आतंकबादी आईएसद्वारा रोनाल्डो, मेस्सी र नेयमारलाई ज्यान लिने धम्की, समर्थकहरु स्तब्ध (हेर्नुस् फोटोहरु)

आतंकबादी आईएसद्वारा रोनाल्डो, मेस्सी र नेयमारलाई ज्यान लिने धम्की, समर्थकहरु स्तब्ध (हेर्नुस् फोटोहरु)

Ronaldo messi neymar

लन्डन (एजेन्सी) – कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाई विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको लिने नभई सबै फुटबल समर्थकको दिमाग खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ । प्रतियोगिताको सुरक्षासम्बन्धि प्रश्न उठिरहँदा सो तस्बिर सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा छेऊमा लडिरहेको देखाइएको छ भने नेयमार रुँदै छन् र उनलाई ज्यान लिन तयारी अवस्थामा राखिएको बनाईएको छ । आफ्ना मुस्लिम देशहरु सुरक्षित नभएसम्म कतै सुरक्षित नहुने आईएसको पोस्टरमा लेखिएको छ ।

लगत्तै अर्का फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई पनि नेयमारकै हालतमा राखिएको तस्विर सार्वजनिक गरेको छ ।

यो फोटो इस्लामिक स्टेट मिडिया फाउन्डेसनद्वारा फोटोसप गरिएको हो । यस तस्बिरप्रति चिन्ता व्यक्त गर्दै अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो टापियाले रुससँग सुरक्षासम्बन्धि छलफल पनि गरेका छन् ।

यस्तो क्रुर तस्विर सार्जजनिक भएपछि खेलाडी तथा विश्वभरका समर्थक, फुटबलप्रेमीहरुले खेद प्रकट गरेका छन् । सामाजिक सञ्जालमा खेलाडीको मनोबल गिराउने यस्ता हर्कत नगर्न आग्रह गरिएको छ । 

यसअघि आईएसले मेस्सीलाई जेलभित्र राखिएको तथा प्रशिक्षक डिडियर डेसक्याम्पमाथि बन्दुक तेर्साइएको तस्बिर सार्वजनिक गरेको थियो ।

विश्वकप २०१८ को प्रतियोगिता स्थल रहेको भोल्गोग्राड एरिनामा एक आईएस लडाकुको बम सहितको तस्बिर पनि विश्वकपलाई लक्षित गरेर आईएसले सार्वजनिक गरेको थियो ।

विश्व खेलकुदमै सबैभन्दा ठूलो र लोकप्रिय मानिने विश्वकपको आउने संस्करण सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म खेलिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
12 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 12 Aug 2025 00:10 UTC
Latest change: 11 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.26
Indian Rupee 
Indian Rupee
87.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.88
US Dollar 
US Dollar
1
12 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 12 Aug 2025 00:10 UTC
Latest change: 11 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀