उपचार गर्ने पैसा छैन ? सरकारले यी आठ रोगमा सहयोग गर्छ

उपचार गर्ने पैसा छैन ? सरकारले यी आठ रोगमा सहयोग गर्छ

mohp-building

घरपरिवारको कोही सदस्य गम्भीर बिरामी पर्यो भने उपचार खर्चको जोहो कसरी गर्ने भनेर धेरैलाई सताइरहेको हुन्छ । कतिपय रोगको उपचार खर्च त आफ्नो हैसियतभन्दा बाहिर पनि हुन्छ । विपन्न हुनुहुन्छ र गम्भीर प्रकारको रोग लाग्यो भने एकपल्ट डाक्टरलाई सोधि हेर्नुहोस्, कतै सरकारले आर्थिक सहायता दिने रोगमध्येकै त होइन ?

आर्थिक अभावले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भनेरै सरकारले विपन्न नागरिकका लागि ८ वटा रोगमा औषधि उपचारका लागि सहायता उपलब्ध गराउँदै आएको छ । तर, यसबारे निकै कमलाई मात्रै जानकारी रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

विपन्नले उपचार सहायता प्राप्त गर्नेमा मिर्गौला डायलसिस, मिर्गौला प्रत्यारोपण, प्रत्यारोपणपश्चात उपचार, मुटुरोग, क्यान्सर, टाउको तथा स्पाइनलको चोटपटक, अल्जाइमर/पार्किन्सस र सिकलसेल एनिमिया रोग उपचारका लागि तोकिएको अस्पतालबाट उपचार सहायता पाउन सकिन्छ । रुपैयाँ मिर्गौला डायलसिसका लागि एक पटकको २५ सय रुपैयाँका दरले दुई वर्षसम्म ५ लाख २० हजार सहयोग पाउन सकिन्छ । यसैगरी मिर्गौला प्रत्यारोपणका लागि २ लाख र प्रत्यारोपणपश्चात औषधिका लागि एक वर्षसम्म एक लाख रुपैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ । मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक, अल्जाइमर÷पार्किन्सस, सिकलसेल एनिमिया रोगका लागि बढीमा एक लाख रुपैयाँसम्म उपचार सहायता प्राप्त गर्न सकिन्छ । यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउन सकिन्छ । यदि तपाईं विपन्न नागरिक हुनुहुन्छ र उपचार गर्ने पैसा छैन भने सहायता पाउनु तपाईंको अधिकार हो ।

कसरी पाइन्छ सहयोग ?

उपचार सहायताका लागि सबैभन्दा पहिला रोग पहिचान भएपछि डाक्टरको पूर्जी (प्रिस्किप्सन) लगेर गाबिस वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिस पत्र लिनुपर्छ । सो पत्रका लागि जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस पत्र लिएर उसले तोकेको अस्पतालबाट उपचार सहायता प्राप्त गर्न सकिन्छ । उपचार आफ्नो घर पायक पर्ने अस्पताल रोजेर गर्न सकिनेछ ।

क्यान्सरका लागि सरकारले तोकेका अस्पताल

वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल, महाराजगन्ज
विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन
भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
प्रसूति गृह, थापाथली, काठमाडौं
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पाटन अस्पताल, ललितपुर
कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौं
निजामति अस्पताल, नयाँ बानेश्वर, काठमाडौं
क्यान्सर केयर नेपाल, जावलाखेल, ललितपुर

मिर्गौला रोग उपचारका लागि

वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल, महाराजगन्ज
विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन
कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौं
नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज
कोशी अञ्चल अस्पताल, विराटनगर
जनकपुर अञ्चल अस्पताल, धनुषा
मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर
राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बनस्थली काठमाडौं
नेपालगन्ज मेडिकल कलेज, कोहलपुर
नेपाल मेडिकल कलेज, जोरपाटी, काठमाडौं
युनिभर्सल मेडिकल कलेज, भैरहवा
चितवन मेडिकल कलेज, चितवन
कलेज अफ मेडिकल साइन्सेस, चितवन
मणिपाल मेडिकल कलेज, पोखरा
बि एण्ड बि अस्पताल, ललितपुर
नेशनल डायलसिस सेन्टर, एकान्तकुना, ललितपुर
गोल्डेन अस्पताल, विराटनगर
धुलिखेल अस्पताल, काभ्रे
गण्डकी मेडिकल कलेज, पोखरा
आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर
विराट अस्पताल, विराटनगर

मुटु रोगका लागि

वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल/मनमोहन कार्डियो भास्कुलर सेन्टर, महाराजगन्ज, काठमाडौं
गंगालाल अस्पताल, बाँसबारी, काठमाडौं
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पाटन अस्पताल, ललितपुर
कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौं
निजामति अस्पताल, नयाँ बानेश्वर, काठमाडौं

पार्किन्सस तथा अल्जाइमर्सका लागि

वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल/मनमोहन कार्डियो भास्कुलर सेन्टर, महाराजगन्ज, काठमाडौं
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पाटन अस्पताल, ललितपुर

टाउको तथा स्पाइनल चोटपटक

वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल/मनमोहन कार्डियो भास्कुलर सेन्टर, महाराजगन्ज, काठमाडौं
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पाटन अस्पताल, ललितपुर

सिकलसेल एनिमिया

निजामति अस्पताल, नयाँ वानेश्वर, काठमाडौं
उपक्षेत्रिय अस्पताल, घोराही, दाङ
महाकाली अञ्चल अस्पताल, महेन्द्रनगर
सेती अञ्चल अस्पताल, धनगढी
भेरी अञ्चल अस्पताल, नेपालगञ्ज
लुम्बिनी अञ्चल अस्पताल, बुटवल
जिल्ला अस्पताल कपिलबस्तु
जिल्ला अस्पताल, बर्दिया
जिल्ला अस्पताल, नवलपरासी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 