के लेखिरहेका छौं हामी ?

के लेखिरहेका छौं हामी ?

Keshav-Sharan
  • केशवशरण लामिछाने

हालै पोखरामा भएको एक तालिममा पत्रकारिताका प्रशिक्षक मोहन मैनालीले सहभागी हामी पत्रकारलाई सामान्य प्रश्न राख्नुभयो । सोध्नुभयो, ‘तपाईंले अहिलेसम्म लेखेको सम्झनलायक स्टोरी कुन हो ?’ हामी सहभागीले जवाफ त जेनतेन दिएका थियौं । तर उहाँको अनुहारमा सन्तुष्टिको भाव झल्किएन । फेरि सोध्नुभयो ।

अबको ५ वर्षपछि तपाईंलाई कहाँ भेट्न सक्छु ? हाम्रो जवाफले उहाँलाई झन् निराश बनायो । हामीमध्ये कतिले त पोखरामै भनेरसम्म जवाफ दियौं । त्यो जवाफ उहाँलाई निराश बनाउन हदैसम्म काफी थियो । उहाँको सोधाइको मर्म त करियरको कुन खुड्किलो पार गरेर कुन उचाइमा भएको देख्न सक्छु भन्ने थियो ।

त्यो तालिमका सहभागीसँग वरिष्ठ पत्रकार मैनालीको सवालजवाफ पोखराको पत्रकारिताको साँचो प्रतिविम्ब थियो । हो, हामीसँग सम्झनलायक स्टोरी नै छैन । हामीले कहिल्यै मेहेनतले लेखेको समाचार छैन । योचाहिं मैले पत्रकारितामा गरेको नमुना स्टोरी थियो भनेर बताउन हामीले किन सकेनौं भने लेखेकै थिएनौं ।

हामीसँग ५ वर्षपछि कहाँ हुन्छु भन्ने जवाफ पनि किन थिएन भने हामीसँग कुनै लक्ष्य नै छैन । न गन्तव्य छ न उद्देश्य । किन पत्रकारिता गरिरहेको छु, कस्तो पत्रकारिता गरिरहेछु भन्ने हामी पत्रकारहरुलाई नै थाहा नभएपछि हाम्रो पत्रकारिता कस्तो छ भन्ने क्रिस्टल क्लियर भइहाल्यो । पत्रकारिता होइन सिसिफसकारिता जो गरिरहेका छौं ।

समाचार भनेर हामीले जे लेखिरहेका छौं के ती समाचार हुन् त ? केहीकेही हामीहरु समाचार नभए पनि सूचना त दिइरहेका छौं नि भनेर पनि सन्तोष गर्न खोज्छौं । तर के हामीले दिएका सूचना पनि काम लाग्दा छन् त ? मूलधारका र प्रतिष्ठित पत्रपत्रिकाहरुकै समाचारलाई पनि विद्वान पत्रकारहरुले समाचारको कोटीमा राखेको पाइन्न । त्यसलाई उनीहरु पत्रकारिताभन्दा सूचनाकारिताको उपमा दिन्छन् । तुलनात्मक रुपमा पोखरामैचाहिँ विद्वानहरुले भनेको जस्तो सूचनाकारिताको हद पनि नभएकोचाहिँ सत्य हो ।

समाचार भनेर जे छापिन्छन्, ती सूचनाको हैसियत नराख्ने सामग्री किन हुन् भने ती पढेर जनतालाई कुनै खास जानकारी मिल्नेवाला छैन । सूचनाको रासबाट काम लाग्ने काम लाग्ने झिकेर समाचार बनाइयो भने हुने हो तर शब्दहरुको थुप्रो समाचारपत्रहरुमा लागेपछि त्यसलाई समाचार कसरी सम्झनु ?

हाम्रो पत्रकारिता किन सिसिफसकारिताजस्तो भने आज पनि साधारण सभा सम्पन्न । भोलि पनि साधारण सभा सम्पन्न । आज पनि फलाना मन्त्रीले यस्तो बताउनुभयो । भोलि पनि फलाना नेताले यस्तो बताउनुभयो । फलाना बिरामी, ढिस्कानाको मृत्यु ।

हामीले दिएको मृत्युको समाचार त बेलायती एकजना प्रकाशकले भनेको समाचार परिभाषासँग ठ्याक्कै मिल्छ । उनी भन्छन्, ‘हामी यस्तो व्यक्तिको मृत्युको समाचार दिइरहेका छौं, हाम्रा पाठकलाई त्यो व्यक्ति बाँचेको थियो भन्ने नै थाहा हुँदैन ।’ मत्युको समाचार त त्यस्तो व्यक्तिको दिनुपर्ने हो जस्को मृत्युले पाठकले थकथकी मानून् । जसको मृत्युले समाजले एउटा रिक्तता महसुस गरोस् । अथवा त्यस्तो अस्तित्वविहीन मान्छेको पनि मृत्युको समाचार दिऊँ जस्को मृत्युको कारणले यो राज्य व्यवस्था र हाम्रो समाजका कठिनाइहरुलाई मात्रै होइन हाम्रो सभ्यताको नृशंसतालाई उदांगो पारोस् ।

समाचार हामीले किन भेटिरहेका छैनौं भने हामीलाई त अहिले सबै कुरा सामान्य लाग्न थालेको छ । असामान्य भए पो समाचार हुन्छ त ! जनताको कुनै काम गर्दा कर्मचारीले ‘चिया खर्च’ मागे पनि सामान्य लाग्छ । शिक्षकले नपढाए पनि सामान्य लाग्छ । नेताले झुठो बोले पनि सामान्य लाग्छ । व्यापारीले तोकिएभन्दा बढी पैसा लिए पनि सामान्य लाग्छ । डाक्टरले लापरवाही गरे पनि सामान्य लाग्छ । अनि हामी आफैंले नगरेको पत्रकारिता कसरी असामान्य लागोस् ?

फलानो संस्थामा फलानो । फलाना फलाना पुरस्कृत भए, सम्मानित भए । यस्तै यस्तै लेखिरहेछौं हामी समाचारका नाममा । अझ पुरस्कार र सम्मानका ‘समाचार’ पढ्दा त यस्तो लाग्छ यो दुनियाँमा अब खराब नागरिकै छैनन् । जति छन् असल छन् । हर कोही व्यक्ति कुनै न कुनै टोल, क्लब, सहकारी वा केही न केही संस्थाबाट पुरस्कृत र सम्मानित जो भइरहेको छ । अझ हामी पत्रकारहरु पनि दिनहुँ पुरस्कृत भइरहेका छौं । दिनहुँजसो छापिन्छन् हाम्रा ‘समाचार’ ।

पुरस्कार सबैभन्दा धेरै पाउने यो समाजको कुनै समुदाय छ भने त्यो पत्रकार हो । पुरस्कारको समाचार पढ्दा त हामीले जति यो समाजलाई कसैले योगदान गर्न सकेकै छैन भन्ने अर्थ लाग्छ । के हामीले पत्रकारिताका माध्यमबाट समाजलाई त्यति योगदान गरेकै छौं ? हामीले आफैलाई चिमोटी सुन्ने हो भने हाम्रो अन्तरआत्माको आवाजले के भन्छ ? त्यो त पुरस्कृत गर्नेहरुलाई भन्दा पुरस्कृत भएका हामीहरुलाई नै बढी थाहा छ ।

पत्रकारितामा समाचारको सबैभन्दा सामान्य परिभाषा के छ भने, ‘पत्रकार सम्मेलन गरेर, विज्ञप्ति निकालेर वा पत्रकारलाई खोज्दै दिइने जानकारी विज्ञापन हुन्, समाचार त त्यस्तो सूचना हो, जुन कसैको स्वार्थमा लुकाइन्छ ।’ यो परिभाषाको कसीमा जाँचेर हामीले लेखेका समाचार घोट्ने हो भने हामीले के लेखेका छौं विज्ञापन कि समाचार ? थाहा भइहाल्छ ।

किन त्यसो भइरहेको छ भने हामी लेख्ने उद्देश्यले पत्रकारिता गरिरहेका छैनौं । हामीलाई पत्रकार भनिनु छ । पत्रकार हुँ भन्नु छ । लेख्नु छैन । त्यसैले ‘पत्रकारिता’ गर्छाैं । तर समाचार लेख्दैनौं । विज्ञापन लेख्छौं । बस पत्रकार भन्यो हिँड्यो । हामीलाई पत्रकारिता गर्न मन लाग्छ । तर समाचार लेख्न मन लाग्दैन । खोजीखोजी लेख्ने त झन् हामीले गर्ने उद्यम नै होइन । घटनाको स्थलगत रिपोर्टिङ पनि हाम्रो रुचिको विषय होइन भने खोजी त नजाने गाउँको बाटो भइहाल्यो । हुन्थ्यो भने उही ब्यानर टाँगिएको कार्यक्रममा ‘ब्यानर न्युज’ लेख्ने ध्याउन्नमा हुल बाँधेर हामी जाँदैनथ्यौं ।

हामीलाई पत्रकारिता पेसामात्रै पनि बन्न सकेको छैन, आर्थिक कारणले । पेसा नभए पनि प्यासन छैन भने किन पत्रकारिता गरिरहेका छौं यसको जवाफ पनि हामीसँगै छैन । प्यासन नभएको कुनै पनि कर्ममा कसैले पनि उत्कृष्ट नतिजा निकाल्न सक्दैन भने पत्रकारिता अलग किन हुन्थ्यो र ? तर पत्रकारिता भने पेसाभन्दा बढी प्यासन हुनुपर्ने विधा हो । यो जोखिमपूर्ण हुन्छ । यो साहसिक कर्म हो ।

व्यक्तिगत रुपमा आफ्नो केही बिगार नगरेको व्यक्तिसँग जोरी खोज्नुपर्छ पत्रकारले समाजका लागि बिगार गरेको छ भने । योगीले झैं जे भइरहेको छ राम्रैका लागि भइरहेको छ, जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने छुट पत्रकारलाई पटक्कै हुँदैन । पत्रकार युवराज घिमिरे सधैं भन्नुहुन्छ, ‘पत्रकारिताको धर्म आलोचना हो । तर कहिलेकाहिँ पत्रकारिता र क्रान्तिकारिताबीच कत्ति फरक पनि देख्दैनौं हामी । पत्रकारिता भनेको क्रान्तिकारिता पनि होइन, पत्रकारितै हो ।’

रुखबाट स्याउ त न्युटनको टाउकोमा मात्रै खसेको थिएन । जहिलेदेखि यो धर्तीमा स्याउको रुख भयो र फल्न थाल्यो त्यहिल्यैदेखि खसिरहन्थ्यो । त्यही सामान्य कुराको कारण खोज्दा न न्युटनले गुरुत्व शक्ति पत्ता लगाए । पानी उमाल्दै गरेको किट्लीको ढकनी त जेम्स वाटको घरको अगेनोको आँगोले मात्रै उचालेको थिएन । हरेकको घरमा त्यसैगरी ढकनी उचालिन्थ्यो बाफले । अरुले जस्तै सामान्य लिएका भए जेम्सवाटले वाष्पशक्ति र स्टिम इन्जिन पत्ता लगाउन सक्थे होलान् र ? अरु सर्वसाधारणले जस्तै यहाँ यस्तै हुन्छ, यो त व्यावहारिक कुरा भन्न थालिएको छ र हामी पत्रकारले विकृति विसंगतिमा पनि समाचार देखिरहेका छैनौं ।समाचार हामीले किन भेटिरहेका छैनौं भने हामीलाई त अहिले सबै कुरा सामान्य लाग्न थालेको छ । असामान्य भए पो समाचार हुन्छ त ! जनताको कुनै काम गर्दा कर्मचारीले ‘चिया खर्च’ मागे पनि सामान्य लाग्छ । शिक्षकले नपढाए पनि सामान्य लाग्छ । नेताले झुठो बोले पनि सामान्य लाग्छ । व्यापारीले तोकिएभन्दा बढी पैसा लिए पनि सामान्य लाग्छ । डाक्टरले लापरवाही गरे पनि सामान्य लाग्छ । अनि हामी आफैंले नगरेको पत्रकारिता कसरी असामान्य लागोस् ?

जे भइरहे पनि सामान्य लागिरहेको छ । राज्यको उत्तरदायित्वपना मात्रै होइन मानवीय मूल्य, मान्यता, करुणा र संवेदना समाजमा झैं हराएको छ हामी आफैंमा । कुनै सुविधा लिनुपर्‍यो भने आमसर्वसाधारणभन्दा विशेष हुँ भन्ठान्ने हामी पत्रकारले हेराइ र लेखाइमा चाहिँ किन स्याउ खसे झैं, बाफले किट्लीको ढकनी माथि धकेले झैं सधैं भइरहेको सामान्य कुरालाई नै न्युटन र जेम्सवाटले जस्तै शंकालु नजरले हेर्न सक्दैनौं ? किन पत्ता लगाउन सक्दैनौं समाचार ?

(लामिछाने अन्नपूर्ण पोष्ट दैनिकको पोखरा ब्युरो प्रमुख हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

आखिर मानिस किन बसाइँ सर्छ ?
पत्रकारको श्रमका पक्षपाति सुशील’दा
क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ !
विश्वास गुमाउँदै एनआरएनए अमेरिका
मधेस आन्दोलन र सङ्घीयता

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀