भैंसी चराउन जाँदा यौन सम्पर्क, १४ वर्षका साथी र १६ वर्षीया दिदीले गरे १३ वर्षीय बालकको हत्या

भैंसी चराउन जाँदा यौन सम्पर्क, १४ वर्षका साथी र १६ वर्षीया दिदीले गरे १३ वर्षीय बालकको हत्या

Hatyaa

सिरहा : सिरहाको कर्जन्हा नगरपालिका २ बन्दिपुरका स्कुले बालक भवेशकुमार यादवको हत्या स्कुले साथी र दिदीबाटै भएको रहस्य खुलेको छ । कुसुमलाल यादवका १३ वर्षीया छोरा भवेशको हत्या उनकै स्कुले साथी संजयकुमार साह र दिदी प्रियङ्काबाटै भएको रहस्य खुलेको हो ।

हत्याका अभियुक्त १४ वर्षीय संजय र १६ वर्षीया प्रियङ्कालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

प्रहरी नायब उपरीक्षक गज्जुसिद्धी बज्राचार्यका अनुसार प्रियङ्का मृतक भवेशकै ठूलो बुबाकी छोरी हुन् । संजय धनुषा धनौजीकट्टी ५ का नथुनी साहका छोरा हुन् । उनी कर्जन्हा नगरपालिका २ स्थित मामा नविन साहको घरमा बसेर पढ्दै छन् । मृतक भवेश र हत्या गर्ने बालक संजय गाउँमा जहिल्यै सँगसँगै खेल्ने गर्थे ।

‘कार्तिक १ गते भैंसी चराउन जाँदा कमला नदी किनारको नर्सरीमा प्रियङ्कासँग संजयले यौन सम्पर्क राखेका थिए’, प्रहरी नायब उपरीक्षक बज्राचायले भने, ‘यौन सम्पर्क राखेको दृष्य भवेशले देखेका थिए । त्यसैले अरुलाई सुनाइदिन्छ कि भनेर प्रियंका र संजयले उनको हत्या गरेका अनुसन्धानबाट खुलेको छ ।’

यसरी बन्यो हत्याको योजना

प्रियङ्का र संजय कात्तिक १ गते भैंसी चराउन नर्सरी पुगेका थिए। नर्सरीको झाडीमा प्रियङ्कासँग संजयले शरीरिक सम्बन्ध राख्दा भवेशले देखे। हतार हतार भवेश घर गए। भवेशका ठूलो बुवाको छोरी प्रियङ्का पनि घर पुगिन्। ‘शारीरिक सम्बन्धबारे म सबैलाई भनिदिन्छु’ भनेर भवेशले प्रियङ्कालाई भने। त्यसपछि तनावमा रहेकी प्रियङ्काले संजयसँग सम्पर्क गरिन्। यो कुरा सार्वजनिक भए समस्या हुन्छ भन्ने निष्कर्ष संजय र प्रियङ्काले निकाले । भवेशले कसैलाई भन्नुअगाडी नै उनको हत्या गर्ने योजनामा दुवै सहमत भए।

आफूहरु धेरै मोवाइल र पटाका भेटाएको बहाना बनाएर प्रियङ्का र संजयले भवेशलाई फकाएर नर्सरी पुर्‍याए। पटाका यति धेरै छ कि हेरेपछि दिमाग खराब भइहाल्छ भनेर संजयले भवेशको दुबै आँखा बन्द गर्न लगाए। प्रियङ्काको सल लिएर संजयले भवेशको दुबै आँखा बाँधिदिए। पटाका र मोबाइल त के ल्याउनु प्रियङ्काले लुकाएर लगेको खुकुरी निकाले र भवेशको घाँटीमा बजारे। पालैपालो प्रियङ्का र संयज दुवैले खुकुरी उनको घाँटीमा प्रहार गरे। जतिबेलासम्म भवेशको शरीरबाट घाँटी अलग भएन त्यत्तिबेलासम्म खुकुरी प्रहार गरिरहे।

त्यसपछि कसैले पहिचान गर्न नसकोस् भनेर संजयले भवेशको घाँटी नर्सरीको झाडीमा फालिदिए। भवेशको हत्या बारे प्रहरीले यस्तो रहस्य सार्वजनिक गरेको हो। भवेशको हत्या दिउँसो भएको थियो। प्रहरीले हत्या भएकै दिन साँझ नर्सरीमा उनको शव भेटेको प्रहरी नायब उपरीक्षक बज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए।

आफ्नै अनुहारसँग स्केज मेल खाएपछि..

भवेशको हत्या भएपछि प्रहरीले अनुसन्धानका क्रममा उनकै सहकर्मी तथा सधैं सँगसँगै खेल्ने र पढ्ने संजयलाई नियन्त्रणमा लियो। संजयले भवेशको हत्या गर्ने व्यक्तिलाई आफूले देखेको प्रहरी समक्ष वयान दिए।

त्यसपछि प्रहरीले उनले भने अनुसार नै स्केज बनायो। स्केज तयार भएपछि संजयसँगै मेल खायो। त्यसपछि प्रहरीले उनलाई विशेष केरकार गर्न थाले। उनको घर पुगेर घटना घटेको दिन संजयले लगाएको लुगा प्रहरीले खोजे। लुगा भिजेको अवस्थामा भेट्यो तर रगत लागेका थिए। प्रहरी अन्यौलमा परे। तर पनि किन कपडा भिजेको रहेछ भन्ने विषयमा अनुसन्धान गर्न थाले। पछि रगत लागेकै कारण लुगा सफा गरेपछि भिजेको पोल खुल्यो।

अन्ततः संजयले आफूले नै हत्या गरेको स्वीकार गरे। उनले आफू प्रियङ्कासँग यौन सम्पर्क राख्दा भवेश देखेका थिए। घरका सबैलाई यौनसम्पर्क गरेको कुरा सुनाइदिन्छु भनेर भवेशले भनेकै कारण उनलाई हत्या गरेको संजयले प्रहरी समक्ष स्वीकारेका छन्। संजयले उनको हत्या गर्न आफूले यौनसम्पर्क राखेकी प्रियङ्काले सघाएको बताए। त्यसपछि प्रहरीले प्रियङ्कालाई पनि पक्राउ गरेको हो।

  • पत्रपत्रिका 

यो न्युज अन्नपूर्ण पोष्ट दैनिकका लागि सन्तोष यादवले लेखेका हुन् ।

पछि अद्यावधिक गरिएको यो पनि पढ्नुहोस्

भैंसी चराउन जाँदा केटासँग आपत्तिजनक अवस्थामा भाइले भेटेपछि हत्या गरेका किशोरीद्वारा आत्महत्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀