठवन्धनवाट नेकपा एमालेका जगतवहादुर विक र नेपाली काँग्रेसवाट शुक्रराज शर्माको उम्मेदवारी परेको छ । राष्टिय जनमोर्चावाट हिमलाल गौतम, नयाँ शक्तिवाट नारायणप्रसाद भण्डारी,संघीय समाजवादी फोरमवाट डिलवहादुर नेपाली, दलित पार्टीवाट दुर्गावहादुर कामी, देशभक्त जनगणतान्त्रिक मोर्चावाट भोजराज त्रिपाठी, विवेकशिल साझावाट मिलन अधिकारी , मंगोल नेशनल अर्गनाईजेशनवाट गोविन्द वहादुर गजमेर, जनसमाजवादी पार्टीवाट रमेश वसेल र स्वतन्त्र उम्मेदवार दुर्गादत्त तिमिल्सनाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं ३ (क) मा बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामजी वराल ‘जीवन’, नेपाली कांग्रेसकी शारदा पौडेल, नयाँ शक्तिका देवीप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, विवेकशील साझा पार्टीका चिरञ्जीवी अधिकारी, जन समाजवादी पार्टीका गोरे दमै, नेपाल दलित पार्टीका कृष्णबहादुर दमाई, राप्रपाका केदारनाथ पौडेल, संघीय समाजवादी फोरम नेपालका चिनबहादुर नेपाली, मंगोल नेसनल अर्गनाइजेसनका सुरेन्द्र विश्वकर्माले उम्मेद्वारी दर्ता गरेका छन् ।

क्षेत्र नं ३ प्रदेश (ख) मा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका राजिव पहारी, नेपाली कांग्रेसका भोजबहादुर गुरुङ ‘सिकन्दर’, नयाँशक्ति पार्टीका नेत्रप्रसाद चापागाई, राष्ट्रिय जनमोर्चाका विष्णु पुरी, राप्रपाका धनुमाया कोइराला आचार्य, विवेकशील साझा पार्टीका गुरुप्रसाद बराल, नेपाल दलित पार्टीका कमला विक, संघीय समाजवादी फोरम नेपालका तुलबहादुर गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका भीमप्रसाद गुरुङले उम्मेद्वारी दिएका छन् ।

उम्मेदवारी दर्ताको लागि वामगठवन्धनका उम्मेदवाहरु संयुक्त रुपमा र अन्य दलहरु एक्ला एक्लै बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उम्मेदवारी दर्तापछि दलहरुले चुनावीसभा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀