पोखराको सराङकोट डेटिङमा प्रहरीले नै आतंकित पारेपछि …

पोखराको सराङकोट डेटिङमा प्रहरीले नै आतंकित पारेपछि …

Sarangkot Police 1

रञ्जन अधिकारी पोखरा, १२ मंसिर / एक प्रेमिल जोडी मंसिर ९ गते पनि पोखराको पर्यटकीय गन्तव्य सराङकोट डाँडा जाने योजना बुन्छन् । दिउँसो ३ बजेतिर सराङकोट पुग्छन् । यो उनीहरुको दोस्रो ‘डेट’ थियो । त्यसको तीन दिन अघि सोहि ठाउँमा पुगेका थिए । त्यहाँ आफूजस्ता धेरै जोडीहरु देखेपछि डेटिङ स्पट कै रुपमा सराङकोटलाई यो पल्ट पनि चयन गरे । पहिलो भेटमा दिनभर गफगाफमा भुलेर साँझ परेपछि फर्केका उनीहरुबीचमा दोस्रो ‘डेट’ मा भने प्रहरी फिल्मी ‘भिलेन’ को शैलीमा प्रस्तुत भए ।

सराङकोटको पिकनिक स्थल जाने जंगलको बाटोमा स्कुटर रोकेर बसिरहेका उनीहरु फोटो खिच्न व्यस्त थिए । कहिले अंगालोमा गफिन्थे, कहिले सेल्फी खिच्थे । उनीहरुको गतिविधिलाई प्रहरीले पहिल्यै निगरानीमा राखिरहेको थियो । एक जुनियर अधिकृत र जवान थिए । ‘सार्वजनिक ठाउँमा के गरी बसिरहेको तिमीहरु ? यस्तो ठाउँमा यसरी बस्ने हो ?’ एक तारे फुली लगाएका प्रहरीले युवकलाई प्रश्न तेर्साए । ‘सर के गरेका छौं र ? बसिरहेको त हो ।’, ‘खोई ब्लुबुक, लाईसेन्स दे ।’ युवक आत्तिए, बुझाए । प्रहरीले युवक र युवतीको अभिभावकको नम्बर मागे ।

सोहि समय ति प्रहरी जुनियर अधिकृतलाई कसैको फोन आयो । उनी फोनमा गफिए । ब्लुबुक÷लाईसेन्स प्रहरीकै नियन्त्रणमा थियो । ‘होटल जाने पैसा नभएर तिमीहरु जंगल आएको ?’ भनेर प्रश्न गरे । अर्को प्रहरी जवानदेखि अलि पर गएर ति असईले पर्स मागे । युवकले पर्स समेत दिए ।

वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्साल र प्रहरी नायव निरीक्षक नेत्र केसीसँग आफूमाथि भएको दुव्र्यवहारबारे युवकले यसरी घटनाक्रमको बेलिविस्तार लगाए । दुव्र्यवहारमा उत्रने प्रहरी थिए सराङकोट प्रहरी चौकीको कमाण्ड नै सम्हालेका असई रामु भण्डारी र साथमा जवान खगेन्द्र खड्का । प्रहरीबाटै दुव्र्यवहार भएको सूचना प्रहरीसामु पुगेपछि शनिबार बिहानै क्षेत्राधिकार रहेको वडा प्रहरी कार्यालय बगरले भण्डारीलाई तानिसकेको थियो ।

युवकले माथिको फेहरिस्त प्रस्तुत गरिरहँदा सामुन्ने रहेका भण्डारीले कुरा काट्न सकेनन् । तर, सार्वजनिक स्थलमा अपाच्य हाउभाउका कारण गुनासोको आधारमा सोधपुछ गरेको उनले प्रष्टिकरण दिए । भवितव्य घटना नहोस् भन्ने हेतुले नम्बर माग्नुको कारण खोले । पर्स समेत नियन्त्रणमा लिएको उनले स्वीकारे । यहाँसम्म विवाद भएन ।

प्रहरी अगाडि १८ वर्षीय ति युवकको हात डरले कामिरहेका थिए । एक महिना अघि मात्रै बाह्य जिल्लाबाट कामका लागि पोखरा आएका ति युवक प्रहरीको व्यवहारबाट त्रसित रहेछन् । युवती पनि पोखरा बाहिरकै हुन् । उनलाई घटनाबारे नबंग्याईं ढुक्कले अघि बढाउन सई नेत्र केसीले ढाढस दिए । उनले फेरि बेलिविस्तार लगाए । ‘मसँग पर्समा आठसय ५० रुपैंया मात्र थियो ।’, ‘यत्ति हो पैसा, ३–४ हजार बोक्नुपर्दैन ?’, ‘सर यति मात्रै छ । हजुरलाई चाहिन्छ भने राख्नुस्’, ‘यतिले के हुन्छ र ?’ कुराकानी लम्बियो । प्रहरीले यति भनेपछि युवकले अहिले छाडिदिन र पछि दिने वाचा गरे । युवती पनि रोईन । युवकले थपे– ‘मैले दाइसँग कुरा गर्न खोजेँ, हामी दुवै जनाको मोबाईल लिईदिनुभयो ।’

असई भण्डारीले कुरा काटे । आफूले पैसा नलिएको जिकिर गरे । विहिबार भएको घटनाकै विषयलाई लिएर शुक्रबार दिउँसो ४ बजेर १२ मिनेटसम्म नै कुराकानी भएको युवक र युवकका भाइको मोबाईल कल रेकर्डमा देखियो । पहिलो फोन असई भण्डारीले नै गरेको, बुबालाई कल गरिदिने धम्की समेत असई भण्डारीले दिएको कल रेकर्डमा सुरक्षित छ । युवक पनि युवतीको अन्तै विहे हुने कुराले घटना बाहिर ल्याउन नचाहेको, युवकको भाइले आफू पनि कुनै संस्थासँग आबद्ध व्यक्ति भएकोले कुरो टुंगाउन भनेका थिए ।

‘हुनै नहुने घटना हो । व्यक्ति खराब हुन सक्छन्, संगठन बदनाम हुनुहुन्न। यसलाई गम्भिर रुपमा लिन्छ । पैसा फिर्ता गर्न भनेको छु । विभागीय कारबाही हुन्छ ।’ – एसपी अर्याल
‘किस समेत गरेका थिएनौं । पर्समा भएको आठ सय ५० लिनुभयो । बाँकी पैसा पछि दिन्छु भनेको थिएँ । भोलिपल्ट पनि फोन गर्नुभयो ।’ – युवक

युवकले पैसा दिएको सविस्तार वर्णन गरिरहँदा असई भण्डारीले पटक्कै स्वीकारेनन् । विहीबारको घटनालाई लिएर गलत आशयका साथ पुनः सम्पर्क गरिरहेको कल रेकर्ड र भ्वाईसबाट ठहर भयो । युवकले त्यसपछि आफू दुव्र्यवहारमा परेको भन्दै आवश्यक कारवाहीका लागि निवेदन दिए । उनलाई विभागीय कारबाहीको लागि प्रक्रिया अघि बढाईएको छ । यस सम्बन्धमा प्रमुख लम्सालले राष्ट्र र नागरिकको सेवा गर्न जिम्मेवारी बोकेका प्रहरीले उल्टै दुःख दिनु, आर्थिक प्रलोभनमा पर्नु, पैसा लिनु,  मानसिक तनाव दिनु अत्यन्त दुःखद कुरा भएको प्रतिक्रिया दिए ।

ghanashyam-aryalराष्ट्र सेवक प्रहरीको एक जिम्मेवार प्रहरी सहायक निरीक्षकबाट संगठनकै बदनाम हुने किसिमको हर्कत भएकोमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले आक्रोश पोखे । ‘मैले थाहा पाएँ, हुनै नहुने घटना हो । व्यक्ति खराब हुन सक्छन्, संगठन बदनाम हुनुहुन्न। यसलाई गम्भिर रुपमा लिन्छ । किशोरजीलाई सबै प्रक्रिया अघि बढाउन भनिसकेको छु । पैसा फिर्ता गर्न भनेको छु । विभागीय कारबाही हुन्छ ।’ उनले प्रतिक्रिया दिए । पैसा लिए/नलिएको बारे दिने र लिनेबीच विवाद भएपनि शुक्रबार पटक–पटक भएको कुराकानी र शनिबार बिहान पैसा मैले कैले लिएँ ? भनेर सम्पर्क गर्नुले असई भण्डारीको नियत ठीक नभएको निश्कर्षमा प्रहरी पुगेको छ ।

यस विषयमा थप अनुसन्धान हुने तर कमजोरी देखिसकिएकाले संगठनको नीति अनुसार नै कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार भण्डारी प्रहरी सहायक निरीक्षकका रुपमा पास आउट भएर फिल्डमा खटिएको आधा वर्ष जति मात्र भयो । वडा कार्यालय बगरमा रहेका उनी डेढ महिना अघि मात्रै सराङकोट कमाण्ड सम्हाल्ने गरी पोष्ट भएका थिए । प्याराग्लाडिङ व्यवसायबाट नियमित कर उठ्न नसकिरहेको सन्दर्भमा भण्डारी गएपछि मासिक तीन लाखसम्म उठाएपछि उनले गर्न सक्छन् है भन्ने प्रहरी सिनियर अधिकारीलाई नै लागेको थियो । ‘सराङकोट पर्यटकीय क्षेत्र भएकोले पाको भन्दा अंग्रेजी बोल्न सक्ने युवालाई नै अवसर दिईएको थियो । राम्रै गरेका थिए । केहि सय रुपैैंयामा यसरी अल्झन्छन् भन्ने लागेको थिएन । बदमासी देखियो । ’ प्रहरी स्रोतले भन्यो ।

सार्वजनिक स्थलमा अपाच्य गतिविधि कानुन वर्जित कार्यकलाप हो । प्रहरीले यस्तो क्रियाकलापबाट अरुलाई असर पुगेको खण्डमा सार्वजनिक मुद्धा चलाउन सक्छ । यस घटनामा भने त्यस्तो भएको देखिएन । असई भण्डारीले मोबाईलमा आफूले प्रमाण छ भनेपनि युवकले आफूहरुबीच किस समेत नभएको तर संगै बसेको बताउँदा उनले प्रमाण पेश गर्न सकेनन् । पटक–पटक कल गरेको सन्दर्भमा असई भण्डारीले आफूले उनीहरुको अवस्थाबारे बुझेको बताए । ब्लुबुक लाईसेन्स दिएर छाडिसकेको अपरिचित व्यक्तिलाई पुनः सम्पर्क गरेर सो विषयमा कुरा गर्नु र उनको भनाईमा तारतम्य मिलेन ।

नेपालको प्रचलित कानुनमा असहमति भए महिला हिंसा, सहमति भए अश्लील व्यवहारका रुपमा लिएको छ । दुबैपक्षको सहमतिमा सार्वजनिक स्थलमा अभद्र एवं अस्वाभाविक क्रियाकलाप देखाइयो भने त्यो अश्लील हर्कत हुन जान्छ । सार्वजनिक स्थलमा गरिने अस्वाभाविक क्रियाकलापलाई पनि आपराधिक कार्य अन्तरगत राखेको छ । पारित भईनसकेको फौजदारी कसुरसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१ को दफा १२५ मा कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्न हुंदैन लेखिएको छ ।

त्यसैगरी सोही विधेयकको दफा १२० ले सार्वजनिक स्थलमा यौनांग देखाउने वा अश्लील व्यवहार गर्नेमाथि सजायँको व्यवस्था गरेको छ । सो दफामा लेखिएको छ, ‘दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लील कृयाकलाप वा व्यवहार गर्न वा यौनांग देखाउन वा कसैलाई अश्लिल शब्द बोल्न वा इशारा गर्न हुँदैन ।

(गोपनियताको कारण युवक र युवतीको परिचय खुलाईएको छैन ।)

आदर्श समाजमा प्रकाशित न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀